प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • के तपाईं यहोवाको दिनको लागि तयार हुनुहुन्छ?
    प्रहरीधरहरा—१९९७ | मार्च १
    • ९. मत्ती २४:३६ अनुसार येशूले कुन कुरा प्रष्ट्याउनुभयो?

      ९ भविष्यवाणी गरिएको राज्य-प्रचार कार्य र येशूको उपस्थितिका अन्य चिह्नहरू अहिल्यै पूरा हुँदैछन्‌। अतः, यस रीतिरिवाजको अन्त नजीकै छ। हो, “त्यस दिन र घड़ीको विषयमा कसैले जान्दैन, नता स्वर्गका दूतहरूले, न पुत्रले, तर पिताले मात्र” भनी येशूले भन्‍नुभएको थियो। (मत्ती २४:४-१४, ३६) तर येशूको अगमवाणीले हामीलाई “त्यस दिन र घड़ी[का]” लागि तयार हुन मदत गर्नसक्छ।

  • के तपाईं यहोवाको दिनको लागि तयार हुनुहुन्छ?
    प्रहरीधरहरा—१९९७ | मार्च १
    • १४. अन्तमा यहोवाले नूहलाई के भन्‍नुभयो अनि किन?

      १४ जलप्रलय कहिले आउँछ निश्‍चित रूपले थाह नभए तापनि जहाज निर्माण कार्य सकिनै लाग्दा नूहले त्यो अत्यन्तै नजीक छ भन्ठानेको हुनुपर्छ। अन्ततः यहोवाले तिनलाई यसो भन्‍नुभयो: “अबको सात दिनमा म पृथ्वीमा चालीस दिन र चालीस रात पानी वर्षाउनेछु।” (उत्पत्ति ७:४) यसरी जलप्रलय सुरु हुनुअघि नूह र तिनको परिवारले जातजातका पशुपंक्षीहरूलाई जहाजमा भित्राउन र आफू पनि जहाजमा पस्न प्रशस्त समय पाए। यस रीतिरिवाजको विनाश सुरु हुने ठाउँ र समयबारे हामीले जान्‍नु आवश्‍यक छैन। पशुपंक्षीहरू जोगाउने काम पनि हामीलाई सुम्पिएको छैन बरु बाँच्ने सम्भावना भएका मानिसहरू लाक्षणिक जहाज अर्थात्‌ परमेश्‍वरका जनहरूको आध्यात्मिक प्रमोदवनमा अहिल्यै पस्दैछन्‌।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने