-
हामीले अरूसित कस्तो व्यवहार गर्नुपर्छ?प्रहरीधरहरा—२००८ | मे १
-
-
१२. (क) आध्यात्मिक ज्योतिबारे येशूले के भन्नुभयो? (ख) हामी कसरी ज्योति चम्काउन सक्छौं?
१२ मानिसहरूसित सबैभन्दा उत्तम तरिकामा व्यवहार गर्नु भनेको तिनीहरूलाई परमेश्वरबाट प्राप्त आध्यात्मिक ज्योति पाउन मदत गर्नु हो। (भज. ४३:३) येशूले चेलाहरूलाई “तिमीहरू जगत्का ज्योति हौ” भन्नुभयो। अनि तिनीहरूलाई आफ्नो ज्योति चम्काउन जोड दिनुभयो ताकि मानिसहरूले अरूप्रति गरेका तिनीहरूको “सुकर्म” देख्न सकून्। यसो गर्दा “मानिसहरूका सामु” आध्यात्मिक ज्योति चम्कन्थ्यो वा मानिसहरूलाई फाइदा पुग्थ्यो। (मत्ती ५:१४-१६ पढ्नुहोस्) आज हामी आफ्ना छिमेकीहरूलाई भलाइ गरेर र सुसमाचार प्रचार गर्ने काममा भाग लिएर आफ्नो ज्योति “सारा जगत्मा” अर्थात् “सबै जातिहरू” सामु चम्काउँछौं। (मत्ती २६:१३; मर्कू. १३:१०) कस्तो सुअवसर!
-
-
हामीले अरूसित कस्तो व्यवहार गर्नुपर्छ?प्रहरीधरहरा—२००८ | मे १
-
-
१४. (क) प्रथम शताब्दीको दियो कस्तो हुन्थ्यो? (ख) हामी “पाथीमनि” आध्यात्मिक ज्योति लुकाउँदैनौं, कसरी?
१४ घरमा सबैका निम्ति चम्कोस् भनेर येशूले बत्ती अर्थात् दियो पाथीमनि होइन तर सामदानमाथि राखिन्छ भन्नुभयो। प्रथम शताब्दीमा प्रयोग गरिने दियो साधारणतया माटोको हुन्थ्यो र यसमा सलेदो हालिएको हुन्थ्यो। त्यस दियोमा प्रायजसो जैतूनको तेल हालिन्थ्यो अनि सलेदो चाहिं तेल सोस्दै बलिरहन्थ्यो। यस्तो दियो, प्रायः कुनै काठ वा धातुबाट बनिएको सामदानमाथि राखिन्थ्यो र ‘घरमा हुने सबैको निम्ति त्यो चम्कन्थ्यो।’ मानिसहरूले दियो “पाथीमनि” राख्दैनथे। चेलाहरूले आध्यात्मिक ज्योति लाक्षणिक पाथीमनि लुकाओस् भन्ने येशू चाहनुहुन्न थियो। त्यसैले हामीले आफ्नो ज्योति चम्किन दिनुपर्छ। सतावट वा विरोधको कारण बाइबलमा पाइने सत्य कुराहरू लुकाउने वा अरूलाई नभन्ने गर्नुहुँदैन।
-