-
“त्यसैले जाओ र . . . चेला बनाओ”प्रहरीधरहरा (अध्ययन संस्करण)—२०२० | जनवरी
-
-
१-२. एक जना स्वर्गदूतले येसुको चिहाननेर आइपुगेका स्त्रीहरूलाई के भने? येसुले तिनीहरूलाई कुन निर्देशन दिनुभयो?
इस्वी संवत् ३३, नीसान १६ को बिहानीको कुरा हो। केही भक्तालु स्त्री दुःखी हुँदै येसुको चिहानतिर गइरहेका थिए। येसुको शवलाई चिहानमा राखेको ३६ घण्टाभन्दा धेरै भइसकेको थियो। तिनीहरू उहाँको शवमा सुगन्धित मसला र तेल दल्न चिहाननेर पुग्दा तीनछक परे किनभने चिहान रित्तो थियो। एक जना स्वर्गदूतले तिनीहरूलाई येसु मृत्युबाट ब्युँतिसक्नुभएको कुरा बताए। तिनले भने: “उहाँ तिमीहरूभन्दा अघि गालिल जाँदै हुनुहुन्छ र तिमीहरूले उहाँलाई त्यहीँ देख्नेछौ।”—मत्ति २८:१-७; लुका २३:५६; २४:१०.
-
-
“त्यसैले जाओ र . . . चेला बनाओ”प्रहरीधरहरा (अध्ययन संस्करण)—२०२० | जनवरी
-
-
४ येसु आफ्ना सबै अनुयायीले प्रचार गरेको चाहनुहुन्थ्यो। उहाँले यो आज्ञा आफ्ना वफादार ११ प्रेषितलाई मात्र दिनुभएको थिएन। हामी किन त्यसो भन्न सक्छौँ? येसुले गालिलको डाँडामा यो आज्ञा दिनुहुँदा के त्यहाँ उहाँका प्रेषितहरू मात्र थिए? स्वर्गदूतले स्त्रीहरूलाई के भनेका थिए, याद गर्नुहोस्: “तिमीहरूले उहाँलाई [गालिलमा] देख्नेछौ।” त्यसैले त्यहाँ भेला भएका उहाँका चेलाहरूमाझ भक्तालु स्त्रीहरू पनि हुनुपर्छ। त्यति मात्र होइन, प्रेषित पावलले येसु “एकैचोटि ५०० भन्दा धेरै भाइकहाँ देखा पर्नुभयो” भनेर बताए। (१ कोरि. १५:६) तिनीहरू कहाँ भेला भएका थिए?
-