प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g19 No. १ pp. १०-११
  • “तिनको शासनकालमा सधैँ शान्ति छाउनेछ”

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • “तिनको शासनकालमा सधैँ शान्ति छाउनेछ”
  • ब्यूँझनुहोस्‌!—२०१९
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • “तपाईँको राज्य आओस्‌”
  • परमेश्‍वरको शान्तिपूर्ण सरकार
    पार्थिव प्रमोदवनमा तपाईं सधैंभरि बाँच्न सक्नु हुन्छ
  • असल सरकारको खोजी
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००४
  • युद्धको अन्त
    ब्यूँझनुहोस्‌!—१९९९
  • परमेश्‍वरको राज्यको प्रजा हुने
    पार्थिव प्रमोदवनमा तपाईं सधैंभरि बाँच्न सक्नु हुन्छ
थप हेर्नुहोस्
ब्यूँझनुहोस्‌!—२०१९
g19 No. १ pp. १०-११
विश्‍व नक्सा

समस्या समाधान गर्ने एक मात्र सरकार

“तिनको शासनकालमा सधैँ शान्ति छाउनेछ”

संयुक्‍त राष्ट्र सङ्‌घले सबै मानिसहरूलाई मिलेर बस्न, मानव अधिकारको आदर गर्न र वातावरणलाई संरक्षण गर्न प्रोत्साहन दिँदै आएको छ। किन? यसको कारणबारे यु एन क्रनिकल पत्रिकामा महेर नासेरले यसो भने, “जलवायु परिवर्तन, अपराध, बढ्‌दो भेदभाव, द्वन्द्ध, घरबार गुमाउनेहरूको सङ्‌ख्यामा वृद्धि, आतङ्‌कवाद र सरुवा रोगजस्ता समस्याहरूले एउटा देशलाई मात्र पिरोलेको छैन।”

इटालियन दार्शनिक, कवि र राजनेता दान्ते (१२६५-१३२१), वैज्ञानिक अल्बर्ट आइन्स्टाइन (१८७९-१९५५) अनि अरू थुप्रैले विश्‍वभरि एउटै मात्र सरकार हुनुपर्छ भनेर आफ्नो विचार राख्दै आएका छन्‌। राजनैतिक रूपमा विभाजित संसारमा शान्ति छाउन सक्दैन भनेर दान्ते विश्‍वास गर्थे। तिनले येसुका शब्द उल्लेख गर्दै यसो पनि भने, “जुन राज्यभित्र फूट छ, त्यो उजाड हुन्छ।”—लुका ११:१७.

दोस्रो विश्‍वयुद्धमा दुई वटा आणविक बम प्रयोग गरिएको थियो। त्यो घटनाको केही समयपछि अल्बर्ट आइन्स्टाइनले संयुक्‍त राष्ट्रको महासभालाई एउटा खुला पत्र लेखे। तिनले यस्तो लेखे, “संयुक्‍त राष्ट्र सङ्‌घले विश्‍वभरि शासन गर्ने एउटै सरकार बनाउन तुरुन्तै कदम चाल्नुपर्छ। अनि मात्र संसारमा शान्ति स्थापना गर्न सकिन्छ।”

त्यस्तो सरकार स्थापना भइहाल्यो भने पनि विभिन्‍न प्रश्‍नहरू खडा हुन्छन्‌। जस्तै: के त्यस्तो शक्‍तिशाली सरकारका नेताहरू कहिल्यै भ्रष्ट हुँदैनन्‌? कहिल्यै असफल हुँदैनन्‌? के तिनीहरूले सबैलाई निष्पक्ष व्यवहार गर्नेछन्‌? वा तिनीहरू पनि अरू शासकहरू जस्तै खराब हुनेछन्‌? यी प्रश्‍नहरूले इतिहासकार लर्ड एक्टनले भनेका शब्दहरूको सम्झना गराउँछ। तिनले यसो भने: “थोरै शक्‍ति थोरै भ्रष्ट, धेरै शक्‍ति धेरै भ्रष्ट।”

हामी सबै जना एक भयौँ भने मात्र संसारमा साँचो शान्ति र एकता छाउन सक्छ। तर त्यस्तो शान्ति र एकता कसरी छाउला? के यो सम्भव छ? छ। हामीले साँचो शान्ति र एकता अनुभूति गर्न पाउनेछौँ भनेर बाइबल बताउँछ। तर कसरी? भ्रष्ट नेताहरूले बनेको सरकारद्वारा यो असम्भव छ। तर परमेश्‍वरले स्थापना गर्नुभएको सरकारले मात्र संसारमा साँचो शान्ति र सुरक्षा ल्याउन सक्छ। साथै त्यस सरकारले परमेश्‍वरसित मात्र आफ्नो सृष्टिमाथि शासन गर्ने अधिकार छ भनेर देखाउनेछ। त्यो कुन सरकार हो? बाइबलमा त्यस सरकारको नाम पनि बताएको छ। त्यो हो—“परमेश्‍वरको राज्य।”—लुका ४:४३.

“तपाईँको राज्य आओस्‌”

येसुले नमुना प्रार्थना गर्नुहुँदा उहाँको ध्यान परमेश्‍वरको राज्यमा केन्द्रित थियो। प्रार्थनामा उहाँले यसो भन्‍नुभयो: “तपाईँको राज्य आओस्‌। तपाईँको इच्छा . . . पृथ्वीमा पनि पूरा होस्‌।” (मत्ति ६:९, १०) हो, परमेश्‍वरको राज्यले पृथ्वीमा परमेश्‍वरको इच्छा पूरा गर्नेछ, शक्‍तिको लागि भोकाउने स्वार्थी मानिसको इच्छा होइन।

बाइबलमा परमेश्‍वरको राज्यलाई “स्वर्गको राज्य” भनेर पनि बताइएको छ। (मत्ति ५:३) किन? किनकि यस राज्यले स्वर्गबाट पृथ्वीमा शासन गर्ने छ। यसको मतलब यस राज्यलाई भौतिक र आर्थिक सहायताको खाँचो पर्नेछैन। त्यस राज्यका प्रजाहरूको लागि कत्ति ठूलो राहत!

“राज्य” भन्‍ने शब्दबाट यस राज्यमा एक जना राजा हुन्छ भनेर प्रस्ट हुन्छ। उक्‍त राजा येसु ख्रिष्ट हुनुहुन्छ। उहाँले परमेश्‍वरबाट शासन गर्ने अख्तियार पाउनुभयो। यसबारे बाइबल यसो भन्छ:

  • “शासन गर्ने जिम्मा तिनकै काँधमा हुनेछ। . . . र तिनको शासनकालमा सधैँ शान्ति छाउनेछ।”—यसैया ९:६, ७.

  • “अनि सबै राष्ट्रका र सबै भाषाका मानिसहरूले तिनको सेवा गरून्‌ भनेर तिनलाई शासन गर्ने अधिकार, गौरव र राज्य दिइयो। तिनको शासन सदासर्वदै रहिरहने शासन हो।”—दानिएल ७:१४.

  • “संसारको राज्य हाम्रा परमेश्‍वरको अनि उहाँको ख्रिष्टको राज्य भएको छ।”—प्रकाश ११:१५.

येसुले नमुना प्रार्थनामा भनेअनुसारै परमेश्‍वरको राज्यले उहाँको इच्छा पृथ्वीमा पनि पूरा गर्नेछ। यस राज्यका प्रजाहरूले पृथ्वीको स्याहार गर्न सिक्नेछन्‌। पृथ्वी फेरि सुन्दर हुनेछ अनि यहाँ बास गर्ने सबैको जीवन सुखमय हुनेछ।

परमेश्‍वरको राज्यले आफ्ना प्रजाहरूलाई शिक्षा दिनेछ। सबै जनालाई एउटै स्तर सिकाइनेछ। कुनै भेदभाव अनि फूट हुनेछैन। यसैया ११:९ यसो भन्छ, “तिनीहरूले कुनै हानि गर्नेछैनन्‌ किनकि समुद्र पानीले भरिएझैँ पृथ्वी यहोवाको ज्ञानले भरिनेछ।”

संयुक्‍त राष्ट्र सङ्‌घले चाहेको जस्तै संसारभरिका सबै मानिसहरू शान्ति र एकताको बन्धनमा बाँधिनेछन्‌। भजन ३७:११ मा भनिएझैँ तिनीहरूले “अपार शान्तिको आनन्द उठाउनेछन्‌।” अनि “अपराध”, “प्रदुषण”, “गरिबी” र “युद्ध”-जस्ता शब्दहरू हाम्रो मनमस्तिष्कबाट हराएर जानेछन्‌। तर यी सब कुरा कहिले हुनेछन्‌? परमेश्‍वरको राज्यले कहिलेदेखि शासन गर्न थाल्नेछ? यस राज्यले शासन गर्दा तपाईँलाई कस्तो लाभ हुनेछ? आउनुहोस्‌, सँगै विचार गरौँ।

मुख्य बुँदा

परमेश्‍वरको राज्य भनेको परमेश्‍वरले स्थापना गर्नुभएको विश्‍वव्यापी सरकार हो। यसका प्रजाहरू कुनै एउटा देशको सिमानामा सीमित रहनेछैनन्‌ बरु तिनीहरू संसारको जुनसुकै कुनामा रहे तापनि शान्ति र एकतामा बाँधिनेछन्‌

तिनीहरूले विश्‍वव्यापी सरकारको अवधारणा अघि सारेका थिए

  • दान्ते

    राजनैतिक रूपमा विभाजित संसारमा शान्ति छाउन सक्दैन भनेर दान्ते विश्‍वास गर्थे

  • आइन्स्टाइन

    आइन्स्टाइनले संयुक्‍त राष्ट्र सङ्‌घलाई “विश्‍वभरि शासन गर्ने एउटै सरकार बनाउन तुरुन्तै कदम चाल्नुपर्छ। अनि मात्र संसारमा शान्ति स्थापना गर्न सकिन्छ” भनेर खुला पत्र लेखेका थिए

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने