प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • धार्मिकता मौखिक परम्पराहरू द्वारा होइन
    प्रहरीधरहरा—१९९१ | नोभेम्बर १
    • १८. (क) आफ्नो छिमेकीलाई प्रेम गर्न अह्राउने व्यवस्थालाई यहूदीहरूले कसरी परिवर्तन गरे, तर येशूले त्यसको प्रतिकार कसरी गर्नुभयो? (ख) “छिमेकीको” अर्थलाई सीमित पार्न चाहने एक जना वकिललाई येशूको के जवाफ थियो?

      १८ यहूदीहरूका गुरुहरूका परम्पराले गर्दा मोशाको व्यवस्था कमजोर हुन गएको कुरा, येशूले आफ्ना छैठौं र अन्तिम उदाहरणमा स्पष्ट रूपले देखाउनु भयो। “तिमीहरूले सुनेका छौ, यसो भनिएको थियो, ‘तिम्रो छिमेकीलाई प्रेम गर, र तिम्रो शत्रुलाई घृणा गर।’ तर म तिमीहरूलाई भन्दछु: आफ्ना शत्रुहरूलाई प्रेम गर, औ तिमीहरूलाई खेदो गर्नेहरुका निम्ति प्रार्थना गर।” (मत्ती ५:४३, ४४) मोशाका लिखित व्यवस्थाले प्रेमको कुनै सीमा तोकेको छैन: “आफ्ना छिमेकीसँग आफैलाई झैं प्रेम गर।” (लेवी १९:१८) तर फरिसीहरूले यस आज्ञालाई स्वीकार गर्न हिचकिचाए र यसको पालन गर्नु नपरोस्‌ भनेर, परम्परा मान्‍नेहरू मात्र “छिमेकी” हुन्‌ भन्‍ने अर्थ लगाए। त्यसै कारण, कुनै एउटा वकिललाई ‘आफ्नो छिमेकीलाई आफूलाई जस्तै प्रेम गर्नु’ भन्‍ने आज्ञा बारे येशूले याद दिलाउनु हुँदा, त्यस मानिसले कुरा छल्दै भन्यो: “मेरो छिमेकी चाहिं को हो ता?” येशूले असल सामरीको उदाहरण द्वारा त्यसलाई यो जवाफ दिनुभयो—जसलाई तपाईंको मद्दतको आवश्‍यकता छ, उसैको निम्ति तपाईं एक जना छिमेकी बन्‍नु होस्‌।—लूका १०:२५-३७.

  • धार्मिकता मौखिक परम्पराहरू द्वारा होइन
    प्रहरीधरहरा—१९९१ | नोभेम्बर १
    • २०. मोशाको व्यवस्थालाई एकातिर पन्छाउनुको सट्टा, येशूले त्यसको असरलाई अझ गहिरो र विस्तृत पार्नु हुँदै, त्यसलाई अझ उच्च स्थानमा कसरी राख्नु भयो?

      २० अतः येशूले व्यवस्थाका केही अंशहरूलाई सङ्‌केत गर्नु हुँदै, “तर, म तिमीहरूलाई भन्दछु,” भनेर थप्नु हुँदा, उहाँले मोशाको व्यवस्थालाई एकातिर पन्छाउनु भएर त्यसको ठाउँमा अर्कै कुरा राख्न खोज्नु भएको होइन। बरू, त्यस व्यवस्थाको मर्मलाई अझ गहिरो र विस्तृत पार्नु हुँदै थियो। भ्रातृत्व सम्बन्धी उच्च स्तरको नियम अनुसार, रीस राखिरहनु हत्या सरह हो। पवित्रता सम्बन्धी उच्च स्तरको व्यवस्था अनुसार, कुनै स्त्रीलाई खराब इच्छा राखेर बराबर हेर्नु व्यभिचार हो। विवाह सम्बन्धी उच्च व्यवस्था अनुसार, सानो निहुँ पारेर स्त्रीलाई त्याग्नु हुँदैन किनकि यसले गर्दा व्यभिचारपूर्ण पुनर्विवाह गर्न सकिन्छ। सत्य सम्बन्धी उच्च स्तरको व्यवस्थाले, बारबार कसम खाने कुरालाई अनावश्‍यक ठान्दछ। नम्रता सम्बन्धी उच्च व्यवस्थाले, बदला लिने कुरालाई पर सार्दछ। प्रेम सम्बन्धी उच्च व्यवस्थाले त्यस प्रकारको ईश्‍वरीय प्रेमको आवश्‍यकतालाई बोध गराउँदछ जसको केही सीमा नै छैन।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने