प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w91 ९/१ pp. १६-२०
  • “हामीलाई प्रार्थना गर्न सिकाउनुहोस्‌”

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • “हामीलाई प्रार्थना गर्न सिकाउनुहोस्‌”
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९१
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • हाम्रा निम्ति शिक्षाहरू
  • हाम्रा पिता र उहाँको नाउँ
  • परमेश्‍वरको राज्य र उहाँको इच्छा
  • हाम्रो दिनभरिको भोजन
  • हाम्रा अपराधहरू क्षमा गर्नु
  • परीक्षा र दुष्ट व्यक्‍ति
  • प्रार्थनाले विश्‍वास र आशा बढाउँदछ
  • प्रभुको प्रार्थना तपाईंको लागि यसको अर्थ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००४
  • यहोवाले हाम्रा दैनिक आवश्‍यकताहरूको प्रबन्ध गर्नुहुन्छ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००४
  • येशूका उपदेशहरूले के तपाईंको प्रार्थनामा प्रभाव पार्छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००९
  • हामीले किन निरन्तर प्रार्थना गर्नुपर्छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००३
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९१
w91 ९/१ pp. १६-२०

“हामीलाई प्रार्थना गर्न सिकाउनुहोस्‌”

“उहाँका चेलाहरू मध्ये एकजनाले भने, ‘हामीलाई प्रार्थना गर्न सिकाउनुहोस्‌।’”—लूका ११:१

१-३. (क) येशूका चेलाहरूले प्रार्थनाको विषयमा किन निर्देशन मागे? (ख) प्रार्थना सम्बन्धी के प्रश्‍नहरू उठ्‌दछन्‌?

कसै कसैले एउटा सुमधुर आवाजले गीत गाउन सक्ने वरदान पाएका हुन्छन्‌। अरूहरूमा सङ्‌गीतकार हुने प्राकृतिक खुबी हुन्छ। तर आफ्नो खुबीको चरम विन्दुमा पुग्न, यी गायकहरू र बाद्यकारहरूलाई पनि निर्देशनको आवश्‍यकता पर्दछ। प्रार्थना पनि यस्तै हो। येशू मसीहका चेलाहरूले पनि बुझे कि परमेश्‍वरले तिनीहरूको प्रार्थना सुन्‍नु हुने हो भने तिनीहरूलाई पनि निर्देशनको आवश्‍यकता पर्नेछ।

२ येशू धेरैजसो आफ्ना पितासँग एकान्तमा प्रार्थना गर्नु हुन्‌थ्यो। उदाहरणका लागि, आफ्ना १२ चेलाहरू छान्‍न अघि, उहाँले सम्पूर्ण रात प्रार्थनामा बिताउनु भयो। (लूका ६:१२-१६) उहाँले आफ्ना चेलाहरूलाई गुप्तमा प्रार्थना गर्न प्रोत्साहन दिनु भएतापनि, येशू आफैले पनि सबैका उपस्थितिमा प्रार्थना गर्नु भएको तिनीहरूले देखे र ती कपटी धर्मगुरूहरूले जस्तै उहाँ मानिसहरूलाई देखाउनका निम्ति प्रार्थना गर्नु हुँदैन थियो भन्‍ने कुरा तिनीहरूले देख्न सके। (मत्ती ६:५, ६) स्वभाविकतः येशूका अनुयायीहरूले उहाँबाट प्रार्थना सम्बन्धी उन्‍नत निर्देशन पाउने इच्छा गरे। यस विषयमा हामी पढ्‌छौं: “कुनै एक ठाउँमा उहाँ प्रार्थना गरिरहनुहुँदा उहाँ थामिनु भएपछि उहाँका चेलाहरूमध्ये एकजनाले उहाँलाई भने, ‘हे प्रभु, यूहन्‍नाले [बप्तिस्मा दिने] आफ्ना चेलाहरूलाई सिकाएझैं हामीलाई पनि प्रार्थना गर्न सिकाउनुहोस्‌।’”—लूका ११:१.

३ येशूले प्रत्युत्तरमा के भन्‍नु भयो? उहाँका उदाहरणबाट हामी के सिक्न सक्छौं? अनि उहाँले प्रार्थनाबारे दिनुभएको निर्देशनबाट हामी के लाभ उठाउन सक्छौं?

हाम्रा निम्ति शिक्षाहरू

४. हामीले किन “निरन्तर प्रार्थना” गर्नुपर्छ, र सो गर्नुको अर्थ के हो?

४ येशू एक जना प्रार्थना गर्नु हुने मानिस हुनु हुन्‌थ्यो र उहाँका शब्दहरू र उदाहरणबाट हामी धेरै कुराहरू सिक्न सक्छौं। जस्तो कि, परमेश्‍वरका सिद्ध पुत्र हुनु भएर पनि येशूलाई निरन्तर प्रार्थना गर्ने आवश्‍यकता पर्थ्यो भने, उहाँका असिद्ध चेलाहरूलाई परमेश्‍वरको निरन्तर डोऱ्‍याई, सान्त्वना र आत्मिक पुष्टिका लागि परमेश्‍वरसँग माँग गर्नु झन कति आवश्‍यक छ। त्यसकारण हामीले “निरन्तर प्रार्थना” गर्न आवश्‍यक छ। (१ थिस्सोलोनिकी ५:१७) तर यसको मतलब हामी जहिले पनि घुँडा टेकेर बस्नु पर्छ भनेको होइन। बरू, हामीमा सधैं प्रार्थना गर्ने मानसिक झुकाव हुनुपर्छ। जीवनको हर क्षेत्रमा निर्देशनका लागि हामीले परमेश्‍वर तर्फ हेर्नु पर्छ ताकि हामी अन्तर्दृष्टिका साथ काम गर्न सकौं र जुन सुकै बेला पनि उहाँको अनुमोदन पाउन सकौं।—हितोपदेश १५:२४.

५. हामीले प्रार्थनामा बिताउने समयमाथि कुन कुन कुराले बाधा पुर्‌याउन सक्दछ र यसबारे हामीले के गर्न सक्छौं?

५ आजको “अन्तिम दिनमा,” प्रार्थनामा बिताउने समयमाथि धेरै कुराहरूले अतिक्रमण गर्न सक्छन्‌। (२ तिमोथी ३:१) तर घरायसी चिन्ताहरू, व्यापारिक फिक्रीहरू र त्यस्तै अन्य कुराहरूले, हाम्रा पितासँग नियमित रूपमा गर्न पर्ने प्रार्थनालाई वाधा पुऱ्‍याइ रहेछ भने, हामी जीवनको फिक्रीले आवश्‍यकता भन्दा बढ़ी नै लादिएका छौं। यसतो परिस्थितिलाई तुरन्तै सच्याउनु पर्छ, किनभने प्रार्थना नगर्नाले विश्‍वास कम भएर जान सक्दछ। या त हामीले आफ्ना सांसारिक जिम्मेवारीहरूलाई कम पार्नुपऱ्‍यो, होइन भने ईश्‍वरीय निर्देशनका लागि निरन्तर र इमानदारीसाथ आफ्नो हृदय परमेश्‍वर तर्फ ढल्काएर, जीवनका फिक्रीहरूलाई संतुलनमा राख्नु पऱ्‍यो। हामी प्रार्थनाबारे “सचेत रहनु” पर्दछ।—१ पत्रुस ४:७.

६. हामी अहिले कुन प्रार्थनाबारे अध्ययन गर्नेछौं र मनमा के उद्देश्‍य राखेर?

६ येशूले आफ्नो आर्दश प्रार्थनामा, प्रार्थना कसरी गर्नु पर्दछ, सो सिकाउनु भयो। तर प्रार्थनामा प्रयोग गरिने भाषा वा शब्द चाहिं सिकाउनु भएन। लूकाको विवरण मत्तीको विवरण भन्दा केही मात्रामा भिन्‍न छ किनभने ती दुई जनाले बेग्ला-बेग्लै अवसरहरूमा भनिएका कुराहरू लेखेकाछन्‌। सोही प्रार्थनालाई हामी येशूका अनुयायीहरू र यहोवाका साक्षीहरूका प्रार्थनाहरूको आर्दश मान्दै, त्यसको अध्ययन गरौं।

हाम्रा पिता र उहाँको नाउँ

७. यहोवालाई “हाम्रा पिता” भनेर बोलाउने विशेषाधिकार कस कसले पाएका छन्‌?

७ “हाम्रा स्वर्गमा बस्ने पिता।” (मत्ती ६:९; लूका ११:२) यहोवा मानवजातिका सृष्टिकर्ता हुनुहुन्छ र स्वर्गमा बस्नु भएको हुनाले, उहाँलाई “हाम्रा स्वर्गमा बस्ने पिता” भनेर सम्बोधन गर्नु उचित छ। (१ राजा ८:४९; प्रेरित १७:२४, २८) “हाम्रा” भन्‍ने शब्दको प्रयोग द्वारा, हामी बाहेक, अरूहरूको पनि परमेश्‍वरसँग नजिकको सम्बन्ध छ भन्‍ने कुरा बोध हुँदछ। तर उहाँलाई पिता भनेर सम्बोधन गर्ने असीमित विशेषाधिकार कस्को छ? यो विशेषाधिकार केवल उहाँका परिवारका समर्पित, बप्तिस्मा लिएका उपासकहरूको मात्र हो। यहोवालाई “हाम्रा पिता” भनेर सम्बोधन गर्दा हाम्रो उहाँमा विश्‍वास छ र उहाँसँग मेल, केवल येशूको छुटकाराको बलिदान पूर्णतया स्वीकार गरेर मात्र सम्भव छ भन्‍ने कुराको स्वीकृति बोध हुँदछ।—हिब्रू ४:१४-१६; ११:६.

८. यहोवासँग प्रार्थना द्वारा समय बिताउन हामीमा किन उत्कट इच्छा हुनु पर्दछ?

८ हाम्रा स्वर्गीय पितासँग हामीले कति गहिरो आत्मीयता महसुस गर्नुपर्छ! आफ्नो पितासँग कुराकानी गर्न कहिल्यै नथाक्ने बच्चाहरू झैं, हामी पनि प्रार्थना द्वारा परमेश्‍वरसँग समय बिताउन इच्छुक हुनु पर्छ। उहाँबाट आएका आध्यात्मिक र भौतिक आशिषहरूका लागि गहिरो कृतज्ञताको भावना साथ, हामीले उहाँले गर्नु भएका भलाइका लागि धन्यबाद चढ़ाउनु पर्दछ। उहाँले हामीलाई सम्हाल्नु हुनेछ भनी विश्‍वस्त भएर, आफूले बोक्नु परेका भारी बोझहरू उहाँमा बिसाउने मनोवृत्ति हामीमा हुनु पर्दछ। (भजन ५५:२२) र हामी विश्‍वासी भयौं भने, हाम्रा लागि सबै कुरा मिलेर आउने छ भनी हामी ढुक्क हुन सक्छौं किनभने उहाँले हाम्रो फिक्री गर्नु हुन्छ।—१ पत्रुस ५:६, ७.

९. परमेश्‍वरको नाउँ पवित्र गरियोस्‌ भनेर प्रार्थना गर्नुको लागि बिन्ती गर्नु हो?

९ “तपाईंको नाउँ पवित्र गरिओस्‌।” (मत्ती ६:९; लूका ११:२) “नाउँ” भन्‍ने शब्दबाट कहिलेकाहिं स्वयं व्यक्‍तिको बोध हुन्छ र “पवित्र गर्नुको” अर्थ “छुट्टै पार्नु अथवा पवित्र ठान्‍नु” हो। (प्रकाश ३:४ सँग तुलना गर्नुहोस) यसकारण, परमेश्‍वरको नाउँ पवित्र गरिओस्‌ भनेर प्रार्थना गर्दा, यहोवा स्वयंले आफ्नो नाउँलाई पवित्र पार्ने कार्य गरून्‌ भनेर हामीले निवेदन गरेको हो। तर यो उहाँले कसरी गर्नु हुन्छ? उहाँका नाउँमा आज सम्म थुपारीएको जम्मै कलङ्‌क हटाउनु भएर। (भजन १३५:१३) यसका लागि परमेश्‍वरले दुष्टता हटाउनुहुनेछ, आफ्नो महानता प्रकट गर्नु हुनेछ र उहाँ नै यहोवा हुनु हुन्छ भनी सबै राष्ट्रहरूलाई थाहा दिनुहुनेछ। (इजकिएल ३६:२३; ३८:२३) हामी त्यो दिन हेर्न इच्छुक छौं र साँच्चिनै यहोवाको सार्वभौमसत्ताको मूल्याङ्‌कन गर्दछौं भने, “तपाईंको नाउँ पवित्र गरिओस्‌” भन्‍ने शब्दहरूले बोध गराएको श्रद्धापूर्ण भावना साथ, हामी सधैं उहाँसँग प्रार्थना द्वारा सम्पर्क राखौं।

परमेश्‍वरको राज्य र उहाँको इच्छा

१०. परमेश्‍वरको राज्य आओस्‌ भनेर प्रार्थना गर्नुको अर्थ के हो?

१० “तपाईंको राज्य आओस्‌” (मत्ती ६:१०; लूका ११:२) यहाँ राज्य भनेको यहोवाको सार्वभौमिक शासन हो, जसलाई येशू र उहाँका संगतिमा हुने “पवित्र जनहरूका” मसीही सरकारद्वारा व्यक्‍त गरिन्छ। (दानियल ७:१३, १४, १८, २७; यशैया ९:६, ७; ११:१-५) त्यो राज्य “आओस्‌” भनेर प्रार्थना गर्नुको अर्थ के हो? यसको अर्थ ईश्‍वरीय शासनका सबै पार्थिव विरोधीहरूको विरुद्धमा परमेश्‍वरको राज्य आओस्‌ भनेर बिन्ती गर्नु हो। यो राज्यले “सबै राज्यहरूलाई चकनाचूर” पारे पछि, त्यसले पृथ्वीलाई एउटा विश्‍वव्यापी प्रमोदवनमा परिवर्तन गर्नेछ।—दानियल २:४४; लूका २३:४३.

११. यहोवाको इच्छा ब्रह्‍माण्डभरि पूरा भएको देख्न चाहन्छौं भने, हामी के गर्नेछौं?

११ “तपाईंको इच्छा स्वर्गमा झैं यस पृथ्वीमा पूरा होस्‌।” (मत्ती ६:१०) परमेश्‍वरले उहाँका सबै शत्रुहरू हटाउनु भएर, यस पृथ्वीप्रति आफ्नो इच्छा पूरा गरून्‌ भन्‍ने यो एउटा निवेदन हो। (भजन ८३:९-१८; १३५: ६-१०) वास्तवमा, यो निवेदन गर्नेहरू, सारा बह्‍माण्डभरि ईश्‍वरीय इच्छा पूरा भएको देख्न चाहन्छन्‌ भन्‍ने कुरा बोध हुन्छ। हाम्रो हृदयमा साँच्चैनै यस प्रकारको भावना छ भने, हामी सधैं नै यहोवाको इच्छा आफूले सकेसम्म राम्रोसँग गर्ने छौं। हाम्रो आफ्नै व्यक्‍तिगत जीवनमा यहोवाको इच्छा गर्ने उत्कट प्रयास गरेका छैनौं भने, यस प्रकारको प्रार्थना हामी इमान्दारीसाथ गर्न सक्दैनौं। तर हामीले यस प्रकार प्रार्थना गरिरहेकाछौं भने, उहाँको इच्छा विपरीत जाने कार्यहरू हामीले कदापि गर्नु भएन। उदाहरणका लागि, विश्‍वास न गर्ने मानिससँग विवाह गर्ने विचार राख्दै मित्रता बढ़ाउनु भएन अथवा सांसारिक तौर-तरीका अपनाउनु भएन। (१ कोरिन्थी ७:३९; १ यूहन्‍ना २:१५-१७) यसको सट्टा, सधैं नै हामीले आफ्नो मनमा यो विचार राख्ने गर्नु पर्दछ: ‘यस विषयमा यहोवाको इच्छा के छ?’ हो, हामी आफ्नो सारा हृदयले परमेश्‍वरलाई प्रेम गर्दछौं भने, जीवनका हर क्षेत्रमा हामीले उहाँकै निर्देशनको खोजी गर्नेछौं।—मत्ती २२:३७.

हाम्रो दिनभरिको भोजन

१२. ‘दिनहुँको रोटी” मात्र माग्दा हामीमा के राम्रो असर हुन्छ?

१२ “हाम्रो दिनभरिको भोजन आज हामीलाई दिनुहोस्‌।” (मत्ती ६:११) लूकाको विवरण यस प्रकार छ: “हाम्रो दिनहुँको आवश्‍यकता अनुसार दिनदिनैको भोजन दिनुहोस्‌।” (लूका ११:३) परमेश्‍वरसँग “आजको दिनको” लागि, चाहिंदो भोजनको माँग गरेर, हाम्रा दैनिक आवश्‍यकताहरू पूरा गर्न उहाँ सक्षम हुनु हुन्छ भन्‍ने कुरामा हाम्रो विश्‍वास बढ़दछ। इस्राएलीहरूले मन्‍ना एक हप्ताह वा बढ़ीका लागि होइन, तर “दिनदिनको” लागि मात्र जम्मा गर्न पर्दथ्यो। (प्रस्थान १६:४) यो प्रार्थना मीठा मीठा खाने कुरा र प्रशस्त सर-सामान माँग्नका लागि होइन तर दिन दिनैका आवश्‍यकताहरूका लागि हो। एक दिनको रोटीको लागि मात्र बिन्ती गर्नाले हामी लोभी हुनबाट पनि जोगिने मद्दत पाउँछौं।—१ कोरिन्थी ६:९, १०.

१३. (क) दिनहुँको रोटी माग्नुको अर्थ के हो? (ख) कड़ा मेहनत गरेर पनि जीविका चलाउन गाह्रो भइरहेछ भने, हामीले कस्तो प्रवृत्ति राख्नु पर्छ?

१३ सामान्यतया, एक दिनको रोटी माग्नाले, हामी आफूलाई स्वतन्त्र ठान्‍नुको सट्टा, खाना, पानी, वस्त्र र अन्य अरू आवश्‍यकताहरूका लागि परमेश्‍वरमा भर पर्दछौं भन्‍ने कुरा जाहेर हुन्छ। उहाँका परिवारका समर्पित उपासकहरू भएर हामी हाम्रा पितामाथि पूर्ण भरोसा राख्दछौं, तर उहाँले चमत्कार द्वारा हाम्रा आवश्‍यकताहरू पूरा गरि दिनुहोस्‌ भन्‍ने आशा गर्दै, हामी केही न गरीकन, कुरेर मात्र बस्दैनौं। हामी काम गर्छौं र भोजन र आफ्ना अरू आवश्‍यकताहरूलाई पूरा गर्न, हामी आफूसँग भएका सबै साधनहरू प्रयोग गर्दछौं। तापनि, हामी परमेश्‍वरलाई प्रार्थनामा धन्यवाद दिन उचित ठान्छौं किनकि यी सबै प्रबन्धहरूका पछाड़ि हाम्रा स्वर्गीय पिताको प्रेम, बुद्धि र शक्‍ति देख्छौं। (प्रेरित १४:१५-१७; लूका २२:१९ सँग तुलना गर्नुहोस्‌) हाम्रो परिश्रमको परिणाम समृद्धि हुन सक्छ। तर कड़ा मेहनत गर्दा गर्दै, मुश्‍किलले पुग्दो मात्र कमाइन्छ भने पनि हामी कृतज्ञ र सन्तुष्ट होऔं। (फिलिप्पी ४:१२; १ तिमोथी ६:६-८) किनभने, भौतिक कुराहरूमा सम्पन्‍न व्यक्‍तिहरू भन्दा, साधारण खाने-कुरा र पहिरन साथ एक जना इश्‍वरीय व्यक्‍ति धेरै नै आनन्दित हुन सक्दछ। यसकारण, हाम्रा वश बाहिरका परिस्थितिहरूको कारण हामीसँग भौतिक कुराहरू थोरै मात्र छन्‌ भने पनि, हामी निराश नहोऊँ। हामी आध्यात्मिक रूपमा अझ पनि धनी हुनसक्छौं। हामी हृदय भित्रबाट प्रार्थना गर्दै, जसलाई प्रशंसा र प्रेम चढ़ाउदछौं अर्थात्‌ हाम्रा परमेश्‍वर यहोवाका लागि प्रेम, विश्‍वास र आशामा कहिल्यै पनि दरिद्र हुने खाँचो छैन।

हाम्रा अपराधहरू क्षमा गर्नु

१४. कुन ॠणहरूका लागि हामी क्षमा माग्दछौं, र परमेश्‍वरले यसमा कुन कुरा प्रयोग गर्नु हुन्छ?

१४ “औ हाम्रा अपराधहरू क्षमा गर्नुहोस्‌, जसरी हामीले पनि आफ्ना अपराधीहरूलाई क्षमा गरेका छौं।” (मत्ती ६:१२) लूकाको विवरण अनुसार, यी ॠण पापहरू हुन्‌। (लूका ११:४) हामीमा वंशानुगत आएको पापी स्वभावको कारण, हामी सबै कुरा पिताको सिद्ध इच्छा अनुसार गर्न सक्‍तैनौं। यस कारण, हामी ‘आत्मानुसार बाँच्न र हिंडन थाले देखिन्‌’ परमेश्‍वरका सामुन्‍ने हाम्रा यी भूल-चूकहरू हामीले चुकाउनु पर्ने ॠणहरू जस्ता भएका छन्‌। (गलाती ५:१६-२५; रोमी ७:२१-२५ सँग तुलना गर्नुहोस्‌) हामीमाथि यी ॠणहरू आइपरेका छन्‌ किनभने हामी असिद्ध छौं र हाल परमेश्‍वरको स्तरमा पुग्न सक्दैनौं। यी पापहरू क्षमा भएकोले मात्र, हामीले प्रार्थना गर्ने विशेषाधिकार पाएका छौं। यी ॠण अथवा पापहरूमा, परमेश्‍वरले येशूको छुटकाराको बलिदानको मूल्य प्रयोग गर्न सक्नु भएकोमा हामी खुशी मान्‍न सक्छौं।—रोमी ५:८; ६:२३.

१५. आवश्‍यक अनुशासन प्रति हाम्रो मनोवृत्ति कस्तो हुनुपर्दछ?

१५ परमेश्‍वरले हाम्रा ॠणहरू अथवा पापहरू क्षमा गरी दिनु हुने आशा राख्छौं भने, हामी पश्‍चातापी र अनुशासन स्वीकार गर्न इच्छुक हुनु पर्दछ। (हितोपदेश २८:१३; प्रेरित ३:१९) यहोवाले हामीलाई प्रेम गर्नुहुन्छ, त्यसैकारण हामीले आफ्ना कमजोरीहरू सच्याउन सकौं भनेर, उहाँले हामीलाई व्यक्‍तिगत रूपमा चाहिएको अनुशासन दिनुहुन्छ। (हितोपदेश ६:२३; हिब्रू १२:४-६) तर विश्‍वास र ज्ञानको वृद्धिको कारण, हाम्रो हृदय परमेश्‍वरका नियमहरू र सिद्धान्तहरूसँग मिलेर, हामी जाना-जानी कहिले पनि भूल गर्दैनौं भने, यो साँच्चैनै खुशी मनाउने कुरा हो। तर आफूले केही मात्रामा जाना-जानी भूल गरेको महसुस गर्‌यौं भने, हामी के गर्न सक्छौं? गहिरो दुःख प्रकट गर्दै हामीले क्षमा पाउनका लागि उत्कट प्रार्थना गर्नुपर्दछ। (हिब्रू १०:२६-३१) पाएका सल्लाहहरू प्रयोग गर्दै, हामीले आफ्नो मार्गलाई तुरन्तै सच्याउनु पनि पर्दछ।

१६. निरन्तर परमेश्‍वरसँग पापहरूका लागि क्षमा माग्नु किन फाइदाजनक हो?

१६ परमेश्‍वरसँग नियमित रूपमा आफ्ना पापहरूका लागि माफी माग्नु फाइदाजनक हो। यसो गर्दा, हाम्रो पापी अवस्था बारे हामी सधैं सचेत रहन्छौं र यसले हामीलाई नम्र तुल्याउनु पर्ने हो। (भजन ५१:३, ४, ७) हाम्रा स्वर्गीय पिताले “हाम्रो पाप क्षमा” गर्नु भएर, “हामीलाई सबै अधर्मबाट शुद्ध” पारि दिन हाम्रा लागि आवश्‍यक छ। (१ यूहन्‍ना १:८, ९) साथै, प्रार्थना गर्दा आफ्ना पापहरू उल्लेख गर्ने गर्‌यौं भने, ती पापहरूको विरूद्धमा सङ्‌घर्ष गरी रहने मद्दत पाउन सक्नेछौं। यस प्रकार, येशूले बगाउनु भएको रगत र छुटकाराको बलिदान हाम्रा लागि कति आवश्‍यक छ भन्‍ने कुराको हामीलाई निरन्तर सम्झना हुनेछ।—१ यूहन्‍ना २:१, २; प्रकाश ७:९, १४.

१७. क्षमाको लागि प्रार्थना गर्नाले अरूहरूसँगको हाम्रो सम्बन्धमा के मद्दत पुर्‌याउँछ?

१७ माफीका लागि प्रार्थना गर्नाले, हामी अरूहरूका दुवै ठूला-साना गल्तीहरू प्रति दयालु, मायालु र उदारचित्तको हुने मद्दत पाउने छौं। लूकाको विवरण भन्दछ: “हाम्रा पाप हामीलाई क्षमा गर्नुहोस्‌, किनकि हामी आफै पनि हरेक ॠणीलाई क्षमा गर्दछौं।” (लूका ११:४) वास्तवमा, हामीले आफ्ना “ॠणीहरू” अर्थात्‌ हाम्रा विरूद्धमा पाप गर्नेहरूलाई क्षमा गरेका छौं भने मात्र परमेश्‍वरबाट क्षमा पाउन सम्भव हुनेछ। (मत्ती ६:१२; मर्कूस ११:२५) येशूले अझ एसो पनि भन्‍नु भयो: “किनकि तिमीहरूले मानिसहरूका कसूर क्षमा गर्‌यौ भने तिमीहरूका स्वर्गका पिताले पनि तिमीहरूलाई क्षमा गर्नुहुनेछ। तर तिमीहरूले मानिसहरूका कसूर क्षमा गरेनौ भनेता तिमीहरूका पिताले तिमीहरूका कसूर क्षमा गुर्नहुनेछैन।” (मत्ती ६:१४, १५) आफ्ना पापहरू क्षमा होस्‌ भनेर प्रार्थना गर्दा, हामी अरूहरूका गल्तीलाई क्षमा दिन र तिनीहरू प्रति सहनशील हुन प्रेरित हुनु पर्दछ। प्रेरित पावलले लेखे: “जसरी यहोवाले पनि तिमीहरूलाई क्षमा गर्नुभयो, त्यसरी तिमीहरूले पनि क्षमा गर।”—कलस्सी ३:१३; एफिसी ४:३२

परीक्षा र दुष्ट व्यक्‍ति

१८. हाम्रा परीक्षाहरू र कठिनाइहरूका लागि हामीले कहिल्यै पनि परमेश्‍वरलाई किन दोष दिनु हुँदैन?

१८ “हामीलाई परीक्षामा नल्याउनुहोस।” (मत्ती ६:१३; लूका ११:४) यी शब्दहरूको अर्थ, यहोवाले हामीलाई पाप गर्न परीक्षामा पार्नु हुन्छ भनेको होइन। परमेश्‍वरले जुन घटनाहरूलाई घट्‌ने अनुमति दिनु भएको होला, ती घटनाहरू परमेश्‍वरले नै गर्नु अथवा गराउनु भएका हुन्‌ भनी शास्त्रमा कहिलेकाहिं उल्लेख गरिएको छ। (रूथ १:२०, २१; तुलना गर्नुहोस्‌ उपदेशक ११:५) तर “खराब कुराबाट परमेश्‍वरको परीक्षा हुन सक्‍तैन, औ उहाँ आफैले कुनै मानिसको परीक्षा गर्नुहुन्‍न,” भनेर चेला याकूबले लेखे। (याकूब १:१३) त्यसैकारण, खराब कुराहरूसित हाम्रो परीक्षा र जाँच हँदा कहिल्यै पनि हाम्रा स्वर्गीय पितालाई दोष नलगाऔं, किनकि परमेश्‍वरका विरूद्धमा हामीलाई पाप गर्न लाउन कोशिस गरिरहने प्रलोभक शैतान हो।—मत्ती ४:३; १ थिस्सोलोनिकी ३:५)

१९. परीक्षाबारे हामी परमेश्‍वरसँग कसरी प्रार्थना गर्न सक्छौं?

१९ “हामीलाई परीक्षामा नल्याउनुहोस्‌,” भनेर परमेश्‍वरसित निवेदन गर्नुको अर्थ, हाम्रो सामुन्‍ने परीक्षा आउँदा अर्थात्‌ यहोवा प्रति अनाज्ञाकारी हुने दबाउमा पर्दा, हामी दृढ़ भएर बस्न सकौं भनेर बिन्ती गरेको हो। हामीले सामना गर्नै नसक्ने किसिमको परीक्षा हाम्रो सामुन्‍ने न आओस्‌ भनेर हाम्रा पिताले हाम्रा कदमहरू डोऱ्‍याइ दिनुहोस्‌ भनी हामी बिन्ती गर्न सक्दछौं। यसै सन्दर्भमा, पावलले लेखे: “मानिसले सहन नसक्ने बाहेक अरू परीक्षामा तिमीहरू परेका छैनौ, तर परमेश्‍वर विश्‍वासयोग्य हुनुहुन्छ, जसले तिमीहरूलाई तिमीहरूका शक्‍तिदेखि बाहिरको परीक्षामा पर्न दिनुहुनेछैन, तर तिमीहरूले सहनसकोस्‌ भनेर परीक्षाको साथसाथै उम्कने बाटो पनि दिनुहुन्छ।” (१ कोरिन्थी १०:१३) हामीले सहनै नसक्ने प्रकारको परीक्षाको सामना हामीले गर्न नपरोस्‌ भनेर यहोवाले हामीलाई डोऱ्‍याइ दिनुहोस्‌ र हामी अति नै विचलित्‌ भएको बेलामा उहाँले हामीलाई उम्कने बाटो पनि देखाइ दिनुहोस्‌ भनी प्रार्थना गर्न सक्छौं। शैतान, हाम्रो पापी शरीर, र अरूहरूका कमजोरीहरूको कारण परीक्षाहरू उठ्‌दछन्‌ तर ती परीक्षाहरूको बोझले हामी न पेलिऔं भनेर हाम्रा मायालु पिताले हामीलाई डोर्‌याउन सक्नु हुन्छ।

२०. “त्यस दुष्ट” बाट छुटकारा पाउनका निम्ति किन प्रार्थना गर्नुपर्छ?

२० “तर दुष्टबाट छुटाउनुहोस्‌।” (मत्ती ६:१३) “त्यो दुष्ट व्यक्‍ति,” शैतानलाई हामीमाथि विजयी हुन देखिन्‌ परमेश्‍वरले निश्‍चय पनि रोक्न सक्नु हुन्छ। (२ पत्रुस २:९) र आज “आफ्नो अल्प समय थाह पाएर, शैतान ठूलो क्रोधसँग” हामीकहाँ आएको हुनाकारण, त्यसको हातबाट छुटकारा पाउन आज जति आवश्‍यक छ, त्यति पहिले कहिले पनि थिएन। (प्रकाश १२:१२) हामी शैतानका योजनाहरू बारे अज्ञान छैनौं। तर शैतान पनि हाम्रा कमजोरीहरू बारे अज्ञान छैन। यसकारण, सिंहजस्तो त्यो विरोधीको चंगुलबाट यहोवाले हामीलाई बचाउनुहोस्‌ भनी हामीले प्रार्थना गर्नु आवश्‍यक छ। (२ कोरिन्थी २:११; १ पत्रुस ५:८, ९; भजन १४१:८, ९ सँग तुलना गर्नुहोस्‌) उदाहरणको लागि, हामी विवाह गर्न इच्छुक छौं भने, अनैतिकता अथवा परमेश्‍वरका नियम उल्लङ्‌घन गर्दै, विश्‍वासमा न भएको व्यक्‍तिसँग विवाह गराउन सक्ने सांसारिक मित्रताहरू बढ़ाउने प्रलोभन र शैतानका यस्ता अन्य योजनाहरूबाट हाम्रो बचाउ होस्‌ भनेर हामीले यहोवासँग प्रार्थना गर्न आवश्‍यक होला। (व्यवस्था ७:३, ४; १ कोरिन्थी ७:३९) के हामी धन प्राप्त गर्ने उत्कट अभिलाषा गर्दछौं? त्यसो भए, जूवा खेल्ने या अरूहरूलाई ठग्ने परीक्षाको सामना गर्ने मद्दतका लागि प्रार्थना गर्न आवश्‍यक होला। यहोवासँगको हाम्रो सम्बन्धलाई तोड्‌न इच्छुक हुनाकारण, शैतानले प्रलोभनहरूका आफ्ना भण्डारबाट कुनै पनि हतियार प्रयोग गर्न सक्छ। यसकारण, हामी आफ्ना स्वर्गीय पितासँग निरन्तर प्रार्थना गरी नै रहौं किनभने उहाँले धर्मी जनहरूलाई कहिले पनि परीक्षा परेको बेलामा त्याग्नु हुंदैन र दुष्टको हातबाट छुटकारा दिनु हुन्छ।

प्रार्थनाले विश्‍वास र आशा बढाउँदछ

२१. राज्यका लागि प्रार्थना गरेर हामीले कसरी लाभ उठाएका छौं?

२१ दुष्टको हातबाट हामीलाई बचाउनु हुने हाम्रा स्वर्गीय पिताले, हामीलाई प्रशस्त आशिष दिनमा आनन्द मान्‍नुहुन्छ। तापनि, उहाँका प्रिय जनहरूले यतिका लामो समय देखिन्‌ “तपाईंको राज्य आओस्‌” भनेर प्रार्थना किन गर्नुपऱ्‍यो? भनौं भने, वर्षौं देखिन्‌ यस प्रकार गरेर ईश्‍वरको राज्यका लागि हाम्रा चाहनाहरू र मूल्याङ्‌कन बढ़ेको छ। यस किसिमको प्रार्थना गर्दा, हामीलाई सबैको हित गर्ने त्यो स्वर्गीय शासनको सम्झना हुनेछ। त्यस प्रकारको प्रार्थनाको कारण, हाम्रो सामुन्‍ने इश्‍वरीय राज्य अन्तर्गत्‌ जीवन बिताउने आशा सधैं रही रहनेछ।—प्रकाश २१:१-५

२२. हाम्रा स्वर्गीय पिता यहोवासँग प्रार्थना गर्ने विषयमा, हामीले सधैं नै कस्तो मनोवृत्ति राख्नु पर्ने हो?

२२ प्रार्थना द्वारा यहोवामाथि विश्‍वास निश्‍चित रूपले बढ़दछ। उहाँले हाम्रा प्रार्थनाहरूको जवाब सुनि दिनु हुँदा, उहाँ सँगको हाम्रो सम्बन्ध अझ बलियो हुन्छ। यसकारण, हामी दिनहुँ प्रशंसा, धन्यवाद र अर्न्तबिन्तीसाथ उहाँसँग प्रार्थना गर्न कहिले थकित नहोऊँ। र “प्रभु, हामीलाई प्रार्थना गर्न सिकाउनु होस्‌” भनेर आफ्ना अनुयायीहरूले गरेका निवेदन प्रति येशूको मद्दतकारी प्रत्युत्तरका लागि हामी कृतज्ञ होऊँ। (w90 5/15)

के तपाईंलाई याद छ?

◻ येशू प्रार्थनामा विश्‍वास गर्नु हुने व्यक्‍ति हुनु भएकोले हामी उहाँका शब्दहरूबाट के सिक्न सक्छौं?

◻ हाम्रा स्वर्गीय पिता र उहाँका नाउँ सम्बन्धी कुन कुराका लागि हामीले प्रार्थना गर्नुपर्छ?

◻ उहाँको राज्य आओस्‌ र उहाँको इच्छा यस पृथ्वीमा पूरा होस्‌ भनेर बिन्ती गर्दा हामीले वास्तवमा कुन कुराको माँग गरेका हौं?

◻ हाम्रो दिनहुँको रोटीको लागि प्रार्थना गर्दा हामीले के मागेका हौं?

◻ हाम्रा ॠणहरू क्षमा गर्नुहोस्‌ भन्‍नुको अर्थ के हो?

◻ परीक्षाहरू र त्यो दुष्ट व्यक्‍ति, शैतानबाट छुटकारा पाउने सम्बन्धमा प्रार्थना गर्न किन अत्यावश्‍यक छ?

[पृष्ठ १७-मा भएको चित्र]

येशूका चेलाहरूले उहाँबाट प्रार्थना गर्ने सम्बन्धमा शिक्षा माँगे। के तपाईंलाई थाह छ, उहाँले प्रार्थनाबारे दिनुभएको सल्लाहबाट हामी कसरी लाभ उठाउन सक्छौं?

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने