प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • येसुलाई पहिला हन्‍नासकहाँ, त्यसपछि कैयाफाकहाँ लगिन्छ
    येसु—बाटो, सत्य र जीवन
    • त्यहाँ उभिरहेको एक जना पहरेदारले येसुलाई एक थप्पड हिर्काउँछ र यसो भन्छ: “मुख्य पुजारीलाई जवाफ दिने तरिका यही हो?” तर येसुलाई आफूले कुनै गल्ती गरेको छैन भनेर थाह छ। त्यसैले उहाँ भन्‍नुहुन्छ: “यदि मैले गलत कुरा गरेको हुँ भने मेरो गल्ती देखाइदेऊ; यदि सही कुरा गरेको हुँ भने तिमी मलाई किन त्यसै थप्पड हिर्काउँछौ?” (युहन्‍ना १८:२२, २३) त्यसपछि हन्‍नासले येसुलाई आफ्ना ज्वाइँ कैयाफाकहाँ पठाइदिन्छन्‌।

      यतिन्जेल यहुदी न्यायपरिषद्‌का सबै सदस्य—अहिलेको प्रधानपुजारी, धर्मगुरुहरू र शास्त्रीहरू भेला भइसकेका छन्‌। तिनीहरू कैयाफाको घरमा जम्मा हुन्छन्‌। निस्तार चाडको रातमा कसैको पुर्पक्ष गर्नु गैर-कानुनी काम हो तैपनि तिनीहरू आफ्नो दुष्ट उद्देश्‍य पूरा गर्नदेखि पछि हट्‌दैनन्‌।

      यो समूहले निष्पक्ष फैसला सुनाउने आस गर्न सकिँदैन। येसुले लाजरसलाई मृत्युबाट जीवित पार्नुभएपछि यहुदी न्यायपरिषद्‌ले उहाँलाई मार्ने निर्णय गरेको थियो। (युहन्‍ना ११:४७-५३) अनि केही दिनअघि मात्र मुख्य पुजारीहरू र धर्मगुरुहरूले येसुलाई पक्रेर मार्ने मतो गरेका थिए। (मत्ति २६:३, ४) हो, पुर्पक्ष सुरु हुनुअघि नै तिनीहरूले येसुलाई मृत्युदण्डको योग्य ठहराइसकेका छन्‌।

  • पत्रुस येसुलाई कैयाफाको घरमा तिरस्कार गर्छन्‌
    येसु—बाटो, सत्य र जीवन
    • गेत्समनीको बगैँचामा येसु पक्राउ पर्नुभएपछि प्रेषितहरू डराउँछन्‌ र उहाँलाई छोडेर भाग्छन्‌। तर दुई जनाचाहिँ बीचमै रोकिन्छन्‌। तिनीहरूमध्ये एक जना पत्रुस हुन्‌ अनि “अर्को एक जना चेला”-चाहिँ प्रेषित युहन्‍ना हुन सक्छन्‌। (युहन्‍ना १८:१५; १९:३५; २१:२४) उनीहरूले येसुलाई हन्‍नासकहाँ लैजाँदै गर्दा भेटेका हुन सक्छन्‌। अनि हन्‍नासले येसुलाई प्रधानपुजारी कैयाफाकहाँ पठाउँदा पत्रुस र युहन्‍ना टाढैबाट उहाँको पछिपछि लाग्छन्‌। एकातिर उनीहरूलाई आफ्नो ज्यानको माया लागिरहेको छ भने अर्कोतिर आफ्नो मालिकलाई के हुने होला भनेर चिन्ता पनि लागिरहेको छ।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने