प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w91 ११/१ pp. १५-२०
  • राज्य र परमेश्‍वरको धार्मिकता खोजी गर

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • राज्य र परमेश्‍वरको धार्मिकता खोजी गर
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९१
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • परमेश्‍वरलाई खुशी तुल्याउने प्रार्थना
  • स्वर्गमा धन-सम्पत्ति थुपार
  • विश्‍वास जसले फिक्री दूर गर्दछ
  • परमेश्‍वरको राज्य र उहाँको धार्मिकता प्राप्त गर्नु
  • धार्मिकता मौखिक परम्पराहरू द्वारा होइन
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९१
  • वचन पालन गर्ने होओ, सुन्‍ने मात्र होइन
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९१
  • मौखिक व्यवस्था किन लेखियो?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९९
  • प्रख्यात डाँडाको उपदेश
    येसु—बाटो, सत्य र जीवन
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९१
w91 ११/१ pp. १५-२०

राज्य र परमेश्‍वरको धार्मिकता खोजी गर

“तर पहिले उहाँको राज्य र उहाँको धार्मिकता खोजी गर, र यी सबै थोक तिमीहरूलाई थपिनेछन्‌।”—मत्ती ६:३३.

१, २. असल कामहरूलाई पनि शास्त्री र फरिसीहरूले के कुरामा परिणत गरी दिए, र आफ्ना अनुयायीहरूलाई येशूले कुन कुराको चेताउनी दिनुभयो?

शास्त्री र फरिसीहरू आफ्नै तरिकाले धार्मिकताको खोजी गर्दथिए। तर त्यो तरिका परमेश्‍वरको तरिका थिएन। यस बाहेक, तिनीहरूले असलै काम गर्दा पनि, मानिसहरूलाई देखाउनका निम्ति, ती कामहरू कपटपूर्ण ढङ्‌गबाट गर्दथिए। तिनीहरू परमेश्‍वरको सेवा होइन, आफ्नै अहम्‌को सेवा गर्दथिए। यस प्रकारको नाटकीय कामको विरोध गर्नु हुँदै, येशूले आफ्ना चेलाहरूलाई चेताउनी दिनुभयो: “होसियार बस, तिमीहरू मानिसहरूले देखून्‌ भन्‍ने हेतुले धर्म-कर्म नगर। नत्रता स्वर्गका पिताबाट तिमीहरूलाई केही इनाम मिल्नेछैन।”—मत्ती ६:१.

२ गरीबलाई जस जसले दिने गर्छन्‌, तिनीहरूको यहोवाले मूल्याङ्‌कन गर्नुहुन्छ—तर फरिसीहरूले दिएको जस्तै गरी दिनेहरूको चाहिं उहाँले मूल्याङ्‌कन गर्नु हुन्‍न। तिनीहरूको नकल नगर्नु भनी येशूले आफ्ना चेलाहरूलाई चेताउनी दिनुभयो: “यसकारण जब तिमी धर्म-कर्म गर्दछौ, तब आफ्नो सामु तुरही नबजाऊ, जस्तो कपटीहरूले सभाघरहरू र गल्लीहरूमा मानिसहरूबाट प्रशंशा पाउनालाई गर्दछन्‌। म तिमीहरूलाई साँचो भन्दछु, तिनीहरूले आफ्ना इनाम पाइसकेका हुन्छन्‌।”—मत्ती ६:२.

३. (क) शास्त्री र फरिसीहरूले गरेका दानहरूको वापत, पूरा इनाम तिनीहरूले कसरी पाए? (ख) दान दिने कुराको सम्बन्धमा येशूको दृष्टिकोण कसरी भिन्‍न थियो?

३ ‘तिनीहरूले इनाम पाइसकेका हुन्छन्‌’ भन्‍ने वाक्यांशको युनानी शब्द (आपेखो) अक्सर गरी व्यापारिक रसीदहरूमा पाइन्छ। डाँड़ाको उपदेशमा यसको प्रयोगले यो बोध हुन्छ कि “तिनीहरूले आफ्नो इनाम पाइसके” अर्थात्‌ “तिनीहरूले आफ्नो इनाम पाएको कुरा रसीदमा सही गरेर जनाउ दिइसके: इनाम पाउने तिनीहरूको अधिकार असूल गरी सके। र यस बारे तिनीहरूले भरपाइ बुझाइ सके।” (एन एक्सपोजिटरी डिक्सनरी आफ न्यु टेस्टामेन्ट वर्ड्‌स, डब्लू. इ. भाइन द्वारा) गरीबहरूकालागि दिइने उपहारहरूको घोषणा आम रूपमा सड़कमै गरिन्‌थियो। दाताहरूका नाउँ सभाघरहरूमा घोषणा गरिन्‌थियो। धेरै परिमाणमा दिनेहरूलाई उपासनाको समयमा धर्मगुरुहरूका छेउमा बसाएर विशेष रूपले सम्मान गरिन्‌थियो। मानिसहरूले देख्ने गरी तिनीहरू दिन्थ्ये; तिनीहरूलाई सबैले देख्दथिए र मानिसहरू द्वारा महिमीत हुँद थिए; यसप्रकार, आफूले गरेको दान-पुण्य वापत पाएको इनामको भरपाइमा तिनीहरूले “पूरा इनाम पाइ सक्यौं” भनेर सही-छाप लाउन सक्दथिए। तर येशूको दृष्टिकोण कति भिन्‍न छ! “दान-पुण्य गुप्तमा होस्‌, र गुप्तमा देख्ने तिम्रा पिताले तिमीलाई इनाम दिनुहुनेछ।”—मत्ती ६:३, ४; हितोपदेश १९:१७.

परमेश्‍वरलाई खुशी तुल्याउने प्रार्थना

४. फरिसीहरूका प्रार्थनाहरूको कारण, येशूले तिनीहरूलाई किन कपटी भन्‍नुपऱ्‍यो?

४ सोझै उहाँलाई प्रार्थना गरेको यहोवा मन पराउनुहुन्छ—तर फरिसीहरूले प्रार्थना गरे जस्तो होइन। येशूले आफ्ना अनुयायीहरूलाई भन्‍नुभयो: “जब तिमी प्रार्थना गर्दछौ तब कपटीहरू जस्ता नहोऊ, किनकि तिनीहरू सभाघरहरूमा र गल्लीहरूका कुनामा मानिसहरूले देखून्‌ भनी खड़ा भएर प्रार्थना गर्न मन गर्दछन्‌। म तिमीहरूलाई साँचो भन्दछु, तिनीहरूले आफ्नो इनाम पाइसकेका हुन्छन्‌।” (मत्ती ६:५) फरिसीहरूले प्रत्येक दिन, विशेष समयहरूमा, मुखस्त रटेर, अनेक प्रार्थनाहरू गर्द थिए। सिद्धान्त अनुसार, तिनीहरूले ती प्रार्थनाहरू गुप्तमा गर्नु पर्ने थियो। तर, प्रार्थना गर्ने बेलामा, तिनीहरू जानी-जानी “गल्लीका कुनाहरूमा,” चारैतिरबाट आउने-जाने मानिसहरूले देख्ने गरी उभिन्थिए।

५. (क) प्रार्थना सम्बन्धी फरिसीहरूका अरू कुन व्यवहारले गर्दा परमेश्‍वरले तिनीहरूको प्रार्थना सुन्‍नु भएन? (ख) आफ्नो आदर्श प्रार्थनामा येशूले कुन कुराहरूलाई प्रथम स्थान दिनुभयो, र के मानिसहरू आज त्यससित सहमत छन्‌?

५ झूटो पवित्रता प्रदर्शित गर्दै तिनीहरू “बहाना गरेर लामा लामा प्रार्थना” गर्दथिए। (लूका २०:४७) एउटा मौखिक परम्परामा यसो भनिएको थियो: “पुराना धार्मिक मानिसहरू तेफिल्लाह (प्रार्थना) भन्‍नुभन्दा पहिले एक घण्टा पर्खिने गर्दथिए।” (मिश्‌नाह) त्यस बेलासम्म सबैले तिनीहरूका भक्‍तिभावना पक्का पनि देख्ने थिए र दङ्‌ग पर्ने थिए। तर यस प्रकारको प्रार्थना तिनीहरूको आफ्नो सिर भन्दा माथि पुग्दैन थियो। येशूले व्यर्थमा नबरबराइ, गुप्तमा प्रार्थना गर्न भन्‍नुभयो, र तिनीहरूलाई एउटा साधारण नमूना दिनुभयो। (मत्ती ६:६-८; यूहन्‍ना १४:६, १४; १ पत्रुस ३:१२) येशूले दिनु भएको आदर्श प्रार्थनामा प्रथम कुरालाई प्रथम स्थान दिइएको छ: “हे हाम्रा स्वर्गमा बस्ने पिता, तपाईंको नाउँ पवित्र गरिओस्‌। तपाईंको राज्य आओस्‌। तपाईंको इच्छा पूरा होस्‌।” (मत्ती ६:९-१३) आज थोरैले मात्र परमेश्‍वरको नाउँ जान्दछन्‌, पवित्र गराउने कुरा त छाड़ि नै दिउँ। यस प्रकार, तिनीहरूले उहाँलाई नामरहितको ईश्‍वर तुल्याउँदछन्‌। परमेश्‍वरको राज्य आओस्‌? धेरैको सोंचाई अनुसार त्यो यहाँ आइ सकेको छ, तिनीहरूको हृदय भित्र। उहाँको इच्छा पूरा होस्‌ भनी प्रार्थना तिनीहरू गर्न त गर्छन्‌, तर गर्ने बेलामा धेरैले आफ्नै इच्छा अनुसार काम गर्ने गर्दछन्‌।—हितोपदेश १४:१२.

६. यहूदीहरूका उपवासलाई येशूले किन अर्थहीन भनी निन्दा गर्नुभयो?

६ उपवास यहोवालाई स्वीकार्य छ—तर फरिसीहरूले गरे जस्तो उपवास होइन। शास्त्री र फरिसीहरूका दान र प्रार्थनालाई जस्तै, तिनीहरूको उपवासलाई पनि येशूले अर्थहीन ठान्‍नु भयो: “जब तिमीहरू उपवास बस्तछौ, तब कपटीहरू जस्ता उदासी चेहरा नदेखाओ। किनकि मानिसहरूलाई उपवास बसेका देखाउनलाई तिनीहरू आफ्ना मुख बिगार्छन्‌। म तिमीहरूलाई साँचो भन्दछु, तिनीहरूले तिनका इनाम पाइसकेका हुन्छन्‌।” (मत्ती ६:१६) उपवास गरेको बेलामा फरिसीहरूले नुहाउनु र तेल लाउनुको सट्टा आफ्ना शिरमा खरानी दल्नु पर्दथियो भनेर तिनीहरूका मौखिक परम्पराबाट बुझिन्छ। उपवास नबसेको बेलामा चाहिं, यहूदीहरू नियमित रूपले नुहाउने र शरीरमा तेल घस्ने गर्दथिए।

७. (क) उपवास बस्दा येशूका अनुयायीहरूले कस्तो व्यवहार गर्न आवश्‍यक थियो? (ख) उपवासको सम्बन्धमा, यशैयाको समयमा यहोवाले के चाहनु भएको थियो?

७ उपवासका सम्बन्धमा येशूले आफ्ना अनुयायीहरूलाई भन्‍नुभयो: “तिमी चाहिं उपवास बस्दा आफ्नो शिरमा तेल लगाऊ, र आफ्नो मुख धोऊ। औ तिमी उपवास बसेको मानिसहरूले होइन, तर गुप्तमा हुने तिम्रा पिताले देखून्‌, र गुप्तमा देख्नुहुने तिम्रा पिताले तिमीलाई इनाम दिनुहुनेछ।” (मत्ती ६:१७, १८) यशैयाका समयमा भ्रष्ट भएका यहूदीहरू, आफूलाई दुःख दिंदै, शिर झुकाउँदै, फाटेका लुगामा खरानी घसेर उपवास बस्नमा आनन्दित हुन्‌थिए। तर तिनीहरूले दलितहरूलाई छुटकारा, भोकालाई भोजन, घर-विहीनलाई घर, नांगालाई वस्त्र दिएको यहोवा चाहनु हुन्‌थियो।—यशैया ५८:३-७.

स्वर्गमा धन-सम्पत्ति थुपार

८. परमेश्‍वरको अनुमोदन प्राप्त गर्ने कुरा शास्त्री र फरिसीहरूले के कारणले गर्दा बिर्से, र पछि पावलले व्यक्‍त गरे अनुसार, कुन सिद्धान्तलाई तिनीहरूले ध्यान दिएनन्‌?

८ धार्मिकताको आफ्नो खोजीमा, शास्त्रीहरू र फरिसीहरूले परमेश्‍वरको अनुमोदन पाउने विषयमा ध्यान दिनुको सट्टा, मानिसहरूबाट प्रशंशा पाउनमा ध्यान केन्द्रित गर्न थाले। मानिसहरूका परम्परामा तिनीहरू यति गुटमुटिए कि तिनीहरूले परमेश्‍वरका लिखित वचनलाई चाहिं एका तिर छाड़िदिए। स्वर्गीय धन-सम्पत्ति भन्दा पार्थिव धन-सम्पत्तिमा आफ्नो मन लगाए। तिनीहरूले यस साधारण सत्यको उपेक्षा गरे, जसको उल्लेख पछि गएर मसीही भएका एक जना फरिसीले वर्षौं पश्‍चात्‌ गरे: “जे तिमीहरू गर्दछौ, मानिसलाई जस्तो होइन, तर प्रभुको निम्ति जस्तै गरी मनतनले गर। यो जानेर कि प्रभुबाट तिमीहरूले अधिकारको क्षतिपूर्ति पाउनेछौ।”—कलस्सी ३:२३, २४.

९. पार्थिव धन-सम्पत्तिमाथि के खतराहरू आउन सक्‍तछन्‌, तर धन-सम्पत्तिलाई केले सुरक्षित राख्न सक्‍तछ?

९ यहोवाको ध्यान, तपाईंको बैंकको धनमा होइन, उहाँ प्रति तपाईंको भक्‍तिमाथि छ। उहाँलाई थाह छ कि जहाँ तपाईंको सम्पत्ति हुन्छ, त्यहीं तपाईंको मन पनि हुन्छ। के तपाईंको धन-सम्पत्तिलाई कीरा र खियाले नष्ट पार्न सक्छ? के त्यसलाई चोरहरूले भित्ता फोरेर चोर्न सक्छन्‌? अथवा आर्थिक अस्थिरताको यो आधुनिक युगमा, के मुद्रा-स्फितिले गर्दा वा सट्टाबजार ह्रास भएर तपाईंको मुद्राको क्रय-शक्‍ति क्षीण हुनसक्छ? बढ़दो अपराधले गर्दा के तपाईंको धन-सम्पत्ति चोरहरूले लग्नसक्छन्‌? त्यसलाई स्वर्गमा थुपार्नु भएको छ भने, यी कुनै पनि कुरा हुने छैन। साथै, तपाईंको आँखा—शरीरको ज्योति—निर्मल छ र त्यो परमेश्‍वरको राज्य र त्यसको धार्मिकतामाथि केन्द्रित छ भने पनि, यी कुराहरू हुने छैनन्‌। धन-सम्पत्तिहरू गायब हुने तिनीहरूको एउटा आफ्नै तरिका छ। “धन-सम्पत्ति कमाउनको निम्ति कमारा जस्तै नघोटी, विवेकी मानिस बन्‌, र त्यो गर्न छोड़िदे। तैंले यताउता हेर्न अघि नै त्यो गइहाल्छ, चील आकाशतिर उड़ेझैं त्यसका पखेटा लाग्छ।” (हितोपदेश २३:४, ५) अतः धन-सम्पत्तिका लागि, निद्रा किन बिगार्ने? “धनीको धन धेरै भएकोले गर्दा त्यसलाई निद्रै लाग्दैन।” (उपदेशक ५:१२) येशूका चेताउनीलाई याद गर्नुहोस्‌: “तिमीहरूले परमेश्‍वर र धन दुवैको चाकरी गर्नसक्‍तैनौ।”—मत्ती ६:१९-२४.

विश्‍वास जसले फिक्री दूर गर्दछ

१०. भौतिक सम्पत्तिहरू भन्दा परमेश्‍वरमाथि विश्‍वास राख्नु किन यति महत्त्वपूर्ण हो, र येशूले के सल्लाह दिनुभयो?

१० तपाईंको विश्‍वास भौतिक धनमा होइन, यहोवामाथि होस्‌ भनी उहाँ चाहनुहुन्छ। “विना विश्‍वास उहाँलाई रिझाउन असम्भव छ। किनभने जो परमेश्‍वर कहाँ आउँछ, त्यसले उहाँको अस्तित्व छ भन्‍ने, र उहाँलाई खोज्नेहरूलाई प्रतिफल दिनुहुन्छ भन्‍ने अवश्‍य विश्‍वास गर्नुपर्छ।” (हिब्रू ११:६) येशूले भन्‍नुभयो: “मानिससँग भएका प्रशस्त चीजहरूले मानिसको जिन्दगी रहँदैन।” (लूका १२:१५) बैंकमा भएका लाखौं रूपियाँले बिमारी परेको फोक्सोलाई सधैं क्रियाशील पार्न सक्‍तैन न त थाकेको मुटुलाई उत्तोलन गराउन सक्छ। अत: येशूले आफ्नो डाँड़ाको उपदेशमा अगाड़ि भन्‍नुभयो: “यसैकारण म तिमीहरूलाई भन्दछु, हामी के खाउँला, कि के पिऔंला भनी आफ्नो प्राणको निम्ति र आफ्नो शरीरको निम्ति के लगाउँला भनी तिमीहरू फिक्री नगर। के प्राण खाने कुरो भन्दा र शरीर लुगा-फाटा भन्दा उत्तम होइन?”—मत्ती ६:२५.

११. येशूले प्रयोग गर्नु भएका धेरै जसो उदाहरणहरू कहाँबाट लिने गर्नु हुन्‌थियो र डाँड़ाको उपदेशमा यो कसरी प्रदर्शित हुन्छ?

११ मौखिक उदाहरणहरू दिनमा येशू सिपालु हुनुहुन्थ्यो। जता हेर्नु भएता पनि, उहाँ ती उदाहरणहरूबारे सोंच्नु हुन्थ्यो। उहाँले एउटी आइमाईलाई सामदानमा बत्ती राख्दै गरेकी देख्नुभयो र त्यसैलाई एउटा उदाहरणको रूपमा प्रयोग गर्नुभयो। उहाँले एउटा गोठालालाई बाख्राबाट भेड़ालाई छुट्टाएको देख्नुभयो, र त्यो पनि एउटा उदाहरण हुन गयो। उहाँले केटा-केटीहरूलाई बजारमा खेली रहेका देख्नुभयो, र त्यो पनि उहाँको एउटा उदाहरण भयो। र डाँड़ाको उपदेशमा पनि त्यस्तै भयो। भौतिक आवश्‍यकताहरूबारे फिक्री गर्ने विषयमा, उहाँले उड़ी रहेका चराहरू र पहाड़मा डम्म भएर फैलिएको लिली फूलहरूमा उदाहरण देख्नुभयो। के चराहरू बिउ छर्छन्‌ र अन्‍न काट्‌छन्‌? काट्‌दैनन्‌। के लिली फूलहरू धागो कात्तछन्‌? कात्तदैनन्‌। परमेश्‍वरले तिनीहरूलाई बनाउनुभयो; उहाँले नै तिनीहरूको हेरचाह गर्नुहुन्छ। तपाईंहरू त चराहरू र लिली फूलहरू भन्दा ज्यादा श्रेष्ठ हुनुहुन्छ। (मत्ती ६:२६, २८-३०) उहाँले तिनीहरूकालागि होइन, तपाईंहरूकालागि आफ्नो पुत्र समेत दिनुभयो।—यूहन्‍ना ३:१६.

१२. (क) चराहरू र फूलहरूका उदाहरणको अर्थ के येशूका चेलाहरूले काम गर्नु पर्ने छैन भनेको हो? (ख) काम र विश्‍वासको विषयमा, येशूले के कुरा भन्‍न खोजी रहनु भएको थियो?

१२ येशूले यहाँ आफ्ना अनुयायीहरूलाई आफू खान र लगाउनकालागि काम गर्नु पर्दैन भन्‍नु भएको होइन। (उपदेशक २:२४; एफिसी ४:२८; २ थिस्सलोनिकी ३:१०-१२ हेर्नुहोस्‌) बसन्तको त्यस बिहान, चराहरू भोजनको खोजीमा, प्रणयमा, खोताहरू बनाउनमा, ओथरा बस्नमा, आफ्ना बच्चाहरूलाई खुवाउनमा व्यस्त थिए। तिनीहरू काम गरिरहेकाथिए तर फिक्री रहित। फूलहरू पनि पानी र रासायनिक बस्तुहरूको खोजीमा आफ्नो जरोलाई माटोमुनि ठेल्नमा व्यस्त थिए र आफ्ना पातहरूलाई सूर्यको रोशनीका निम्ति फैलाइ रहेका थिए। तिनीहरू परिपक्व भएर फुल्नु परेको थियो र ओइलिनु भन्दा अघि नै आफ्नो बीउ बाहिर झार्नु थियो। तिनीहरू काम गरिरहेका थिए तर फिक्री रहित। परमेश्‍वरले चराहरू र लिली फूलहरूका लागि सबै थोक जुटाइ दिनुहुन्छ। ‘ए अल्प विश्‍वासी हो के तिमीहरूलाई झन्‌ बढ़ता गरी उहाँले पहिराउनु हुने छैन?’—मत्ती ६:३०.

१३. (क) आयु लम्ब्याउने कुरा गर्दा येशूले गजको नाप प्रयोग गर्नु किन उपयुक्‍त थियो? (ख) तपाईंले आफ्नो आयुलाई, लाखौं असीमित मील झैं लामो कसरी पार्न सक्नु हुन्छ?

१३ अतः विश्‍वास राख्नु होस्‌। फिक्री नगर्नुहोस्‌। फिक्री गर्नाले केही बदलिंदैन। येशूले सोध्नु भयो: “तिमीहरूमध्ये कुन चाहिंले फिक्री गरेर आफ्नो कदमा एक हात थप्नसक्छौ?” (मत्ती ६:२७) तर येशूले मानिसको जीवनको केही समयलाई क्यूबीट जस्ता दूरी नाप्ने कुरासँग किन तुलना गर्नु हुन्छ? किनभने सम्भवतः अक्सर मानव जीवनको अवधीलाई बाइबलमा “पापीहरूको मार्ग,” “धर्मीको चाल,” र एउटा “असजिलो बाटो” जस्ता शब्दहरू द्वारा अभिव्यक्‍त गरिएको छ। (भजनसंग्रह १:१; हितोपदेश ४:१८; मत्ती ७:१३, १४) दैनिक आवश्‍यकताहरू बारे फिक्री गरेर आफ्नो जीवनमा अलिकता पनि, अर्थात्‌ “एक हात सम्म पनि”, थप्न सकिंदैन। तर तपाईंको जीवनलाई असीमित लाखौं मील सरह लामो पार्ने एउटा उपाय छ। “के खाउँला? के पिउँला? के पहिरौंला?” भनेर फिक्री गर्नुको सट्टा, विश्‍वास राख्नु होस्‌ र येशूले जे भन्‍नुभयो सो गर्नुहोस्‌: “तर पहिले उहाँको राज्य र उहाँको धार्मिकता खोजी गर, र यी सबै थोक तिमीहरूलाई थपिने छन्‌।”—मत्ती ६:३१-३३.

परमेश्‍वरको राज्य र उहाँको धार्मिकता प्राप्त गर्नु

१४. (क) डाँड़ाको उपदेशको मूल विषय के हो? (ख) कुन गलत तरिकाले शास्त्री र फरिसीहरूले राज्य र धार्मिकताको खोजी गरे?

१४ डाँड़ाको उपदेशको आफ्नो शुरूकै वाक्यमा, येशूले स्वर्गको राज्य, आत्मामा दरिद्र हुनेहरूकै हुनेछ भनी भन्‍नुभयो। चौथो वाक्यमा, उहाँले भन्‍नुभयो कि धार्मिकताको निम्ति भोकाउने र तिर्खाउनेहरू तृप्त हुनेछन्‌। यहाँ राज्य र यहोवाको धार्मिकता दुवैलाई येशूले प्रथम स्थानमा राख्नु भएकोछ। यी दुई कुरा डाँड़ाको उपदेशका मूल विषय हुन्‌। सारा मानवजातिका आवश्‍यकताहरूको जवाफ ती नै हुन्‌। तर के गर्नाले परमेश्‍वरको राज्य र परमेश्‍वरको धार्मिकता प्राप्त हुन सक्‍तछ? तिनको खोजी हामीहरू कसरी गरिरहन सक्‍तछौं? शास्त्री र फरिसीहरूले गरे झैं गरेर हुँदैन। तिनीहरूले राज्य र धार्मिकताको खोजी मोशाको व्यवस्था द्वारा गर्न चाहे र यस व्यवस्थामा मौखिक परम्पराहरू पनि समावेश थियो भनी तिनीहरू दाबी गर्द थिए। तिनीहरू विश्‍वास गर्दथिए कि लिखित व्यवस्था र मौखिक परम्पराहरू दुवै नै सीनै पर्वतमा परमेश्‍वरले मोशालाई दिनु भएको थियो।

१५. (क) यहूदीहरूको भनाइ अनुसार, तिनीहरूका मौखिक परम्पराहरू कहिले देखिन्‌ शुरू भएको थियो र तिनीहरूले त्यसलाई मोशाका लिखित व्यवस्था भन्दा उच्च कसरी पारे? (ख) वास्तवमा ती परम्पराहरू कहिले देखि शुरू भए र मोशाको व्यवस्थामाथि त्यसको के असर हुनगयो?

१५ यस सम्बन्धमा तिनीहरूका परम्पराले भन्दथियो: “सीनैमा मोशाले व्यवस्था पाए [पाद टिप्पणी, “त्यो ‘मौखिक व्यवस्था’”] र तिनले त्यो यहोशूलाई दिए, र यहोशूले प्राचीनहरूलाई, र प्राचीनहरूले अगमवक्‍ताहरूलाई; र अगमवक्‍ताहरूले महासभाका सदस्यहरूलाई जिम्मा लगाए।” समयको दौड़ानमा तिनीहरूका मौखिक व्यवस्था लिखित व्यवस्था भन्दा पनि उच्च पारियो: “[यदि] कसैले [लिखित] व्यवस्थाको उल्लङ्‌घन गरेमा उ दोषी ठहरिदैन।” तर कसैले शास्त्रीहरूका वचनमा [मौखिक परम्परामा] थप्यो भने, उ दोषी ठहरीनेछ।” (मिश्‌नाह) तिनीहरूका मौखिक परम्पराहरूको सुरूआत्‌ सीनैमा भएको होइन। यथार्थ- मा, तिनीहरू ख्रीष्ट भन्दा केही दुई शताब्दी पहिले देखि चाँड़-चाँड़ो जम्मा हुन थालेका हुन्‌। तिनीहरूले मोशाको व्यवस्थामा कुरा थपे, कुरा घटाए र त्यसलाई बेकम्मा तुल्याइ दिए।—व्यवस्थाविवरण ४:२; १२:३२ सङ्‌ग तुलना गर्नुहोस्‌.

१६. मानवजातिकालागि परमेश्‍वरको धार्मिकता कसरी प्रकट हुन्छ?

१६ परमेश्‍वरको धार्मिकता, व्यवस्था द्वारा होइन, अर्कै स्रोतबाट आउँछ: “यसैकारण व्यवस्थाको कर्मले कोही प्राणी उहाँको सामने धर्मी ठहरिनेछैन, किनकि व्यवस्थाद्वारा नै पापको ज्ञान हुन्छ। तर अब ता व्यवस्थाविनै परमेश्‍वरको धार्मिकता प्रकट भएको छ, जसको गवाही व्यवस्था र अगमवक्‍ताहरूले दिएकाछन्‌। किनभने विश्‍वासद्वारा येशू ख्रीष्टमा विश्‍वास गर्ने सबैमाथि परमेश्‍वरको धार्मिकता प्रकट भएको छ।” (रोमी ३:२०-२२) अतः परमेश्‍वरको धार्मिकता येशू ख्रीष्टमाथिको विश्‍वास द्वारा आउँछ—यो कुराको यथेष्ट रूपले “व्यवस्था र अगमवक्‍ताहरूले गवाही दिएकाछन्‌।” मसीही भविष्यवाणीहरू येशूमा पूरा भए। उहाँले व्यवस्थाको पनि पूर्ति गर्नु भयो; व्यवस्थालाई उहाँको कष्टको काठमा कीला ठोकेर हटाइयो।—लूका २४:२५-२७, ४४-४६; कलस्सी २:१३, १४;हिब्रू १०:१.

१७. प्रेरित पावलका अनुसार, यहूदीहरू परमेश्‍वरको धार्मिकता बुझ्न कसरी असफल भए?

१७ त्यसैकारण, धार्मिकताको खोजी गर्न यहूदीहरू असफल भएको विषयमा प्रेरित पावलले लेखे: “किनभने तिनीहरूसँग परमेश्‍वरका निम्ति जोश त छ, तर समझ अनुसारको होइन भनी मलाई तिनीहरूका विषयमा पक्का थाह छ। किनभने परमेश्‍वरको धार्मिकतामा अजान भएर तिनीहरूको आफ्नै धार्मिकता स्थापित गर्न खोज्दा तिनीहरू परमेश्‍वरको धार्मिकताको अधीनमा रहन सकेनन्‌। किनभने विश्‍वास गर्ने हरेकको निम्ति धार्मिकताकोलागि ख्रीष्ट नै व्यवस्थाको अन्त्य हुनुहुन्छ।” (रोमी १०:२-४) येशू ख्रीष्टबारे पनि पावलले लेखे: “हामी उहाँमा परमेश्‍वरको धार्मिकता हुन पाऔं भनेर पापै थाह नपाउनु हुनेलाई पनि उहाँले हाम्रा निम्ति पाप तुल्याउनु भयो।”—२ कोरिन्थी ५:२१.

१८. परम्परावादी यहूदीहरू, ग्रीक दार्शनिक, र “बोलावट भएकाहरूले” “ख्रीष्ट टांगिनु भएको” कुरालाई कुन दृष्टिले हेर्द थिए?

१८ एउटा मरणशील मसीहलाई यहूदीहरूले बेकम्मा ठाने। युनानी दार्शनिकहरूले यस प्रकारका मसीहलाई मूर्खता ठानी ठट्टा गरे। तथापि, पावलले घोषणा गरे जस्तै: “यहूदीहरू त चिन्ह माग्छन्‌, औ ग्रीकहरू ज्ञानका खोजमा छन्‌, तर हामी चाहिं क्रुसमा [काठमा न्यु. व.] टाँगिनु भएको ख्रीष्टको प्रचार गर्दछौं, जो यहूदीहरूका निम्ति बाधा, र अन्य जातिहरूका निम्ति मूर्खता छ। तर ती बोलावट भएकाहरूका निम्ति, चाहे यहूदीहरू होस्‌, चाहे ग्रीकहरू होस्‌, ख्रीष्ट परमेश्‍वरको शक्‍ति र परमेश्‍वरको ज्ञान हुनुहुन्छ। किनभने परमेश्‍वरको मूर्खता मानिसहरूको ज्ञान भन्दा श्रेष्ठ छ, औ परमेश्‍वरको दुर्बलता मानिसहरूको बलभन्दा शक्‍तिशाली छ।” (१ कोरिन्थी १:२२-२५) येशू ख्रीष्ट परमेश्‍वरको शक्‍ति र ज्ञानको अभिव्यंजन हुनुहुन्छ र आज्ञाकारी मानवजातिकालागि धार्मिकता र अनन्त जीवन प्राप्त गर्ने परमेश्‍वरको माध्यम हुनुहुन्छ। “औ नता अरू कसैबाट मुक्‍ति छ, किनकि स्वर्गमनि मानिसहरूमा अर्को कुनै नाउँ दिइएको छैन, जसबाट हामीले उद्धार पाउनसक्छौं।”—प्रेरित ४:१२.

१९. आउने अङ्‌कको लेखले के देखाउने छ?

१९ आउँदो लेखले देखाउनेछ कि विनाशबाट बाँच्ने र अनन्त जीवन प्राप्त गर्ने हो भने, हामीहरूले परमेश्‍वरको राज्य र उहाँको धार्मिकता खोजी गरिरहनु पर्दछ। येशूका कथनहरू सुनेर मात्र होइन तर तिनीहरूलाई प्रयोगमा ल्याउँदै, तिनीहरूको खोजी गर्नु पर्दछ। (w90 10/1)

पुनरावलोकन गर्ने प्रश्‍नहरू

◻ यहूदी धर्माविलम्बीहरूले तिनीहरूको दान, प्रार्थनाहरू, र उपवासहरूलाई के कुरामा परिणत गरे?

◻ आफ्नो धन-सम्पत्ति जम्मा गर्ने सुरक्षित ठाउँ कहाँ हो?

◻ आफ्ना भौतिक आवश्‍यकताहरूबारे फिक्री गर्न छाड्‌नु किन उचित हो?

◻ यहूदीहरूले आफ्ना मौखिक परम्पराहरूको उत्पत्तिबारे के झूटा दाबा गरे?

◻ परमेश्‍वरको राज्य र उहाँको धार्मिकता कुन माध्यमबाट आउँछ?

[पृष्ठ १६-मा भएको चित्र]

गल्लीका कुनाहरूमा, मानिसहरूले देख्ने गरी उभिएर फरिसीहरू प्रार्थना गर्न रूचाउँद थिए

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने