प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g14 अक्टोबर pp. १२-१३
  • प्रार्थना

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • प्रार्थना
  • ब्यूँझनुहोस्‌!—२०१४
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • हाम्रो प्रार्थना सुन्‍ने कोही छ?
  • प्रार्थना कसरी गर्नुपर्छ?
  • हामीले कसलाई प्रार्थना गर्नुपर्छ?
  • प्रार्थना गरेर परमेश्‍वरसित नजिक हुनुहोस्‌
    बाइबलले वास्तवमा के सिकाउँछ?
  • प्रार्थना गर्न पाउनु हाम्रो लागि ठूलो सम्मान
    बाइबलले हामीलाई के सिकाउँछ?
  • प्रार्थना द्वारा सहायता कसरी प्राप्त गर्न सकिन्छ
    पार्थिव प्रमोदवनमा तपाईं सधैंभरि बाँच्न सक्नु हुन्छ
  • प्रार्थना गरेर परमेश्‍वरसित नजिक हुनुहोस्‌
    सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌!—बाइबल अध्ययन सामग्री
थप हेर्नुहोस्
ब्यूँझनुहोस्‌!—२०१४
g14 अक्टोबर pp. १२-१३
प्रार्थना गरिरहेको एक जना व्यक्‍ति

बाइबलको दृष्टिकोण

प्रार्थना

हाम्रो प्रार्थना सुन्‍ने कोही छ?

“हे प्रार्थना सुन्‍नुहुने, तपाईंकहाँनै सबै प्राणी आउनेछन्‌।”—भजन ६५:२.

मानिसहरू के भन्छन्‌?

थुप्रै मानिसको विचारमा परमेश्‍वर हाम्रो प्रार्थना सुन्‍नुहुन्‍न। विशेषगरि समस्या झेलिरहेका मानिसहरू परमेश्‍वरले प्रार्थना सुन्‍नुहुन्छ भन्‍ने कुरामा शङ्‌का गर्छन्‌।

बाइबल के भन्छ?

“ज-जसले परमेश्‍वरको स्तरबमोजिम असल काम गर्छन्‌, तिनीहरूमाथि यहोवाको नजर रहन्छ अनि तिनीहरूको उत्कट बिन्ती सुन्‍न उहाँले आफ्नो कान थाप्नुहुन्छ; तर ज-जसले खराब काम गर्छन्‌, तिनीहरूदेखि यहोवाले आफ्नो अनुहार फर्काउनुहुन्छ।” (१ पत्रुस ३:१२) हो, परमेश्‍वरले प्रार्थना सुन्‍नुहुन्छ भन्‍ने कुरा यसबाट प्रस्ट हुन्छ। तर विशेषगरि आफ्नो आज्ञा मान्‍नेहरूको प्रार्थना सुन्‍न उहाँ अझै इच्छुक हुनुहुन्छ। परमेश्‍वर हाम्रो प्रार्थना सुन्‍न कत्तिको इच्छुक हुनुहुन्छ भन्‍ने विषयमा बाइबल यसो भन्छ: “हामी यो कुरामा ढुक्क छौं, कि परमेश्‍वरको इच्छाबमोजिम हामीले जेसुकै मागे पनि उहाँले हाम्रो बिन्ती सुन्‍नुहुन्छ।” (१ यूहन्‍ना ५:१४) त्यसकारण परमेश्‍वरले हाम्रो प्रार्थना सुन्‍नुभएको चाहन्छौं भने कस्तो किसिमको प्रार्थना उहाँको इच्छासित मेल खान्छ, त्यो बुझ्नु आवश्‍यक छ।

प्रार्थना कसरी गर्नुपर्छ?

‘प्रार्थना गर्दा एउटै कुरा दोहोऱ्‍याई नराख।’—मत्ती ६:७.

मानिसहरू के भन्छन्‌?

बौद्ध, क्याथोलिक, हिन्दू र इस्लामजस्ता थुप्रै धर्मले माला जप्दै प्रार्थना कण्ठ गर्न, ठूलठूला स्वरमा त्यसलाई दोहोऱ्‍याउन र त्यसको गन्ती गर्न सिकाउँछन्‌।

बाइबल के भन्छ?

हामीले मनैदेखि अनि निष्कपट भई प्रार्थना गर्नुपर्छ। प्रार्थना कण्ठ पार्नु वा प्रार्थनामा सधैं एउटै कुरा दोहोऱ्‍याइ-तेहऱ्‍याइ गर्नु उचित होइन। बाइबलले हामीलाई यसो गर्न आग्रह गर्छ: “प्रार्थना गर्दा अन्यजातिका मानिसहरूले जस्तै एउटै कुरा दोहोऱ्‍याई नराख किनभने धेरै बोल्यो भने आफ्नो सुनुवाइ हुन्छ भनी तिनीहरू सोच्छन्‌। त्यसैले तिनीहरूजस्तो नहोओ किनभने तिमीहरूले माग्नुभन्दा अघिनै तिमीहरूलाई के चाहिन्छ भनेर परमेश्‍वर, तिमीहरूका बुबालाई थाह छ।”—मत्ती ६:७, ८.

यस विषयमा किन चासो राख्नुपर्छ?

परमेश्‍वरलाई स्वीकार्य नहुने तरिकामा प्रार्थना गऱ्‍यौं भने हामीले व्यर्थैमा समय खेर फालिरहेका हुन्छौं अथवा परमेश्‍वरलाई रिस उठाइरहेका पनि हुन सक्छौं। परमेश्‍वरको इच्छाअनुरूप चल्न नचाहनेहरूको प्रार्थना उहाँको नजरमा “घिनलाग्दा” हुन्छन्‌ भनी बाइबलमा बताइएको छ।—हितोपदेश २८:९.

हामीले कसलाई प्रार्थना गर्नुपर्छ?

“जबसम्म परमप्रभुलाई पाउनसक्छ उहाँलाई खोज। उहाँ नजिक हुनुहुँदानै उहाँलाई पुकार।”—यशैया ५५:६.

मानिसहरू के भन्छन्‌?

केही मानिसहरू मरियमलाई प्रार्थना गर्छन्‌। अरू केही भने स्वर्गदूत र “सन्त” भनेर मानिएका व्यक्‍तिहरूलाई प्रार्थना गर्छन्‌। यी सन्तहरूमध्ये पाडुवाका एन्थोनी पनि एक हुन्‌। तिनले मानिसहरूको “आध्यात्मिक र भौतिक आवश्‍यकताहरूको ख्याल राख्छन्‌” भन्‍ने विश्‍वास गरिन्छ। साथै अर्का एक “सन्त” यहूदालाई “गाह्रो साह्रो अवस्थामा” मदत गर्ने सन्तको रूपमा लिइन्छ। थुप्रै मानिस आफ्नो लागि यी सन्तहरू र स्वर्गदूतहरूले परमेश्‍वरसामु बिन्ती गरिदिनेछन्‌ भनी विश्‍वास गर्छन्‌ र तिनीहरूलाई प्रार्थना गर्छन्‌।

बाइबल के भन्छ?

परमेश्‍वरका साँचो उपासकहरूले “स्वर्गमा बस्नुहुने हाम्रा बुबा”-लाई प्रार्थना गर्नुपर्छ। (मत्ती ६:९) बाइबलमा हामीलाई यस्तो आग्रह गरिएको छ: “कुनै कुराको विषयमा चिन्तित नहोओ तर हरेक कुरामा प्रार्थना, उत्कट बिन्ती र धन्यवादका साथ आफ्नो निवेदन परमेश्‍वरसमक्ष जाहेर गर।”—फिलिप्पी ४:६. (g14-E 09)

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने