प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • “तपाईंको राज्य आओस्‌”
    परमेश्‍वरको राज्यले शासन गर्दै छ!
    • १५, १६. “यो पुस्ता”-ले कसलाई बुझाउँछ?

      १५ त्यसोभए परमेश्‍वरको राज्यले पृथ्वीमा कहिलेदेखि शासन गर्नेछ त? येशूले यसको स्पष्ट जवाफ दिनुभएन। (मत्ती २४:३६) तर परमेश्‍वरको राज्य नजिकै छ भनेर पक्का हुन सक्ने केही कुरा बताउनुभयो। परमेश्‍वरको राज्यले पृथ्वीमा शासन गर्नुअघि “यो पुस्ता”-ले भविष्यवाणी पूरा भएको देख्नेछ भनेर येशूले बताउनुभयो। (मत्ती २४:३२-३४ पढ्‌नुहोस्‌) त्यसोभए “यो पुस्ता”-ले कसलाई बुझाउँछ? आउनुहोस्‌, येशूका शब्दहरू अझ राम्ररी केलाऔं।

      १६ “यो पुस्ता।” के यो येशूमाथि विश्‍वास नगर्ने मानिसहरूको पुस्ता थियो? अहँ, थिएन। उहाँ कोसित कुरा गर्दै हुनुहुन्थ्यो, विचार गर्नुहोस्‌। येशूले यो भविष्यवाणी ‘उहाँकहाँ सुटुक्क आएका’ केही प्रेषितहरूलाई बताउनुभएको थियो। (मत्ती २४:३) तिनीहरू चाँडै पवित्र शक्‍तिद्वारा अभिषेक हुने थिए। प्रसङ्‌ग पनि विचार गर्नुहोस्‌। येशूले “यो पुस्ता”-बारे कुरा गर्नुअघि यसो भन्‍नुभएको थियो: “अब अन्जीरको रूखलाई दृष्टान्तको रूपमा हेरेर यो कुरा सिक: हाँगाहरू पलाएर पालुवा लाग्नेबित्तिकै तिमीहरूले ग्रीष्म ऋतु नजिकै रहेछ भनेर थाह पाउँछौ। त्यसैगरि जब तिमीहरू यी सबै कुरा देख्छौ तब ऊ नजिकै, ढोकामै छ भनी जान।” येशूले भविष्यवाणी गर्नुभएका घटनाहरू उहाँमाथि विश्‍वास नगर्नेहरूले होइन तर उहाँका अभिषिक्‍त चेलाहरूले देख्ने थिए। तिनीहरूले ती सबै घटनाको अर्थ बुझ्ने थिए—येशू “नजिकै, ढोकामै” हुनुहुन्छ भन्‍ने कुरा थाह पाउने थिए। तसर्थ येशूले भन्‍नुभएको “यो पुस्ता” उहाँका अभिषिक्‍त अनुयायीहरू हुन्‌।

      पुस्ता

      (मत्ती २४:३२-३४)

      “यो पुस्ता”-ले अन्तको दिनबारे गरिएको भविष्यवाणी पूरा भएको देखेपछि मात्र परमेश्‍वरको राज्यले पृथ्वीमा शासन गर्नेछ भनेर येशूले भन्‍नुभयो (अनुच्छेद १७, १८ हेर्नुहोस्‌)

      मत्ती २४:३२-३४ मा येशूले बताउनुभएको “पुस्ता”-को कालक्रम

      समूह १: सन्‌ १९१४ मा चिन्ह पूरा हुन थालेको देख्ने अभिषिक्‍त जनहरू

      समूह २: पहिलो समूहका अभिषिक्‍त ख्रीष्टियनहरूसित केही समयको लागि एउटै समय अवधिमा सेवा गरेका अभिषिक्‍त जनहरू; यिनीहरूमध्ये कसै-कसैले महासङ्‌कष्ट देख्नेछन्‌

      १७. “पुस्ता” र “यी सब कुरा”-को अर्थ के हो?

      १७ “यी सब कुरा नभएसम्म . . . कुनै पनि हालतमा बितेर जानेछैन।” यो कसरी पूरा हुनेछ? यसको जवाफ पाउन हामीले यी दुई कुराको अर्थ बुझ्नुपर्छ: “पुस्ता” र “यी सब कुरा।” बाइबलमा “पुस्ता” भन्‍ने शब्दले अक्सर कुनै समय अवधिको दौडान बाँचिरहेका विभिन्‍न उमेरका मानिसहरूलाई बुझाउँछ। पुस्ताले लामो समय ढाक्दैन र यसको अन्त हुन्छ। (प्रस्थ. १:६) “यी सब कुरा”-को अर्थचाहिं येशूको उपस्थितिको बेला अर्थात्‌ सन्‌ १९१४ देखि “महासङ्‌कष्ट”-सम्म उहाँको भविष्यवाणीअनुसार पूरा हुने सबै घटनाहरू हुन्‌।—मत्ती २४:२१.

      १८, १९. (क) येशूले भन्‍नुभएको “यो पुस्ता”-मा को-को पर्छन्‌? (ख) हामी के निष्कर्षमा पुग्न सक्छौं?

      १८ त्यसोभए येशूले भन्‍नुभएको “यो पुस्ता”-मा को-को पर्छन्‌? यो पुस्तामा अभिषिक्‍त जनहरूको दुई समूह पर्छ र तिनीहरूले एउटै समय अवधिमा सेवा गरेको हुनुपर्छ। पहिलो समूहमा ती अभिषिक्‍त जनहरू पर्छन्‌ जसले सन्‌ १९१४ मा येशूको भविष्यवाणी पूरा हुन थालेको देखे। दोस्रो समूहमा चाहिं पहिलो समूहका यी अभिषिक्‍त जनहरू जीवित छँदा अभिषेक भएका अरू ख्रीष्टियनहरू पर्छन्‌। दोस्रो समूहका कोही-कोहीले महासङ्‌कष्टको सुरुवात देख्नेछन्‌। यी दुई समूहलाई एउटै पुस्ता भन्‍न सकिन्छ किनभने अभिषिक्‍त ख्रीष्टियनको रूपमा तिनीहरूले केही समयको लागि एउटै समय अवधिमा सेवा गरे।c

      १९ त्यसोभए हामी के निष्कर्षमा पुग्न सक्छौं? येशू राजकीय शक्‍तिका साथ उपस्थित हुनुभएको चिन्ह हामी संसारभरि प्रस्टै देख्छौं। साथै “यो पुस्ता”-मा पर्ने अभिषिक्‍त जनहरूमध्ये जो-जो जीवित छन्‌, तिनीहरूको उमेर ढल्कँदै छ। तिनीहरूमध्ये कोही-कोही महासङ्‌कष्ट सुरु नभएसम्म जीवितै रहनेछन्‌। त्यसैले परमेश्‍वरको राज्यले पृथ्वीमा चाँडै शासन गर्नेछ भन्‍ने निष्कर्षमा हामी पुग्न सक्छौं। “तपाईंको राज्य आओस्‌” भनेर येशूले सिकाउनुभएको प्रार्थना पूरा भएको देख्न पाउनु कत्ति रोमाञ्चकारी हुनेछ!

  • “तपाईंको राज्य आओस्‌”
    परमेश्‍वरको राज्यले शासन गर्दै छ!
नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने