-
बप्तिस्मा गराउने युहन्ना बाटो तयार पार्छन्येसु—बाटो, सत्य र जीवन
-
-
युहन्ना हेर्नमा खाइलाग्दो छन् र बोल्नमा पनि सिपालु छन्। तिनी उँटको रौँबाट बनेको लुगा लगाउँछन् र कम्मरमा छालाको पटुका कस्छन्। तिनी सलह (एक किसिमको फट्याङ्ग्रा) र वन-मह खान्छन्। अनि तिनी कस्तो सन्देश सुनाउँछन्? “पश्चात्ताप गर किनभने स्वर्गको राज्य नजिकै आएको छ।”—मत्ति ३:२.
तिनको सन्देश सुनेर मानिसहरू उत्साहित हुन्छन्। धेरैले पश्चात्ताप गर्नुपर्ने अर्थात् आफ्नो मनोवृत्ति र जीवनशैलीमा परिवर्तन गर्नुपर्ने कुरा बुझ्छन्। तिनीकहाँ “यरुसलेम, सारा यहुदिया र यर्दन नदीवरिपरिका सबै ठाउँका” मानिसहरू आउँछन्। (मत्ति ३:५) युहन्नाकहाँ आउने धेरैले पश्चात्ताप गर्छन्। अनि तिनले उनीहरूलाई यर्दन नदीमा बप्तिस्मा गराउँछन्। तिनी किन बप्तिस्मा गराउँछन्?
-
-
बप्तिस्मा गराउने युहन्ना बाटो तयार पार्छन्येसु—बाटो, सत्य र जीवन
-
-
त्यसैले “पश्चात्ताप गर किनभने स्वर्गको राज्य नजिकै आएको छ” भन्ने युहन्नाको सन्देश साँच्चै उपयुक्त छ। (मत्ति ३:२) यस सन्देशले यहोवा परमेश्वरद्वारा नियुक्त राजाले सेवाको काम चाँडै सुरु गर्न लाग्नुभएको छ भन्ने सूचनाको रूपमा काम गर्छ।
-