-
हामीले अरूसित कस्तो व्यवहार गर्नुपर्छ?प्रहरीधरहरा—२००८ | मे १
-
-
१२. (क) आध्यात्मिक ज्योतिबारे येशूले के भन्नुभयो? (ख) हामी कसरी ज्योति चम्काउन सक्छौं?
१२ मानिसहरूसित सबैभन्दा उत्तम तरिकामा व्यवहार गर्नु भनेको तिनीहरूलाई परमेश्वरबाट प्राप्त आध्यात्मिक ज्योति पाउन मदत गर्नु हो। (भज. ४३:३) येशूले चेलाहरूलाई “तिमीहरू जगत्का ज्योति हौ” भन्नुभयो। अनि तिनीहरूलाई आफ्नो ज्योति चम्काउन जोड दिनुभयो ताकि मानिसहरूले अरूप्रति गरेका तिनीहरूको “सुकर्म” देख्न सकून्। यसो गर्दा “मानिसहरूका सामु” आध्यात्मिक ज्योति चम्कन्थ्यो वा मानिसहरूलाई फाइदा पुग्थ्यो। (मत्ती ५:१४-१६ पढ्नुहोस्) आज हामी आफ्ना छिमेकीहरूलाई भलाइ गरेर र सुसमाचार प्रचार गर्ने काममा भाग लिएर आफ्नो ज्योति “सारा जगत्मा” अर्थात् “सबै जातिहरू” सामु चम्काउँछौं। (मत्ती २६:१३; मर्कू. १३:१०) कस्तो सुअवसर!
-
-
हामीले अरूसित कस्तो व्यवहार गर्नुपर्छ?प्रहरीधरहरा—२००८ | मे १
-
-
१५. हाम्रो “सुकर्म”-ले कोही कोहीलाई कसरी असर गर्छ?
१५ चम्किलो ज्योतिबारे बताएपछि येशूले आफ्ना चेलाहरूलाई यो कुरा भन्नुभयो: “उसरीनै तिमीहरूको ज्योति मानिसहरूको सामु चम्कोस्, र तिनीहरूले तिमीहरूका सुकर्म देखून्, र स्वर्गमा हुनुहुने तिमीहरूका पिताको महिमा गरून्।” हाम्रो “सुकर्म”-को कारण कोही-कोहीले परमेश्वरको सेवक बनेर उहाँलाई “महिमा” दिन्छन्। “संसारमा ज्योतिहरूझैं” चम्किंदै जान हाम्रो लागि कत्ति राम्रो उत्प्रेरणा!—फिलि. २:१५.
१६. “जगत्का ज्योति” हुन के गर्नुपर्छ?
१६ “जगत्का ज्योति” हुन हामीले राज्य प्रचार र चेला बनाउने काममा भाग लिनुपर्छ। तर अर्को एउटा कुरा पनि गर्नुपर्छ। प्रेरित पावलले यस्तो लेखे: “ज्योतिका सन्तानझैं हिंडडुल गर, (किनभने ज्योतिको फल सबै भलाइ, धार्मिकता र सत्यतामा हुन्छ)।” (एफि. ५:८, ९) हाम्रो आचरण सधैं उदाहरणीय हुनुपर्छ। साँच्चै, हामीले पत्रुसको यो सल्लाह पालन गर्नुपर्छ: “अन्य जातिहरूका बीचमा तिमीहरूको चालचलन असल गराओ, र जसले तिमीहरूका विरुद्धमा तिमीहरूलाई कुकर्मी भन्छन्, तिनीहरूले देखेका तिमीहरूका असल कामबाट कृपादृष्टिको दिनमा तिनीहरूले परमेश्वरको महिमा गरून्।” (१ पत्रु. २:१२) तर सँगी विश्वासीबीच सम्बन्ध बिग्रियो भने नि?
-