प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • राज्य र परमेश्‍वरको धार्मिकता खोजी गर
    प्रहरीधरहरा—१९९१ | नोभेम्बर १
    • १, २. असल कामहरूलाई पनि शास्त्री र फरिसीहरूले के कुरामा परिणत गरी दिए, र आफ्ना अनुयायीहरूलाई येशूले कुन कुराको चेताउनी दिनुभयो?

      शास्त्री र फरिसीहरू आफ्नै तरिकाले धार्मिकताको खोजी गर्दथिए। तर त्यो तरिका परमेश्‍वरको तरिका थिएन। यस बाहेक, तिनीहरूले असलै काम गर्दा पनि, मानिसहरूलाई देखाउनका निम्ति, ती कामहरू कपटपूर्ण ढङ्‌गबाट गर्दथिए। तिनीहरू परमेश्‍वरको सेवा होइन, आफ्नै अहम्‌को सेवा गर्दथिए। यस प्रकारको नाटकीय कामको विरोध गर्नु हुँदै, येशूले आफ्ना चेलाहरूलाई चेताउनी दिनुभयो: “होसियार बस, तिमीहरू मानिसहरूले देखून्‌ भन्‍ने हेतुले धर्म-कर्म नगर। नत्रता स्वर्गका पिताबाट तिमीहरूलाई केही इनाम मिल्नेछैन।”—मत्ती ६:१.

  • राज्य र परमेश्‍वरको धार्मिकता खोजी गर
    प्रहरीधरहरा—१९९१ | नोभेम्बर १
    • ३. (क) शास्त्री र फरिसीहरूले गरेका दानहरूको वापत, पूरा इनाम तिनीहरूले कसरी पाए? (ख) दान दिने कुराको सम्बन्धमा येशूको दृष्टिकोण कसरी भिन्‍न थियो?

      ३ ‘तिनीहरूले इनाम पाइसकेका हुन्छन्‌’ भन्‍ने वाक्यांशको युनानी शब्द (आपेखो) अक्सर गरी व्यापारिक रसीदहरूमा पाइन्छ। डाँड़ाको उपदेशमा यसको प्रयोगले यो बोध हुन्छ कि “तिनीहरूले आफ्नो इनाम पाइसके” अर्थात्‌ “तिनीहरूले आफ्नो इनाम पाएको कुरा रसीदमा सही गरेर जनाउ दिइसके: इनाम पाउने तिनीहरूको अधिकार असूल गरी सके। र यस बारे तिनीहरूले भरपाइ बुझाइ सके।” (एन एक्सपोजिटरी डिक्सनरी आफ न्यु टेस्टामेन्ट वर्ड्‌स, डब्लू. इ. भाइन द्वारा) गरीबहरूकालागि दिइने उपहारहरूको घोषणा आम रूपमा सड़कमै गरिन्‌थियो। दाताहरूका नाउँ सभाघरहरूमा घोषणा गरिन्‌थियो। धेरै परिमाणमा दिनेहरूलाई उपासनाको समयमा धर्मगुरुहरूका छेउमा बसाएर विशेष रूपले सम्मान गरिन्‌थियो। मानिसहरूले देख्ने गरी तिनीहरू दिन्थ्ये; तिनीहरूलाई सबैले देख्दथिए र मानिसहरू द्वारा महिमीत हुँद थिए; यसप्रकार, आफूले गरेको दान-पुण्य वापत पाएको इनामको भरपाइमा तिनीहरूले “पूरा इनाम पाइ सक्यौं” भनेर सही-छाप लाउन सक्दथिए। तर येशूको दृष्टिकोण कति भिन्‍न छ! “दान-पुण्य गुप्तमा होस्‌, र गुप्तमा देख्ने तिम्रा पिताले तिमीलाई इनाम दिनुहुनेछ।”—मत्ती ६:३, ४; हितोपदेश १९:१७.

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने