प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w16 जून pp. ३-५
  • यहोवा तपाईंको “ख्याल राख्नुहुन्छ”

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • यहोवा तपाईंको “ख्याल राख्नुहुन्छ”
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१६
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • परमेश्‍वरले भौतिक कुराहरू प्रबन्ध गरिदिनुहुन्छ
  • यहोवा समय दिन कन्जुस्याइँ गर्नुहुन्‍न
  • यहोवा क्षमा दिन तयार हुनुहुन्छ
  • यहोवाले तपाईंलाई चाहिएको बेला साथ दिनुहुन्छ
  • यहोवा क्षमा गर्न सधैँ तयार हुनुहुन्छ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२२
  • के तपाईं यहोवाले जस्तै क्षमा गर्नुहुन्छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९४
  • “हामीलाई प्रार्थना गर्न सिकाउनुहोस्‌”
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९१
  • “एउटाले अर्कोलाई क्षमा गर”
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९७
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१६
w16 जून pp. ३-५
क्रेटमा राखिएका स्याउ, बगैंचामा

यहोवा तपाईंको “ख्याल राख्नुहुन्छ”

यहोवाले हाम्रो साँच्चै ख्याल राख्नुहुन्छ भनेर किन ढुक्क हुन सक्छौं? एउटा कारण हो, बाइबलमा यस विषयमा तोकेरै बताइएको छ। पहिलो पत्रुस ५:७ यसो भन्छ: “तिमीहरूले आफ्नो सारा फिक्री उहाँमाथि बिसाओ, किनकि उहाँले तिमीहरूको ख्याल राख्नुहुन्छ।” त्यसोभए परमेश्‍वरले तपाईंको ख्याल राख्नुहुन्छ भन्‍ने के प्रमाण छ?

परमेश्‍वरले भौतिक कुराहरू प्रबन्ध गरिदिनुहुन्छ

अर्की बहिनीलाई उपहार दिंदै गरेकी बहिनी

यहोवा असल उदाहरण हुनुहुन्छ: उदार र दयालु हुने सन्दर्भमा

अर्को कुरा, तपाईंले असल साथीमा खोजेजस्तै गुणहरू परमेश्‍वरसित छ। अक्सर एकअर्कासित दयालु र उदार भई व्यवहार गर्नेहरू घनिष्ठ साथी हुन्छन्‌। यहोवाले हरेक दिन मानिसहरूसित दयालु र उदार भई व्यवहार गर्नुभएको तपाईं देख्न सक्नुहुन्छ। एउटा उदाहरण विचार गर्नुहोस्‌: “उहाँले खराब र असल दुवैमाथि घाम लगाइदिनुहुन्छ अनि भला र दुष्ट दुवैमाथि पानी वर्षाउनुहुन्छ।” (मत्ती ५:४५) घाम र पानीले गर्दा कस्ता कुराहरू सम्भव भएको छ? थुप्रै कुराहरू सम्भव भएका छन्‌। जस्तै: प्रशस्त “खानेकुरा” उब्जाउन सकिएको छ र त्यसले गर्दा मानिसहरू ‘आनन्दित’ हुन सकेका छन्‌। (प्रेषि. १४:१७) हो, यस पृथ्वीले प्रशस्त खानेकुराहरू उब्जाउँछ अनि त्यसमा पनि मीठो खानाले जत्ति आनन्द अरू कुन कुराले दिन्छ र!

त्यसोभए आज थुप्रै मानिस किन भोकभोकै छन्‌ त? अहिलेको मानव सरकारलाई विचार गर्ने हो भने तिनीहरू मानिसहरूको भलाइ गर्नमा भन्दा पनि पैसाको पछि लाग्नमै तल्लीन भएको देखिन्छ। तर यहोवा परमेश्‍वरले चाँडै नै यी सबै लोभ-लालचको जड उखेल्नुहुनेछ; येशूले शासन गरिरहनुभएको स्वर्गीय राज्यलाई चलाएर उहाँले छिट्टै यस्तो कदम चाल्नुहुनेछ। त्यसपछि कोही पनि भोकभोकै बस्नुपर्नेछैन। त्यतिन्जेल परमेश्‍वरले आफ्ना सेवकहरूको पनि हेरविचार गर्नुहुनेछ। (भज. ३७:२५) यो कुराबाट यहोवा हाम्रो कत्ति ख्याल राख्नुहुन्छ भन्‍ने कुरा देखिंदैन र?

यहोवा समय दिन कन्जुस्याइँ गर्नुहुन्‍न

अर्को भाइको कुरा ध्यान दिएर सुन्दै गरेका भाइ

यहोवा असल उदाहरण हुनुहुन्छ: समय दिन कन्जुस्याइँ नगर्ने सन्दर्भमा

असल साथीले तपाईंसित समय बिताउन कन्जुस्याइँ गर्दैन; घण्टौंसम्म सुख-दुःखको कुरा गर्नुपरे पनि दिक्क मान्दैन। तपाईंले आफ्नो समस्या अनि मनको बह पोखाउँदा उसले ध्यान दिएर सुन्छ। के यहोवा पनि त्यस्तै हुनुहुन्छ? हो, उहाँ त्यस्तै हुनुहुन्छ। उहाँ हाम्रो प्रार्थना ध्यान दिएर सुन्‍नुहुन्छ। त्यसैले त बाइबलले हामीलाई ‘प्रार्थनामा लागिरहन’ अनि ‘निरन्तर प्रार्थना गर्न’ प्रोत्साहन दिएको छ।—रोमी १२:१२; १ थिस्स. ५:१७.

तपाईंको प्रार्थना सुन्‍न यहोवा कति समय दिनुहुन्छ? यसको जवाफ पाउन बाइबलमा दिइएको एउटा उदाहरण विचार गरौं। प्रेषितहरूलाई छान्‍नुअघि येशूले “परमेश्‍वरलाई प्रार्थना गरेर पूरै रात” बिताउनुभएको थियो। (लूका ६:१२) त्यसरी प्रार्थना गर्दा येशूले आफ्ना सबै चेलाहरूलाई एक-एक गर्दै तिनीहरूको नाम, गुण, कमजोरी सबै विचार गर्नुभएको हुन सक्छ अनि तिनीहरूमध्येबाट प्रेषित छान्‍न यहोवासित मदत पनि माग्नुभएको हुन सक्छ। भोलिपल्ट सूर्योदय हुँदासम्म त कस-कसलाई प्रेषित छान्दा राम्रो हुन्छ भनेर उहाँ पक्का भइसक्नुभएको थियो। यहोवा “प्रार्थना सुन्‍नुहुने” परमेश्‍वर भएकोले उहाँ मनैदेखि प्रार्थना गर्ने सबैको पुकारा सुन्‍नुहुन्छ। (भज. ६५:२) कसैले आफ्नो चिन्ता पोख्न घण्टौंसम्म प्रार्थना गर्छ भने पनि उहाँ झर्को नमानी तिनीहरूको बिन्ती सुन्‍नुहुन्छ।

यहोवा क्षमा दिन तयार हुनुहुन्छ

हात मिलाउँदै गरेका भाइहरू

यहोवा असल उदाहरण हुनुहुन्छ: क्षमा दिने सन्दर्भमा

क्षमा दिने कुरा आउँदा नङ र मासु जस्तो मिल्ने साथीलाई पनि कहिलेकाहीं धौ-धौ पर्छ। क्षमा दिन तयार नभएकोले नै कतिपयले वर्षौंदेखिको मित्रता तोडेका छन्‌। तर यहोवा त्यस्तो हुनुहुन्‍न। उहाँ “प्रशस्त गरी क्षमा” गर्ने परमेश्‍वर हुनुहुन्छ। त्यसैले बाइबलले निष्कपट मन हुने सबैलाई क्षमा माग्न आग्रह गरेको छ। (यशै. ५५:६, ७) यहोवाले त्यसरी उदार भएर क्षमा गर्न सक्नुको कारण के हो?

हो, परमेश्‍वर अथाह प्रेमको खानी हुनुहुन्छ। हामीलाई औधी माया गर्ने भएकोले नै पाप र त्यसले निम्त्याएको असरहरूबाट छुटकारा दिन उहाँले आफ्नो एक मात्र छोरा बलिदान दिनुभयो। (यूह. ३:१६) येशूको बलिदानले गर्दा हामीलाई अर्को फाइदा पनि भएको छ। यस प्रबन्धले गर्दा यहोवालाई प्रेम गर्नेहरूले उहाँबाट क्षमा पाउन सकेका छन्‌। प्रेषित यूहन्‍नाले यस्तो लेखे: “परमेश्‍वर विश्‍वासयोग्य र न्यायी हुनुहुन्छ; त्यसैले यदि हामीले आफ्ना पापहरू स्वीकाऱ्‍यौं भने उहाँले हाम्रा पापहरू क्षमा गर्नुहुन्छ।” (१ यूह. १:९) यहोवाबाट पाएको क्षमाले गर्दा नै मानिसहरूले परमेश्‍वरसँगको मित्रता कायम राख्न सकेका छन्‌ अनि यो कुराले हाम्रो मन छुन्छ।

यहोवाले तपाईंलाई चाहिएको बेला साथ दिनुहुन्छ

दुःखी बहिनीलाई सान्त्वना दिंदै गरेकी बहिनी

यहोवा असल उदाहरण हुनुहुन्छ: आवश्‍यक परेको बेला साथ दिने सन्दर्भमा

असल साथीले आवश्‍यक परेको बेला मदतको हात अघि बढाउँछ। के यहोवा पनि त्यस्तै हुनुहुन्छ? उहाँको वचन यसो भन्छ: “तिनी [परमेश्‍वरका सेवक] लडिहाल्यो भने लोटिएरै रहँदैनन्‌। किनकि परमप्रभुले तिनको हात समातेर तिनलाई थाम्नुहुन्छ।” (भज. ३७:२४) यहोवा आफ्ना ‘सेवकहरूलाई’ विभिन्‍न तरिकामा मदत दिनुहुन्छ। सेन्ट क्रोइ भन्‍ने क्यारेबियन टापुको एउटा अनुभव विचार गर्नुहोस्‌।

धार्मिक आस्थाको कारण एउटी केटीले स्कुलमा झन्डा सलामी गरिनन्‌। तिनलाई साथीहरूले खुबै दबाब दिए। यहोवालाई प्रार्थना गरिसकेपछि तिनले यो मामिलाको सामना गर्ने निर्णय गरिन्‌। तिनले कक्षामा झन्डा सलामीसम्बन्धी रिपोर्ट प्रस्तुत गरिन्‌। बाइबलका कथाहरू भएको मेरो पुस्तक भन्‍ने किताब चलाएर तिनले शद्रक, मेशक र अबेद्‌नगो कसरी आफ्नो अडानमा दृढ रहे भनेर बताइन्‌। तिनले कक्षाका साथीहरूलाई यसो भनिन्‌: “मूर्ति उपासना नगरेकोले ती तीन हिब्रू केटाहरूलाई यहोवाले रक्षा गर्नुभयो।” त्यसपछि तिनले त्यहाँ भएका साथीहरूलाई त्यो किताब लिन चाहन्छन्‌ कि भनेर सोधिन्‌। एघार जनाले त्यो किताब लिए। यस्तो गम्भीर विषयमा साक्षी दिन यहोवाले बल र बुद्धि दिएकोमा ती बहिनी दङ्‌ग परिन्‌।

यहोवाले आफ्नो ख्याल राख्नुहुन्छ कि हुन्‍न भन्‍ने कुरामा शङ्‌का लाग्यो भने भजन ३४:१७-१९; ५५:२२ र १४५:१८, १९ मा लेखिएका कुराहरू मनन गर्नुहोस्‌। लामो समयदेखि यहोवाको सेवा गरिरहेकाहरूको अनुभव सुन्‍नुहोस्‌। अनि यहोवाको मदत चाहियो भने उहाँलाई प्रार्थना गरिहाल्नुहोस्‌। यसो गर्नुभयो भने यहोवाले तपाईंको कत्ति “ख्याल” राख्नुहुन्छ भनेर चाँडै नै बुझ्नुहुनेछ।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने