प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • “त्यो दिन र समय तिमीहरूलाई थाह छैन”
    प्रहरीधरहरा—२०१२ | सेप्टेम्बर १५
    • “त्यो दिन र समय तिमीहरूलाई थाह छैन”

      “त्यसकारण जागा रहो, किनकि त्यो दिन र समय तिमीहरूलाई थाह छैन।”—मत्ती २५:१३.

  • “त्यो दिन र समय तिमीहरूलाई थाह छैन”
    प्रहरीधरहरा—२०१२ | सेप्टेम्बर १५
    • १-३. (क) येशूका दुईवटा दृष्टान्तबाट सिक्न सक्ने पाठलाई कस्ता उदाहरणले राम्रोसित बुझाउँछ? (ख) हामीले कुन-कुन प्रश्‍नको जवाफ थाह पाउनुपर्छ?

      कल्पना गर्नुहोस्‌, एक जना हाकिमले जरुरी मिटिङमा जानको लागि गाडीमा पुऱ्‍याइदिन तपाईंलाई आग्रह गर्छन्‌। तर हाकिमलाई पुऱ्‍याउन जानुभन्दा केही मिनेटअघि मात्र गाडीमा पर्याप्त पेट्रोल नभएको कुरा थाह पाउनुहुन्छ। तपाईं हतार-हतार पेट्रोल भर्न जानुहुन्छ। तपाईं गएको बेला हाकिम आइपुग्छन्‌। तिनले वरपर हेर्छन्‌ तर तपाईंलाई देख्दैनन्‌। तपाईंलाई कुरेर बस्ने तिनीसित समय छैन। त्यसैले आफूलाई पुऱ्‍याइदिन अरू कसैलाई भन्छन्‌। अनि फर्केर आउँदा हाकिम गइसकेको थाह पाउनुहुन्छ। तपाईं कस्तो महसुस गर्नुहुन्छ?

      २ अब यो दृश्‍य कल्पना गर्नुहोस्‌, तपाईं उक्‍त हाकिम हुनुहुन्छ। अनि एउटा महत्त्वपूर्ण काम सम्हाल्नको लागि तीन जना योग्य व्यक्‍ति छान्‍नुहुन्छ। तिनीहरूलाई कामबारे बताउनुहुन्छ अनि तिनीहरूले पनि खुसीसाथ त्यो काम स्वीकार्छन्‌। तर केही समयपछि फर्केर आउँदा त दुई जनाले मात्र आफूलाई अह्राइएको काम पूरा गरेको पाउनुहुन्छ। आफूलाई अह्राइएको काम पूरा नगर्ने व्यक्‍तिले अनेक बहाना बनाउँछ। वास्तवमा उक्‍त व्यक्‍तिले प्रयाससमेत गरेको छैन। तपाईं कस्तो महसुस गर्नुहुन्छ?

      ३ माथि बताइएका परिस्थिति येशूले बताउनुभएको दस कन्या र तोडाको दृष्टान्तसित मिल्दोजुल्दो छ। यी दुवै दृष्टान्तद्वारा येशूले अन्तको समयमा कोही-कोही अभिषिक्‍त ख्रीष्टियन विश्‍वासी र बुद्धिमान्‌ हुनु तर कोही-कोही भने नहुनुको कारणबारे बताउनुभयो।a (मत्ती २५:१-३०) यी दृष्टान्तबाट सिक्न सक्ने पाठलाई येशूले यसरी जोड दिनुभयो: “त्यसकारण जागा रहो, किनकि त्यो दिन र समय तिमीहरूलाई थाह छैन।” येशूले ठ्याक्क कुन दिन र समयमा सैतानको संसारमाथि यहोवाको न्याय कार्यान्वयन गर्नुहुनेछ, त्यसबारे चेलाहरूलाई थाह हुनेथिएन भनेर उहाँ बताउँदै हुनुहुन्थ्यो। (मत्ती २५:१३) हामी पनि ‘जागा रहनुपर्छ।’ जागा रहने सन्दर्भमा येशूको आज्ञा मान्दा किन फाइदा हुन्छ? आफू जागा रहेको प्रमाण कसले दिएका छन्‌? अनि जागा रहनको लागि अहिले हामीले के गर्नै पर्छ?

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने