-
तोडाको दृष्टान्तबाट सिक्नुहोस्प्रहरीधरहरा—२०१५ | मार्च १५
-
-
४, ५. दृष्टान्तको मानिस अर्थात् मालिक को हो? एक तोडा बराबर कति हुन्थ्यो?
४ मत्ती २५:१४-३० पढ्नुहोस्। यस दृष्टान्तमा उल्लेख गरिएको मानिस अर्थात् मालिक येशू हो भनेर हाम्रा प्रकाशनहरूमा पहिलादेखि नै बताइएको पाइन्छ। दृष्टान्तमा मालिक परदेश गएको कुराले येशू इस्वी संवत् ३३ मा स्वर्ग जानुभएको कुरालाई सङ्केत गर्छ। दस टुक्रा चाँदीको दृष्टान्तमा येशूले आफू परदेश जानुको उद्देश्य “राज्याधिकार हासिल” गर्न हो भनेर बताउनुभएको थियो। (लूका १९:१२) स्वर्ग फर्कनेबित्तिकै उहाँले राज्याधिकार पाउनुभएन।b बरु उहाँ “परमेश्वरको दाहिने हाततर्फ बस्नुभयो। त्यसबेलादेखि उहाँ त्यो समयलाई पर्खिरहनुभएको छ, जुन बेला उहाँका शत्रुहरूलाई उहाँको पाउदान तुल्याइनेछ।”—हिब्रू १०:१२, १३.
-
-
तोडाको दृष्टान्तबाट सिक्नुहोस्प्रहरीधरहरा—२०१५ | मार्च १५
-
-
d प्रेषितहरूको मृत्युपछि सैतानले धर्मत्याग फैलायो र धर्मत्यागले सयौं वर्षसम्म मलजल पायो। धर्मत्यागले जरा गाडेको त्यो समयमा चेला बनाउने काम खासै अघि बढेन। तर “बाली काट्ने बेला”-मा अर्थात् अन्तको दिनमा प्रचारकार्य फेरि सुरु हुने थियो। (मत्ती १३:२४-३०, ३६-४३) जुलाई १५, २०१३ को प्रहरीधरहरा, पृष्ठ ९-१२ हेर्नुहोस्।
-
-
तोडाको दृष्टान्तबाट सिक्नुहोस्प्रहरीधरहरा—२०१५ | मार्च १५
-
-
८. मालिक आफ्ना तीनै जना दासबाट के चाहन्थ्यो?
८ तोडाको दृष्टान्तमा उल्लेख गरिएको मालिकले पहिलो दासलाई पाँच तोडा, दोस्रोलाई दुई तोडा अनि तेस्रोलाई एक तोडा चाँदीका सिक्काहरू दियो। (मत्ती २५:१५) हुन त तिनीहरूमध्ये कसैले धेरै त कसैले थोरै तोडा पाएका थिए। तर मालिक भने तिनीहरूले लगनशील भई आफूले पाएको तोडा प्रयोग गरेर व्यापार बढाएको चाहन्थ्यो। यसको मतलब अभिषिक्त अनुयायीहरूले तनमनले प्रचार गर्नुपर्थ्यो। (मत्ती २२:३७; कल. ३:२३) इस्वी संवत् ३३ पेन्तिकोसदेखि ख्रीष्टका अनुयायीहरूले तोडा प्रयोग गरेर व्यापार गर्न थाले। तिनीहरूले लगनशील भई प्रचार गरेको र चेला बनाएको विषयमा प्रेषितको किताबमा लेखिएको छ।d—प्रेषि. ६:७; १२:२४; १९:२०.
अन्तको दिनमा तोडा प्रयोग गरेर व्यापार गरिन्छ
९. (क) दुई जना दासले आफूले पाएको तोडा कसरी प्रयोग गरे? यसले कुन कुरालाई सङ्केत गर्छ? (ख) यस काममा “अरू भेडा”-ले कस्तो योगदान दिइरहेका छन्?
९ अन्तको दिनमा, विशेषगरि १९१९ देखि ख्रीष्टका वफादार अभिषिक्त दासहरूले मालिकको तोडा प्रयोग गरेर व्यापार गर्दै छन्। पहिलो दुई जना दासले जस्तै अभिषिक्त दाजुभाइ दिदीबहिनीले पनि आफूले पाएको जिम्मेवारी तनमनले पूरा गरेका छन्। तिनीहरूमध्ये कसले पाँच तोडा पायो र कसले दुई तोडा पायो भन्ने कुरा महत्त्वपूर्ण होइन। यस दृष्टान्तमा दुवै दासले मालिकबाट पाएको तोडा दोब्बर बनाए। यसको अर्थ दुवै जना लगनशील थिए। पृथ्वीमा बाँच्ने आशा पाएकाहरूले पनि यस काममा महत्त्वपूर्ण योगदान दिइरहेका छन्। तिनीहरूले प्रचार गर्ने र सिकाउने काममा वफादार भई येशूका अभिषिक्त भाइहरूलाई सघाउने सुअवसर पाएका छन्। यो कुरा हामी भेडा र बाख्राको दृष्टान्तबाट बुझ्न सक्छौं। यस असाध्यै कठिन समयमा यी दुइटा समूहले “एउटै बगाल” भएर चेला बनाउने काममा जोसका साथ भाग लिइरहेका छन्।—यूह. १०:१६.
१०. येशूको उपस्थितिको एउटा प्रमाण के हो?
१० आफ्ना अनुयायीहरू चेला बनाउने काममा तनमनले लागेको मालिक येशू चाहनुहुन्छ। अगाडि छलफल गरिएझैं प्रथम शताब्दीका वफादार चेलाहरूले उहाँको सम्पत्ति बढाए। तोडाको दृष्टान्त पूरा भइरहेको यस अन्तको दिनबारे चाहिं के भन्न सकिन्छ? येशूका वफादार अनि मेहनती दासहरूले प्रचार गर्ने र चेला बनाउने काममा जोडतोडले भाग लिएर इतिहास कोरेका छन्। तिनीहरूले एकजुट भएर गरेको प्रयासले गर्दा हरेक वर्ष लाखौं नयाँ प्रचारकहरू थपिंदै छन्। ती प्रचारकहरूले पनि राज्यको सुसमाचार प्रचार गर्ने काममा जोडतोडले भाग लिइरहेका छन्। येशूको उपस्थितिको एउटा प्रमाण प्रचारकार्य पनि हो भनेर स्पष्ट छ। तिनीहरूका मालिक खुसी छन् भन्ने कुरामा कुनै शङ्का छैन।
येशूले आफ्ना दासहरूलाई प्रचार गर्ने जिम्मेवारी सुम्पनुभएको छ (अनुच्छेद १० हेर्नुहोस्)
-