प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • jy chap. ११५ p. २६६-p. २६७ par. ३
  • येसुले मनाउनुहुने अन्तिम निस्तार चाड नजिकै छ

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • येसुले मनाउनुहुने अन्तिम निस्तार चाड नजिकै छ
  • येसु—बाटो, सत्य र जीवन
  • मिल्दोजुल्दो सामग्री
  • येशूले मनाउनुहुने अन्तिम निस्तार-चाड नजिक छ
    सबैभन्दा महान्‌ पुरुष
  • “एउटा स्मरणीय दिन”
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१३
  • येशूले पृथ्वीमा बिताउनुभएका अन्तिम दिनहरू फेरि सम्झने
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९८
  • प्रभुको साँझको भोज
    येसु—बाटो, सत्य र जीवन
थप हेर्नुहोस्
येसु—बाटो, सत्य र जीवन
jy chap. ११५ p. २६६-p. २६७ par. ३
यहुदा धर्मगुरुहरूलाई भेट्‌न जान्छन्‌ र येसुलाई धोका दिएर तिनीहरूको हातमा सुम्पेमा के दिने भनेर तिनीहरूलाई सोध्छन्‌

अध्याय ११५

येसुले मनाउनुहुने अन्तिम निस्तार चाड नजिकै छ

मत्ति २६:१-५, १४-१९ मर्कुस १४:१, २, १०-१६ लुका २२:१-१३

  • येसुलाई धोका दिन यहुदा इस्करियोतलाई पैसा दिइन्छ

  • दुई जना प्रेषित निस्तार चाडको लागि तयारी गर्छन्‌

जैतुन डाँडामा चार जना प्रेषितले येसुको उपस्थिति र यस युगको आखिरी समयबारे सोधेको प्रश्‍नको जवाफ येसुले भर्खरै मात्र दिएर सिद्ध्याउनुभएको छ।

येसु र उहाँका प्रेषितहरू नीसान ११ को दिन असाध्यै व्यस्त हुनुभएको छ! सायद राती बास बस्नको लागि आफ्ना प्रेषितहरूसित बेथानि फर्कँदै गर्दा येसु तिनीहरूलाई यसो भन्‍नुहुन्छ: “तिमीहरूलाई थाहै छ, अबको दुई दिनपछि निस्तार चाड मनाइनेछ अनि तिनीहरूले मानिसको छोरालाई खम्बामा टाँग्नको लागि शत्रुहरूको हातमा सुम्पिनेछन्‌।”—मत्ति २६:२.

त्यसको भोलिपल्ट, बुधबारको दिन सायद येसु आराम गरेर प्रेषितहरूसित समय बिताउनुहुन्छ। मङ्‌गलबार उहाँले धर्मगुरुहरूलाई खुल्लमखुल्ला हप्काउनुभएको थियो र तिनीहरूको कपट पर्दाफास गर्नुभएको थियो। तिनीहरू उहाँलाई मार्न खोज्दै छन्‌। त्यसैले नीसान १२ को दिन उहाँ सार्वजनिक रूपमा देखा पर्नुहुन्‍न किनकि भोलिपल्ट साँझ सूर्यास्तपछि नीसान १४ सुरु हुँदा उहाँले प्रेषितहरूसितै निस्तार चाड मनाउनुहुनेछ र यसमा कुनै पनि कुराले बाधा पुऱ्‍याएको उहाँ चाहनुहुन्‍न।

तर निस्तार चाडअघि मुख्य पुजारीहरू र धर्मगुरुहरू चुप लागेर बस्दैनन्‌। तिनीहरू प्रधानपुजारी कैयाफाको घरको चोकमा भेला हुन्छन्‌। किन? येसुले बारम्बार तिनीहरूको कपटको पर्दाफास गर्नुभएकोले तिनीहरू रिसाएका छन्‌। अब तिनीहरू “येसुलाई कसरी छल गरेर पक्रने अनि मार्ने” भनेर आपसमा मतो गर्छन्‌। तिनीहरूले कहिले र कसरी त्यसो गर्नेछन्‌? तिनीहरू भन्छन्‌: “चाडको बेलामा त होइन नत्र मानिसहरूले हूलदङ्‌गा गर्नेछन्‌।” (मत्ति २६:४, ५) उहाँलाई धेरै मानिसले मन पराउने भएकोले तिनीहरू उहाँलाई पक्रन डराउँछन्‌।

त्यति नै बेला यी धर्मगुरुहरूलाई भेट्‌न एक जना आउँछन्‌। तिनलाई देखेर तिनीहरू छक्क पर्छन्‌ किनकि ती व्यक्‍ति येसुकै एक प्रेषित यहुदा इस्करियोत हुन्‌। सैतानले तिनको हृदयमा आफ्नो मालिकलाई धोका दिने विचार हालिदिएको छ! यहुदा तिनीहरूलाई सोध्छन्‌: “मैले उहाँलाई धोका दिएर तपाईँहरूको हातमा सुम्पेँ भने तपाईँहरू मलाई के दिनुहुन्छ?” (मत्ति २६:१५) यो सुनेर तिनीहरू खुसी हुन्छन्‌ र “तिनलाई चाँदीको पैसा दिन राजी” हुन्छन्‌। (लुका २२:५) कति पैसा? तिनीहरू ३० टुक्रा चाँदी दिन खुसीसाथ सहमत हुन्छन्‌। यो रकम ३० शेकेल हुन सक्छ, जुन एक जना दासको मूल्य हो। (प्रस्थान २१:३२) यसरी ती धर्मगुरुहरू येसुको अपमान गरेको र उहाँलाई नीच ठानेको कुरा देखाउँछन्‌। यहुदा अब “वरपर भीड नभएको बेला उहाँलाई धोका दिएर तिनीहरूको हातमा सुम्पिदिने मौका खोज्न” थाल्छन्‌।—लुका २२:६.

बुधबारको सूर्यास्तपछि नीसान १३ सुरु हुन्छ। येसुले बेथानिमा बिताउनुहुने छैटौँ र अन्तिम रात यही हो। भोलिपल्ट निस्तार चाडको लागि अन्तिम तयारी गर्नुपर्नेछ। कहाँ भोजन गर्ने, निस्तार चाडको लागि चाहिने पाठो कसले काट्‌ने र पकाउने, यी सबै तयारी तिनीहरूले नीसान १४ अघि नै गर्नुपर्नेछ। येसुले यससम्बन्धी विस्तृत जानकारी दिनुभएको छैन। त्यसैले यहुदा मुख्य पुजारीहरूलाई यो जानकारी दिन असमर्थ हुन्छन्‌।

पत्रुस र युहन्‍ना पानीको घैँटो बोकेको मानिसको पछि लाग्छन्‌

सायद बिहीबार दिउँसो येसु पत्रुस र युहन्‍नालाई यसो भनेर बेथानिबाट पठाउनुहुन्छ: “जाओ र हाम्रो लागि निस्तार चाडको भोज तयार पार।” तिनीहरू यसो भन्छन्‌: “हामीले कहाँ तयार पारेको तपाईँ चाहनुहुन्छ?” येसु भन्‍नुहुन्छ: “जब तिमीहरू सहरभित्र पस्छौ, तब घैँटोमा पानी बोकेको एक जना मानिससित तिमीहरूको भेट हुनेछ। उसको पछिपछि लाग र ऊ जुन घरभित्र जान्छ, त्यसैभित्र पस। अनि तिमीहरूले त्यस घरको मालिकलाई यसो भन्‍नू: ‘गुरुज्यूले सोध्नुभएको छ: “मैले आफ्ना चेलाहरूसित निस्तार चाडको भोज खाने पाहुना-कोठा कहाँ छ?”’ तब उसले तिमीहरूलाई माथिल्लो तलामा तयार पारेर राखिएको एउटा ठूलो कोठा देखाउनेछ। तिमीहरूले त्यहीँ तयारी गर।”—लुका २२:८-१२.

त्यस घरको मालिक येसुकै एक जना चेला हुन्‌ भन्‍ने कुरामा कुनै शङ्‌का छैन। यस विशेष अवसरको लागि येसुले आफ्नो घर प्रयोग गर्नुहोला भनेर तिनले आशा गरिरहेका हुन सक्छन्‌। यरुसलेम पुग्दा ती दुई जना प्रेषितले सबै कुरा येसुले भन्‍नुभएजस्तै भेट्टाउँछन्‌। त्यसैले तिनीहरू पाठो तयार छ कि छैन अनि येसु र १२ प्रेषितको लागि निस्तार चाड मनाउन चाहिने सबै कुराको प्रबन्ध मिलाइएको छ कि छैन भनेर पक्का गर्छन्‌।

  • बुधबार, नीसान १२ को दिन येसु सायद के गर्नुहुन्छ र किन?

  • धर्मगुरुहरू किन भेला हुन्छन्‌ र यहुदा किन तिनीहरूलाई भेट्‌न जान्छन्‌?

  • बिहीबार येसु कसलाई यरुसलेम पठाउनुहुन्छ र तिनीहरू त्यहाँ गएर के गर्छन्‌?

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने