-
चोरहरूले हतियारसहित हमला गर्दाप्रहरीधरहरा—१९९८ | डिसेम्बर १५
-
-
चोरहरू हतियारसहित आउँदा
चोरहरू तपाईंको घरमा छिरेर तपाईंलाई हमला गर्न लाग्दा के गर्नुपर्छ? नबिर्सनुहोस्, तपाईंको जीवन धनसम्पत्तिभन्दा निकै महत्त्वपूर्ण छ। ख्रीष्ट येशूले भन्नुभयो: “दुष्टको मुकाबिला नगर। जसले तिम्रो दाहिने गाला चट्काउला त्यसलाई अर्कोतिरको पनि फर्काइदेओ। . . . यदि कोही मानिसले मुद्दा चलाएर तिम्रो दौरा लिने दाबी गर्छ भने, त्यसलाई तिम्रो खाष्टो पनि दिइहाल।”—मत्ती ५:३९, ४०.
यो बुद्धिमानी सल्लाह हो। मसीहीहरूले अपराधीहरूलाई आफ्नो सम्पत्तिबारे जानकारी दिनुपर्छ भन्ने छैन तैपनि चोरहरूले प्रतिरोध गर्न लागेको, सहयोग नगरेको वा धोका दिन लागेको सुइँको पाए भने हिंस्रक हुने सम्भावना धेरै हुन्छ। थुप्रैले “आफैलाई कामोद्दीपनामा सुम्पिदिए[कोले]” तिनीहरूलाई दुष्ट र क्रूर व्यवहार गर्न धेरै समय लाग्दैन।—एफिसी ४:१९.
साम्युएल अपार्टमेन्ट भवनमा बस्छन्। चोरहरूले भवनलाई नै घेरे र सबै अपार्टमेन्टहरूमा एक एक गर्दै छिर्न थाले। साम्युएलले बन्दुकको आवाज, ढोकाहरू ढ्याङ्ङढुङ गरेको र मानिसहरू चिच्चाएको, रोएको र अलापविलाप गरेको आवाज सुने। भाग्नु त असम्भव थियो। साम्युएलले आफ्नी पत्नी र तीन छोरीहरूलाई भूँइमा घुँडा टेकेर हातमाथि उठाएर आँखा चिम्लेर बस्नु भने। चोरहरू घरभित्र छिर्दा साम्युएलले तिनीहरूको आँखामा हेरेर कुरा गरेनन् किनभने अनुहार हेरेर कुरा गऱ्यो भने तिनीहरूलाई पछि चिन्ला भन्ने विचार गर्छन् भनेर तिनलाई थाह थियो। “भित्र आउनुहोस्” तिनले भने। “तपाईंहरूलाई जे जे लग्न मन पर्छ खुसीसाथ लैजानुहोस्। हामी यहोवाका साक्षीहरू हौं र तपाईंहरूको प्रतिरोध गर्नेछैनौं।” यस्तो सुन्दा चोरहरू झस्किए। त्यसको लगभग एक घण्टापछि जम्माजम्मी १२ जना मानिसहरू हतियारसहित समूहमा आए। चोरहरूले गरगहना, पैसा र विद्युतीय सामानहरू लगे तापनि तिनीहरूले त्यस परिवारलाई पिटेनन् वा त्यस भवनका अरू मानिसहरूलाई जस्तो छुराले घोपेनन्। साम्युएलको परिवारले तिनीहरूको ज्यान जोगिएकोमा यहोवालाई धन्यवाद दिए।
यसबाट प्रस्ट हुन्छ कि चोरहरूले पैसा र अन्य भौतिक सामानहरू खोज्दा प्रतिरोध गरिएन भने घाइते हुने सम्भावना धेरै कम हुन्छ।a
-
-
चोरहरूले हतियारसहित हमला गर्दाप्रहरीधरहरा—१९९८ | डिसेम्बर १५
-
-
युनिस अबुको वृत्तान्तमा आधारित
-