प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • तपाईंलाई परमेश्‍वरको सेवा गर्न कुन कुराले उत्प्रेरित गर्छ?
    प्रहरीधरहरा—१९९५ | जून १५
    • १७. तोडाको उखान आफ्नै शब्दमा छोटकरीमा बताउनुहोस्‌।

      १७ येशूले मत्ती २५:१४-३० मा उल्लेख गर्नुभएको तोडाको उखानलाई विचार गर्नुहोस्‌। परदेश जान लागेका एक जना मानिसले नोकरहरूलाई बोलाएर आफ्नो धन-सम्पत्तिको जिम्मा दिए। “उसले हरेकलाई तिनीहरूका खूबी अनुसार, एउटालाई पाँच तोड़ा, अर्कोलाई दुइ, र अर्कोलाई एक तोड़ा दिए।” मालिक नोकरहरूसित हिसाबकिताब गर्न फर्कंदा तिनले के भेटाए? पाँच तोडा दिइएको नोकरले अरू पाँच तोडा कमायो। त्यस्तैगरि दुइ तोडा दिइएको नोकरले अरू दुइ तोडा कमायो। एक तोडा पाउने नोकरले त्यसलाई भुइँमुनि लुकायो र आफ्नो मालिकको सम्पत्ति बढाउन केही गरेन। यस परिस्थितिमा मालिकले कस्तो न्याय गरे?

  • तपाईंलाई परमेश्‍वरको सेवा गर्न कुन कुराले उत्प्रेरित गर्छ?
    प्रहरीधरहरा—१९९५ | जून १५
    • १९ निस्सन्देह, तेस्रो नोकरको सराहना गरिएन। वास्तवमा भन्‍ने हो भने, त्यसलाई बाहिर अन्धकारमा फालियो। एउटा मात्र तोडा पाएको हुँदा उसले पनि पाँच तोडा पाउनेले जति कमाउनेछ भन्‍ने आशा गरिएको थिएन। तर तिनले प्रयाससमेत गरेनन्‌! हृदयको “दुष्ट र अल्छी” मनोवृत्तिले गर्दा उसले प्रतिकूल न्याय पायो किनभने उसमा मालिकप्रति प्रेम झल्कँदैनथ्यो।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने