प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • न्याय आसनसामु तपाईंको अवस्था कस्तो हुनेछ?
    प्रहरीधरहरा—१९९५ | अक्टोबर १५
    • २१ तर, मानिसको पुत्र महिमासित आउँदा ती राष्ट्रहरूका मानिसहरूको अवस्था कस्तो हुनेछ? आउनुहोस्‌, भेडा र बाख्राहरूको उखानबाट यसलाई बुझौं। त्यस उखानको सुरुका शब्दहरू यसप्रकार छन्‌: “जब मानिसको पुत्र स्वर्गदूतहरूसमेत आफ्नो महिमामा आउला, तब आफ्नो महिमाको सिंहासनमा बस्नेछ। औ उसको सामु सबै देशका मानिसहरू जम्मा हुनेछन्‌।”—मत्ती २५:३१, ३२.

      २२, २३. भेडा र बाख्राको उखानको पूर्ति सन्‌ १९१४ देखि सुरु भएन भनी कुन बुँदाहरूले औंल्याउँछ?

      २२ हामीले पहिलेदेखि बुझ्दै आएअनुसार के यस उखानले सन्‌ १९१४ मा येशूले राजकीय शक्‍ति लिएर बस्नुभएको समयलाई बुझाउन खोजेको हो? वास्तवमा, मत्ती २५:३४ ले उहाँलाई राजा भनी अवश्‍य भनेको छ। अतः, सन्‌ १९१४ मा येशू राजा हुनुभएदेखि यस उखान लागू हुन्छ भन्‍नु तर्कसंगत देखिन्छ। तर उहाँले तत्पश्‍चात्‌ तुरुन्तै कस्तो न्याय गर्नुभयो? उहाँले “सबै देश[को]” न्याय गर्नुभएन। बरु, उहाँले “परमेश्‍वरकै परिवार” भनौंदाहरूतर्फ ध्यान केन्द्रित गर्नुभयो। (१ पत्रुस ४:१७) मलाकी ३:१-३ अनुरूप यहोवाको सन्देशवाहकको हैसियतमा येशूले पृथ्वीका शेष अभिषिक्‍त मसीहीहरूको न्यायिक निरीक्षण गर्नुभयो। यो मसीहजगतमाथि न्यायदण्डको समय पनि थियो, जसले आफूलाई “परमेश्‍वरकै परिवार” भन्‍ने झूटो दाबी गरेका थिए।c (प्रकाश १७:१, २; १८:४-८) यद्यपि, त्यतिबेला अर्थात्‌ सन्‌ १९१४ देखि येशूले सबै देशका मानिसहरूलाई भेडा र बाख्रा भनी न्याय गर्न थाल्नुभयो भन्‍ने कुनै संकेत पाइँदैन।

      २३ त्यस उखानमा येशूको क्रियाकलापलाई केलायौं भने उहाँले अन्ततः सबै देशलाई न्याय गरिरहनुभएको देख्छौं। गत दशकहरूमा मरेका सबै मानिसहरूको अनन्त मृत्यु वा अनन्त जीवनको लागि न्याय गरिएझैं अर्थ लाग्ने त्यो न्याय निकै वर्षसम्म चालू भइरहनेछ भनी त्यस उखानले देखाउँदैन। हालैका दशकहरूमा मरेका अधिकांश व्यक्‍तिहरू सार्वजनिक चिहानमा छन्‌ जस्तो देखिन्छ। (प्रकाश ६:८; २०:१३) तर, त्यस उखानले “सबै देशका” मानिसहरूलाई येशूले न्याय गर्नुहुने समयको चित्रण गर्छ जुन बेला तिनीहरू जीवित र उहाँको न्यायदण्ड पर्खिरहेका हुनेछन्‌।

  • भेडा र बाख्राहरूसामु कस्तो भविष्य छ?
    प्रहरीधरहरा—१९९५ | अक्टोबर १५
    • “जसरी गोठालाले भेड़ालाई बाख्राबाट छुट्याउँछ, उसरीनै उसले तिनीहरू एकलाई अर्कोबाट छुट्याउनेछ।”—मत्ती २५:३२.

  • भेडा र बाख्राहरूसामु कस्तो भविष्य छ?
    प्रहरीधरहरा—१९९५ | अक्टोबर १५
    • ३. येशूले आफ्नो वक्‍तव्यमा महा संकष्ट सुरु भएको तुरुन्तपछि के हुनेछ भन्‍नुभयो?

      ३ महा संकष्टको “तुरुन्त पछि” हुने उल्लेखनीय घटनाहरूबारे येशूले भविष्यवाणी गर्नुभयो। ती घटनाहरूको हामी प्रतिक्षा गर्छौं। उहाँले भन्‍नुभएअनुसार, त्यतिबेला “मानिसको पुत्रको चिन्ह” देखापर्नेछ। यसले “मानिसको पुत्रलाई आकाशका बादलहरूमा शक्‍ति र ठूलो महिमासित आउँदैगरेको” देख्ने “पृथ्वीका सब जातिहरू[लाई]” निकै असर गर्नेछ। मानिसको पुत्रको साथमा “स्वर्गदूतहरू” हुनेछन्‌। (मत्ती २४:२१, २९-३१)a भेडा र बाख्राको उखानबारे के भन्‍न सकिन्छ? आधुनिक बाइबलहरूमा यो उखान अध्याय २५ मा राखिएको छ तर यो येशूको जवाफको भाग हो। यहाँ येशूले उहाँ महिमामा आउने विषयमा थप जानकारी दिनुहुन्छ र “सब जातिहरू[को]” न्यायमा ध्यान केन्द्रित गर्नुहुन्छ।—मत्ती २५:३२.

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने