प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w24 फेब्रुअरी p. ३१
  • के तपाईँलाई थाह थियो?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • के तपाईँलाई थाह थियो?
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२४
  • मिल्दोजुल्दो सामग्री
  • हामी किन पवित्र हुनै पर्छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१४
  • के तपाईँले आफ्नो “विश्‍वासको ठूलो ढाल” ठीक अवस्थामा राखिरहनुभएको छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०१९
  • जीवन र रगत–के तपाईं तिनीहरूलाई पवित्र ठान्‍नुहुन्छ?
    एक मात्र साँचो परमेश्‍वरको उपासनामा एकताबद्ध
  • ७. के तपाईँ परमेश्‍वरले जस्तै जीवनलाई अनमोल ठान्‍नुहुन्छ?
    परमेश्‍वरको प्रेम पाउन लायक भइरहनुहोस्‌
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२४
w24 फेब्रुअरी p. ३१
मुठा बोकेर उभिरहेका एज्रा मानिसहरूसामु यहोवाको प्रशंसा गर्दै छन्‌।

के तपाईँलाई थाह थियो?

बाइबलमा कुनै-कुनै वाक्यांश किन बारम्बार दोहोऱ्‍याइएको छ?

बाइबल लेखकहरूले बेलाबेलामा कुनै-कुनै वाक्यांश जस्ताको तस्तै दोहोऱ्‍याएका छन्‌। यसका सम्भाव्य तीन कारण विचार गरौँ:

बाइबलको विवरण लेखिएको समयावधि। पुरातन इस्राएलमा धेरैजसो मानिससित व्यवस्थाको व्यक्‍तिगत प्रति हुँदैनथ्यो। तिनीहरू वासस्थानमा पूरै राष्ट्र भेला भएर व्यवस्थाको कुरा सुन्थे। (व्यव. ३१:१०-१२) ठूलो भीडमा घण्टौँ उभिएर सुन्दा तिनीहरूलाई अलमल्याउने कुराहरू धेरै हुन सक्थे। (नहे. ८:२, ३, ७) त्यस्तो बेला मुख्य वाक्यांशहरू दोहोऱ्‍याइ तेहऱ्‍याइ सुन्दा मानिसहरूलाई धर्मशास्त्रका कुराहरू सम्झिन र ती लागू गर्न सजिलो हुन्थ्यो। कुनै खास वाक्यांशहरू दोहोऱ्‍याइ तेहऱ्‍याइ सुन्दा तिनीहरूले परमेश्‍वरका नीतिनियम र विधिविधानका ससाना कुराहरू सम्झन मदत पाउँथेँ।​—लेवी १८:४-२२; व्यव. ५:१.

लेखनशैली। बाइबलको करिब १० प्रतिशत भाग गीतले भरिएको छ। जस्तै: भजन, श्रेष्ठगीत र विलापका किताबहरू। कहिलेकाहीँ गीतहरूमा कुनै-कुनै शब्द वा वाक्यांश दोहोऱ्‍याइन्थ्यो। यसले गीतको मूल विषयलाई जोड दिन मदत गर्थ्यो। साथै श्रोताहरूलाई पनि ती कण्ठस्थ पार्न सजिलो हुन्थ्यो। जस्तै: भजन ११५:९-११ का शब्दहरू याद गर्नुहोस्‌: “हे इस्राएल, यहोवामा भरोसा गर; उहाँ नै तिनीहरूका मदतगार र ढाल हुनुहुन्छ। हे हारुनको घराना, यहोवामा भरोसा गर; उहाँ नै तिनीहरूका मदतगार र ढाल हुनुहुन्छ। हे यहोवाको डर मान्‍नेहरू हो, यहोवामा भरोसा गर; उहाँ नै तिनीहरूका मदतगार र ढाल हुनुहुन्छ।” ती शब्दहरू दोहोऱ्‍याउँदा गीत गाउने व्यक्‍तिहरूले सत्यका अनमोल कुराहरू आफ्नो मनमस्तिष्कमा ठप्प बसाल्न सक्थे।

महत्त्वपूर्ण कुराहरूमा जोड दिन। कहिलेकाहीँ बाइबल लेखकहरूले जोड दिन महत्त्वपूर्ण कुराहरू दोहोऱ्‍याएर लेख्ने गर्थे। जस्तै: यहोवाले इस्राएलीहरूलाई रगत नखान निर्देशन दिनुभएपछि मोसालाई त्यसको कारण बारम्बार दोहोऱ्‍याउन लगाउनुभयो। यहोवा “हरेक जीवजीवातको जीवन त्यसको रगतमा हुन्छ; त्यसैले त्यसको जीवन भनेको त्यसको रगत हो” भन्‍ने कुरामा जोड दिन चाहनुहुन्थ्यो। (लेवी १७:११, १४) पछि यरुसलेममा भएका प्रेषितहरू र एल्डरहरूले परमेश्‍वरलाई अप्रसन्‍न तुल्याउने कुराहरूको सूचीमा रगतदेखि अलग रहनुपर्ने कुरामा फेरि जोड दिए।​—प्रेषि. १५:२०, २९.

बाइबलमा कुनै-कुनै वाक्यांश दोहोऱ्‍याइएको भए तापनि यहोवा हामीले ती वाक्यांशहरू दोहोऱ्‍याएको चाहनुहुन्छ भन्‍ने त होइन। जस्तै, येसुले यसो भन्‍नुभयो: ‘प्रार्थना गर्दा एउटै कुरा दोहोऱ्‍याई नराख।’ (मत्ति ६:७) त्यसपछि उहाँले हामीले प्रार्थनामा समावेश गर्न सक्ने उपयुक्‍त विषयहरूबारे बताउनुभयो, जुन परमेश्‍वरको इच्छासित मेल खान्छ। (मत्ति ६:९-१३) त्यसैले हामी आफ्नो प्रार्थनामा एउटै शब्द दोहोऱ्‍याइरहँदैनौँ। तर हामी एउटै विषयमा बारम्बार प्रार्थना भने गर्न सक्छौँ।​—मत्ति ७:७-११.

त्यसैले बाइबलमा हाम्रै भलाइको लागि कुनै-कुनै शब्द र वाक्यांश दोहोऱ्‍याइएको छ। (यसै. ४८:१७, १८) हाम्रो महान्‌ शिक्षकले हामीलाई सिकाउनुहुने थुप्रै तरिकामध्ये यो पनि एउटा हो।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने