प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • के तपाईं ‘जागा रहनुहुनेछ’?
    प्रहरीधरहरा—२०१५ | मार्च १५
    • ९. (क) निद्राले झुल्न सक्ने खतराबारे येशूले कस्तो चेतावनी दिनुभयो? (ख) दुलहा आइपुग्नै लागेको प्रमाणहरू देखेपछि अभिषिक्‍त जनहरूले के गरेका छन्‌? (फुटनोट पनि हेर्नुहोस्‌)

      ९ बुद्धिमती कन्याहरू चनाखो पनि थिए। त्यसैले तिनीहरू तम्तयार रहन सके। तर दृष्टान्तलाई विचार गर्ने हो भने दुलहाले बियाँलो गरेको जस्तो देखिंदा दसै जना कन्याहरू “निद्राले झुल्न थाले र भुसुक्कै निदाए।” त्यसोभए अभिषिक्‍त ख्रीष्टियनहरू पनि निद्राले झुल्ने सम्भावना छ कि? छ। इच्छा भए तापनि शरीर कमजोर भएकोले जागा रहन गाह्रो हुन सक्छ भनेर येशूलाई थाह थियो। आज अभिषिक्‍त जनहरूले दृष्टान्तमा लुकेको चेतावनी स्वीकारेर चनाखो अनि जागा रहन पहिलाभन्दा झन्‌ धेरै प्रयास गरिरहेका छन्‌। मध्यरातमा सुनिएको “दुलहा आइपुग्नै लागे” भन्‍ने सोर सबै कन्याहरूले सुने। तर बुद्धिमती कन्याहरू मात्र दुलहा नआएसम्म जागा रहन सके। (मत्ती २५:५, ६; २६:४१) आज वफादार अभिषिक्‍त जनहरूले पनि के गरेका छन्‌? अन्तको दिनमा तिनीहरूले दुलहा आइपुग्न लागेको स्पष्ट प्रमाणहरू देखेका छन्‌। ती प्रमाणहरूले एक अर्थमा यसो भनिरहेको छ, “दुलहा आइपुग्नै लागे।” यस्ता प्रमाणहरू देखेपछि तिनीहरूले कदम पनि चालेका छन्‌। तिनीहरू तयार छन्‌ र दुलहा आउने समयलाई धैर्य गर्दै पर्खिरहेका छन्‌।a तर दृष्टान्तमा उल्लेख गरिएको यसपछिको घटनाले एउटा खास समयावधिलाई ढाक्छ। हामी किन त्यस्तो निष्कर्षमा पुग्न सक्छौं?

  • के तपाईं ‘जागा रहनुहुनेछ’?
    प्रहरीधरहरा—२०१५ | मार्च १५
    • a यस दृष्टान्तमा, “दुलहा आइपुग्नै लागे” (पद ६) भन्‍ने आवाज सुनिएको समयदेखि दुलहा साँच्चै आउने समयसम्म (पद १०) केही समय बित्छ। यस अन्तको दिनमा चनाखो रहेका अभिषिक्‍त जनहरूले येशूको उपस्थितिको चिन्ह ठम्याएका छन्‌। उहाँले राजाको रूपमा शासन गरिरहनुभएको छ भनेर तिनीहरूले बुझेका छन्‌। तर उनीहरू महासङ्‌कष्टको दौडान येशू नआएसम्म जागा रहनुपर्छ।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने