-
“हामीलाई भन्नुहोस्, यी कुराहरू कहिले हुनेछन्?”प्रहरीधरहरा—२०१३ | जुलाई १५
-
-
१६. येशू आउने वा फर्कने समयबारे अरू कुन शास्त्रपदहरूमा बताइएको छ?
१६ विश्वासी र बुद्धिमान् दासबारे येशू यसो भन्नुहुन्छ: “आनन्दित हो त्यो दास, जसलाई उसको मालिकले फर्केर आउँदा त्यसै गरिरहेको भेट्टाउँछन्!” कन्याहरूको दृष्टान्तमा येशू यसो भन्नुहुन्छ: “तिनीहरू पसल जाँदै गर्दा दुलहा आइपुगे।” तोडाको दृष्टान्तमा येशू भन्नुहुन्छ: “धेरै समयपछि ती दासहरूको मालिक फर्क्यो।” सोही दृष्टान्तमा त्यस मालिकले यसो भन्यो: “म फर्कंदा . . . त्यो फिर्ता पाउने थिएँ।” (मत्ती २४:४६; २५:१०, १९, २७) यी पदहरूमा बताइएअनुसार येशू कहिले आउनुहुन्छ वा फर्कनुहुन्छ?
१७. मत्ती २४:४६ मा मालिक ‘आउने’ भनिएको समय कुन थियो भनेर हाम्रा प्रकाशनहरूमा बताइएको थियो?
१७ विगतका हाम्रा प्रकाशनहरूमा यी पछिल्ला चारवटा पद सन् १९१८ मा येशू आउनुभएको कुरासित सम्बन्धित छन् भनेर बताइएको थियो। उदाहरणको लागि, येशूले “विश्वासी र बुद्धिमान् दास”-बारे बताउनुभएको कुरा विचार गर्नुहोस्। (मत्ती २४:४५-४७ पढ्नुहोस्) पद ४६ मा मालिक ‘आउने’ भनिएको समय सन् १९१८ मा येशू अभिषिक्त ख्रीष्टियनहरूको आध्यात्मिक अवस्था जाँच्न आउनुभएको समय थियो र उहाँले सन् १९१९ मा दासलाई मालिकको सबै सम्पत्तिमाथि नियुक्त गर्नुभयो भनेर बुझेका थियौं। (मला. ३:१) तर येशूको भविष्यवाणीलाई अझ केलाएर हेर्दा उहाँ आउनुहुने समयबारे हाम्रो बुझाइमा केही छाँटकाँट गर्नुपर्ने आवश्यकता देखिन्छ। किन?
१८. येशूको भविष्यवाणीको सम्पूर्ण पक्ष केलाउँदा उहाँ आउने समयबारे हामी कस्तो निष्कर्षमा पुग्न सक्छौं?
१८ मत्ती २४:४६ भन्दा अघिका पदहरूमा ‘आउने’ भनी उल्लेख गरिएका सबै अभिव्यक्तिले महासङ्कष्टको दौडान येशू न्याय घोषणा र कार्यान्वयन गर्न आउनुहुने समयलाई बुझाउँछ। (मत्ती २४:३०, ४२, ४४) साथै अनुच्छेद १२ मा छलफल गरेझैं मत्ती २५:३१ ले पनि येशू भविष्यमा न्याय गर्न आउनुहुने समयलाई नै बुझाउँछ। त्यसैले मत्ती २४:४६, ४७ मा उल्लेख गरिएझैं आफ्ना सबै सम्पत्तिमाथि दासलाई नियुक्त गर्न येशू आउनुहुने समयले पनि उहाँ महासङ्कष्टको दौडान आउनुहुने कुरालाई नै सङ्केत गर्छ भन्ने निष्कर्षमा पुग्नु तर्कसङ्गत छ। हो, येशूको भविष्यवाणीको सम्पूर्ण पक्ष केलाउँदा उहाँ आउने समयबारे छलफल गरिएका यी आठैवटा पदले उहाँ महासङ्कष्टको दौडान न्याय गर्न आउनुहुने समयलाई सङ्केत गर्छ भनेर बुझ्न सक्छौं।
-