प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w17 फेब्रुअरी pp. ८-१२
  • फिरौतीको बलिदान बुबाबाट पाएको “उत्तम उपहार”

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • फिरौतीको बलिदान बुबाबाट पाएको “उत्तम उपहार”
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०१७
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • “तपाईंको नाम पवित्र पारियोस्‌”
  • “तपाईंको राज्य आओस्‌”
  • ‘तपाईंको इच्छा पूरा होस्‌’
  • फिरौतीको बलिदानप्रति कृतज्ञता देखाउनुहोस्‌
  • फिरौतीको बलिदानमार्फत “यहोवाबाट स्फूर्ति” पाउँछौं
  • फिरौतीको बलिदान​—⁠परमेश्‍वरले दिनुभएको सबैभन्दा अनमोल उपहार
    बाइबलले हामीलाई के सिकाउँछ?
  • फिरौतीको बलिदानप्रति कृतज्ञता देखाइरहनुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२१
  • फिरौतीको बलिदान परमेश्‍वरले दिनुभएको सबैभन्दा अनमोल उपहार
    बाइबलले वास्तवमा के सिकाउँछ?
  • यहोवाले “धेरैको निम्ति फिरौती”-को प्रबन्ध गर्नुभयो
    यहोवासित नजिक हुनुहोस्‌
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०१७
w17 फेब्रुअरी pp. ८-१२
येशू भीडलाई सिकाउँदै

फिरौतीको बलिदान बुबाबाट पाएको “उत्तम उपहार”

“हरेक असल वरदान र हरेक उत्तम उपहार . . . बुबाबाट आउँछ।”—याकू. १:१७.

गीत: १४८, १०९

फिरौतीको बलिदानले कसरी . . .

  • यहोवाको नाम पवित्र पार्छ?

  • परमेश्‍वरको राज्यले दिने आशिष्‌हरू सम्भव तुल्याउँछ?

  • परमेश्‍वरको उद्देश्‍य पूरा गर्छ?

१. फिरौतीको प्रबन्धले गर्दा कस्ता आशिष्‌हरू पाउन सम्भव भयो?

येशू ख्रीष्टको फिरौतीको बलिदानले गर्दा थुप्रै आशिष्‌ सम्भव भएको छ। फिरौतीको प्रबन्धले गर्दा परमेश्‍वरको स्तरअनुसार चल्ने सबै मानिसले उहाँको परिवारको सदस्य हुने मौका पाएका छन्‌। साथै आनन्दित भई सधैंभरि बाँच्ने आशा पनि पाएका छन्‌। यति मात्र होइन, यस प्रबन्धले गर्दा ब्रह्‍माण्डको सबैलाई असर गर्ने महत्त्वपूर्ण विवादहरूको समाधान पनि निस्क्यो।—हिब्रू १:८, ९.

२. (क) येशूले आफ्नो प्रार्थनामा कस्ता महत्त्वपूर्ण विषयहरू समेट्‌नुभयो? (शीर्षकमाथिको चित्र हेर्नुहोस्‌) (ख) यस लेखमा हामी के छलफल गर्नेछौं?

२ फिरौतीस्वरूप आफ्नो जीवन बलिदान दिनुभन्दा लगभग दुई वर्षअघि येशूले चेलाहरूलाई यसरी प्रार्थना गर्न सिकाउनुभयो: “हे स्वर्गमा बस्नुहुने हाम्रा बुबा, तपाईंको नाम पवित्र पारियोस्‌। तपाईंको राज्य आओस्‌। तपाईंको इच्छा जसरी स्वर्गमा पूरा भइरहेको छ, त्यसरी नै पृथ्वीमा पनि पूरा होस्‌।” (मत्ती ६:९, १०) फिरौतीको बलिदान परमेश्‍वरको नाम पवित्र पार्ने, उहाँको राज्य र उहाँको उद्देश्‍यको पूर्तिसित कसरी सम्बन्धित छ? आउनुहोस्‌, छलफल गरौं।

“तपाईंको नाम पवित्र पारियोस्‌”

३. परमेश्‍वरको नाममा के समावेश छ र सैतानले यो पवित्र नाम कसरी बदनाम गऱ्‍यो?

३ येशूले नमुना प्रार्थनाको सबैभन्दा सुरुमा परमेश्‍वरको नाम पवित्र पारियोस्‌ भनेर बिन्ती गर्नुभयो। यहोवाको नाममा उहाँको श्रेष्ठता, गौरव र पवित्रता समावेश छ। अर्को प्रार्थनामा येशूले यहोवालाई “पवित्र बुबा” भनेर सम्बोधन गर्नुभयो। (यूह. १७:११) यहोवा पवित्र हुनुभएकोले उहाँले दिनुहुने सबै सिद्धान्त र नियम पनि पवित्र छन्‌। तर मानिसजातिको लागि स्तर तोक्ने परमेश्‍वरको अधिकारमाथि सैतानले अदनको बगैंचामा प्रश्‍न खडा गऱ्‍यो। यहोवाको विषयमा झूटो कुरा बोलेर सैतानले परमेश्‍वरको पवित्र नाम बदनाम गऱ्‍यो।—उत्प. ३:१-५.

४. परमेश्‍वरको नाम पवित्र पार्ने काममा येशूले कसरी प्रमुख भूमिका खेल्नुभयो?

४ परमेश्‍वरको नामलाई येशू असाध्यै प्यारो ठान्‍नुहुन्थ्यो। (यूह. १७:२५, २६) येशूले परमेश्‍वरको नाम पवित्र पार्ने काममा प्रमुख भूमिका खेल्नुभयो। (भजन ४०:८-१० पढ्‌नुहोस्‌) येशूले पृथ्वीमा परमेश्‍वरको स्तरबमोजिम जीवन बिताएर यहोवाले सम्पूर्ण बौद्धिक प्राणीको लागि स्तर तोक्नु व्यावहारिक र सही हो भनेर प्रमाणित गर्नुभयो। सैतानले येशूलाई पीडादायी मृत्युमा पुऱ्‍याउँदा समेत उहाँ आफ्नो बुबा यहोवाप्रति पूर्णतया वफादार रहनुभयो। यसरी वफादार रहेर येशूले त्रुटिरहित मानिसले परमेश्‍वरको न्यायोचित स्तर पूर्ण रूपमा पालन गर्न सक्छन्‌ भनेर प्रमाणित गर्नुभयो।

५. हामी कसरी परमेश्‍वरको नाम पवित्र पार्न सक्छौं?

५ परमेश्‍वरको नामलाई हामी प्यारो ठान्छौं भनेर कसरी देखाउन सक्छौं? हाम्रो आचरणबाट। यहोवा हामी पवित्र भएको चाहनुहुन्छ। (१ पत्रुस १:१५, १६ पढ्‌नुहोस्‌) त्यसैले हामी यहोवाको मात्र उपासना गर्छौं र सारा मनले उहाँको आज्ञा पालन गर्छौं। खेदोमा पर्दा समेत हामी उहाँको सिद्धान्त र नियमबमोजिम जीवन बिताउन सक्दो कोसिस गर्छौं। परमेश्‍वरको स्तरबमोजिमको असल काम गरेर हामी आफ्नो ज्योति चम्काउँछौं र यसले परमेश्‍वरको नामको महिमा गर्छ। (मत्ती ५:१४-१६) हामी यहोवाका पवित्र जन हौं। त्यसैले हामी आफ्नो जीवनशैलीद्वारा यहोवाको नियम असल छ र सैतानको आरोप झूटो हो भनेर देखाउँछौं। त्रुटिपूर्ण भएकोले हामी गल्ती गर्छौं। तर गल्ती गर्दा साँचो पश्‍चात्ताप गर्छौं र यहोवाको अनादर हुने आचरण त्याग्छौं।—भज. ७९:९.

६. हामी त्रुटिपूर्ण भए पनि केको आधारमा यहोवा हामीलाई असल ठहराउनुहुन्छ?

६ ख्रीष्टको बलिदानमा विश्‍वास गर्नेहरूको पाप यहोवा क्षमा गर्नुहुन्छ। यहोवामा आफ्नो जीवन समर्पण गर्नेहरूलाई उहाँ आफ्नो उपासकको रूपमा स्विकार्नुहुन्छ। यहोवा अभिषिक्‍त ख्रीष्टियनहरूलाई आफ्नो छोराको रूपमा असल ठहराउनुहुन्छ र “अरू भेडा”-लाई आफ्नो साथीको रूपमा असल ठहराउनुहुन्छ। (यूह. १०:१६; रोमी ५:१, २; याकू. २:२१-२५) त्यसैले अहिले पनि फिरौतीको बलिदानले गर्दा नै हाम्रा बुबा यहोवासामु असल ठहरिन र उहाँको नाम पवित्र पार्न सकेका छौं।

“तपाईंको राज्य आओस्‌”

७. फिरौतीको बलिदानले गर्दा कस्ता आशिष्‌हरू पाउन सम्भव हुनेछ?

७ नमुना प्रार्थनामा येशूले यस्तो बिन्ती पनि गर्नुभयो: “तपाईंको राज्य आओस्‌।” फिरौतीको बलिदान कसरी परमेश्‍वरको राज्यसित सम्बन्धित छ? फिरौतीले गर्दा १,४४,००० अभिषिक्‍त ख्रीष्टियनलाई ख्रीष्टसँगै स्वर्गमा राजा र पुजारीको रूपमा सेवा गर्नको लागि जम्मा गर्न सम्भव भयो। (प्रका. ५:९, १०; १४:१) यी सहशासकहरूले येशूसँगै मिलेर हजार वर्ष शासन गर्नेछन्‌। फिरौतीको बलिदानले गर्दा सम्भव हुने विभिन्‍न आशिष्‌ परमेश्‍वरको राज्यमार्फत त्यस हजार वर्षको दौडान आज्ञाकारी मानिसहरूले पाउनेछन्‌। पृथ्वीलाई फेरि प्रमोदवनमा परिणत गरिनेछ र सबै वफादार मानिसलाई त्रुटिरहित अवस्थामा पुऱ्‍याइनेछ। त्यतिबेला स्वर्ग र पृथ्वीमा रहेका परमेश्‍वरको परिवारका सदस्यहरू पूर्णतया एकतामा रहनेछन्‌। (प्रका. ५:१३; २०:६) येशूले सर्पको शिर कुच्याउनुहुनेछ र सैतानको विद्रोहले गर्दा भएको सम्पूर्ण असरलाई नामेट पार्नुहुनेछ।—उत्प. ३:१५.

८. (क) येशूले चेलाहरूलाई कसरी परमेश्‍वरको राज्यको महत्त्वबारे बुझाउनुभयो? (ख) हामी परमेश्‍वरको राज्यलाई समर्थन गरेको कसरी देखाउँछौं?

८ पृथ्वीमा छँदा येशूले आफ्ना चेलाहरूलाई परमेश्‍वरको राज्यको महत्त्व बुझाउनुभयो। बप्तिस्मा गर्नेबित्तिकै येशूले “परमेश्‍वरको राज्यको सुसमाचार” टाढा-टाढासम्म फैलाउनुभयो। (लूका ४:४३) स्वर्ग फर्कनुअघि येशूले चेलाहरूलाई “पृथ्वीको सबैभन्दा टाढा पर्ने इलाकामा तिमीहरूले मेरो साक्षी” दिनू भनेर निर्देशन दिनुभयो। (प्रेषि. १:६-८) प्रचारकार्यले गर्दा संसारभरका मानिसहरूले फिरौतीको बलिदानबारे सिक्ने र परमेश्‍वरको राज्यको प्रजा हुने मौका पाउने थिए। आज हामीले पृथ्वीमा रहेका ख्रीष्टका भाइहरूलाई संसारभरि सुसमाचार फैलाउन मदत गरेर परमेश्‍वरको राज्यलाई समर्थन गरेको देखाउँछौं।—मत्ती २४:१४; २५:४०.

‘तपाईंको इच्छा पूरा होस्‌’

९. यहोवाले मानिसहरूको लागि राख्नुभएको उद्देश्‍य पूरा गर्नुहुनेछ भनेर हामी किन ढुक्क हुन सक्छौं?

९ येशूले ‘तपाईंको इच्छा पूरा होस्‌’ भन्‍नुको अर्थ के थियो? यहोवा सृष्टिकर्ता हुनुहुन्छ। उहाँले कुनै काम गर्ने वचन दिनुभएपछि त्यो पूरा भएजत्तिकै हो। (यशै. ५५:११) यहोवाले मानिसहरूको लागि जुन उद्देश्‍य राख्नुभएको छ, त्यो पूरा हुनदेखि सैतानले कुनै पनि हालतमा रोक्न सक्दैन। यहोवाले सुरुदेखि नै पृथ्वी आदम र हव्वाका त्रुटिरहित सन्तानले भर्ने इच्छा गर्नुभएको थियो। (उत्प. १:२८) आदम र हव्वा निस्सन्तान भएर मरेका भए पृथ्वी भर्ने परमेश्‍वरको उद्देश्‍य पूरा हुने थिएन। त्यसैले आदम र हव्वाले पाप गरेपछि पनि यहोवाले तिनीहरूलाई बच्चा जन्माउन दिनुभयो। परमेश्‍वरले फिरौतीको बलिदानमा विश्‍वास गर्ने मानिसहरूलाई त्रुटिरहित अवस्थासम्म पुग्ने र सधैंभरि बाँच्ने आशा दिनुभयो। यहोवा मानिसहरूलाई माया गर्नुहुन्छ। त्यसैले आफ्नो सुरुको उद्देश्‍यअनुरूप आज्ञाकारी मानिसहरूले जीवन बिताएको उहाँ चाहनुहुन्छ।

१०. मरिसकेकाहरूले फिरौतीको बलिदानले गर्दा कस्तो मौका पाउनेछन्‌?

१० यहोवाबारे थाह पाउने अनि उहाँको सेवा गर्ने कुनै मौका नपाई मरेका करोडौं मानिसबारे चाहिं के भन्‍न सकिन्छ? मरेकाहरू फिरौतीको बलिदानले गर्दा पुनर्जीवित हुन सम्भव हुनेछ। स्वर्गमा बस्नुहुने मायालु बुबाले तिनीहरूलाई फेरि जीवित पार्नुहुनेछ र उहाँको उद्देश्‍यबारे सिक्ने अनि अनन्त जीवन पाउने मौका दिनुहुनेछ। (प्रेषि. २४:१५) यहोवा मानिसहरू मरेको होइन, बाँचेको चाहनुहुन्छ। उहाँ जीवनको मूल हुनुभएकोले पुनर्जीवित हुने मानिसहरूको उहाँ बुबा हुनुहुनेछ। (भज. ३६:९) त्यसैले येशूले यसरी प्रार्थना गर्न सिकाउनु कत्ति उपयुक्‍त छ: “हे स्वर्गमा बस्नुहुने हाम्रा बुबा।” (मत्ती ६:९) यहोवाले पुनर्जीवित पार्ने काममा येशूलाई मुख्य भूमिका दिनुभएको छ। (यूह. ६:४०, ४४) प्रमोदवनमा येशू साँच्चै “पुनर्जीवन र जीवन” साबित हुनुहुनेछ।—यूह. ११:२५.

११. “ठूलो भीड”-को लागि यहोवा के चाहनुहुन्छ?

११ यहोवाले केही सीमित मानिसलाई मात्र उदारता देखाउनुहुन्‍न। किनभने येशूले यसो भन्‍नुभयो: “जसले परमेश्‍वरको इच्छा पूरा गर्छ, ऊ नै मेरो दाजुभाइ, दिदीबहिनी र आमा हो।” (मर्कू. ३:३५) हरेक राष्ट्र, कुल, जाति अनि भाषाबाट आएको एउटा “ठूलो भीड” आफ्नो उपासक भएको परमेश्‍वर चाहनुहुन्छ। फिरौतीमा विश्‍वास गर्ने र परमेश्‍वरको इच्छाअनुसार चल्ने मानिसहरूले यसरी चर्को सोरमा परमेश्‍वरको गुणगान गाउनेछन्‌: “सिंहासनमा बस्नुहुने हाम्रो परमेश्‍वरबाट अनि थुमाबाट हामीले उद्धार पाउँछौं।”—प्रका. ७:९, १०.

१२. आज्ञाकारी मानिसहरूको लागि यहोवाले राख्नुभएको उद्देश्‍य नमुना प्रार्थनाबाट कसरी थाह पाउन सक्छौं?

१२ आज्ञाकारी मानिसहरूको लागि यहोवाले राख्नुभएको उद्देश्‍य येशूको नमुना प्रार्थनाबाट थाह पाउन सक्छौं। यस प्रार्थनाअनुरूप हामी परमेश्‍वरको नाम पवित्र ठान्‍न अर्थात्‌ उहाँको पवित्र नामको आदर गर्न उत्कट प्रयास गर्न चाहन्छौं। (यशै. ८:१३) येशू नामको अर्थ “यहोवा उद्धारक हुनुहुन्छ” भन्‍ने हो। फिरौतीको बलिदानमार्फत हाम्रो उद्धार हुँदा परमेश्‍वरको नामको आदर र महिमा हुनेछ। फिरौतीको बलिदानले गर्दा सम्भव हुने कुराहरू परमेश्‍वरको राज्यमार्फत आज्ञाकारी मानिसहरूले पाउनेछन्‌। परमेश्‍वरको इच्छा पूरा हुनदेखि कुनै कुराले रोक्न सक्दैन भनेर नमुना प्रार्थनाबाट हामी विश्‍वस्त हुन सक्छौं।—भज. १३५:६; यशै. ४६:९, १०.

फिरौतीको बलिदानप्रति कृतज्ञता देखाउनुहोस्‌

१३. आफ्नो बप्तिस्माबाट हामी के देखाउँछौं?

१३ फिरौतीको बलिदानप्रति कृतज्ञ भएको देखाउने एउटा महत्त्वपूर्ण तरिका फिरौतीको बलिदानमा विश्‍वास गरेको आधारमा आफ्नो जीवन यहोवालाई समर्पण गर्नु अनि बप्तिस्मा गर्नु हो। हाम्रो बप्तिस्माले “हामी यहोवाकै हौं” भनेर देखाउँछ। (रोमी १४:८) बप्तिस्माले सफा अन्तस्करणको निम्ति परमेश्‍वरसित बिन्ती गर्नुलाई बुझाउँछ। (१ पत्रु. ३:२१) यस बिन्तीअनुसारै यहोवाले ख्रीष्टको बलिदानको रगतको आधारमा हामीलाई शुद्ध पार्नुहुन्छ। आफूले प्रतिज्ञा गरेको सबै कुरा उहाँले दिनुहुनेछ भनेर हामी पूर्णतया विश्‍वस्त छौं।—रोमी ८:३२.

एक जना भाइ बप्तिस्मा गर्दै अनि प्रचारकार्यमा भाग लिंदै

हामी कुन-कुन तरिकामा फिरौतीको बलिदानप्रति कृतज्ञ भएको देखाउन सक्छौं? (अनुच्छेद १३, १४ हेर्नुहोस्‌)

१४. छिमेकीलाई प्रेम गर्नू भन्‍ने आज्ञा किन दिइयो?

१४ फिरौतीको बलिदानप्रति कृतज्ञता देखाउने अर्को तरिका के हो? यहोवा सबै कुरा प्रेमले उत्प्रेरित भएर गर्नुहुन्छ। त्यसैले आफ्ना उपासकहरूको प्रमुख चिनारी पनि प्रेम भएको उहाँ चाहनुहुन्छ। (१ यूह. ४:८-११) आफ्ना छिमेकीहरूलाई प्रेम गरेर हामी “स्वर्गमा बस्नुहुने बुबाका छोराहरू बन्‍न” चाहेको देखाउँछौं। (मत्ती ५:४३-४८) येशूले दिनुभएको सबैभन्दा ठूलो आज्ञा यहोवालाई प्रेम गर्नु हो। अनि दोस्रो ठूलो आज्ञाचाहिं छिमेकीलाई प्रेम गर्नु हो। (मत्ती २२:३७-४०) छिमेकीलाई प्रेम गरेको देखाउने एउटा महत्त्वपूर्ण तरिका परमेश्‍वरको राज्यको सुसमाचार प्रचार गर्नु हो। सङ्‌गी मानिसहरूलाई प्रेम गरेको देखाउँदा हामी परमेश्‍वरको महिमा झल्काइरहेका हुन्छौं। अरूलाई, विशेषगरि आफ्ना ख्रीष्टियन दाजुभाइ दिदीबहिनीलाई प्रेम गर्नू भन्‍ने आज्ञा पालन गर्दा वास्तवमा “उहाँको प्रेम हामीमा पूर्ण हुनेछ।”—१ यूह. ४:१२, २०.

फिरौतीको बलिदानमार्फत “यहोवाबाट स्फूर्ति” पाउँछौं

१५. (क) अहिले हामीले यहोवाबाट कस्ता आशिष्‌हरू पाएका छौं? (ख) भविष्यमा कस्ता आशिष्‌हरू पाउनेछौं?

१५ फिरौतीको बलिदानमा विश्‍वास गर्दा पापबाट पूर्ण रूपमा क्षमा पाउने ढोका खुल्छ। परमेश्‍वरको वचनले हाम्रा पापहरू ‘मेटिन’ सक्छ भनेर आश्‍वासन दिन्छ। (प्रेषित ३:१९-२१ पढ्‌नुहोस्‌) माथि छलफल गरिएझैं फिरौतीको बलिदानको आधारमा यहोवाले अभिषिक्‍त सेवकहरूलाई आफ्नो धर्मपुत्रको रूपमा स्विकार्नुहुन्छ। (रोमी ८:१५-१७) अनि “अरू भेडा”-का सदस्यहरूलाई पनि उहाँले आफ्नो परिवारको सदस्य हुन निम्तो दिनुभएको छ। यसो गर्नु भनेको यहोवाले ‘धर्मपुत्र/पुत्री प्रमाणपत्र’-मा हाम्रो नाम लेख्नुजस्तै हो। हामी त्रुटिरहित अवस्थामा पुगेपछि र अन्तिम जाँचमा पास भएपछि यहोवाले हामीलाई मायालु छोराछोरीको रूपमा स्विकार्नुहुनेछ। यसरी स्विकार्नु भनेको उहाँले ‘धर्मपुत्र/पुत्री प्रमाणपत्र’-मा हस्ताक्षर गर्नुजस्तै हो। (रोमी ८:२०, २१; प्रका. २०:७-९) यहोवाले आफ्ना प्यारा छोराछोरीलाई माया गर्न कहिल्यै छोड्‌नुहुनेछैन। फिरौतीको बलिदानबाट हामीले सधैंभरि लाभ उठाउन सक्नेछौं। (हिब्रू ९:१२) यो उपहारको महत्त्व कहिल्यै कम हुनेछैन न त यो उपहार कुनै मानिस वा शक्‍तिले हामीबाट खोस्न सक्नेछ।

१६. फिरौतीको बलिदानले गर्दा हामी कस्ता कुराहरूबाट मुक्‍त भएका छौं?

१६ साँचो पश्‍चात्ताप गर्नेहरूलाई यहोवाको परिवारको सदस्य हुनदेखि दियाबलले रोक्न सक्दैन। येशू पृथ्वीमा आउनुभयो र एकै चोटि “सदाका लागि” आफ्नो जीवन बलिदान चढाउनुभयो। त्यसैले बारम्बार बलिदान चढाउन नपर्नेगरि सदाका लागि फिरौतीको मोल तिरियो। (हिब्रू ९:२४-२६) ख्रीष्टको बलिदानले आदमबाट पाएको पाप र मृत्युलाई नामेट पार्नेछ। साथै उहाँको बलिदानले गर्दा सैतानको अधीनमा रहेको यस संसारको दासत्वबाट हामी स्वतन्त्र भएका छौं र मृत्युको डरबाट मुक्‍त भएका छौं।—हिब्रू २:१४, १५.

१७. यहोवाले देखाउनुभएको प्रेम तपाईंलाई कस्तो लाग्छ?

१७ परमेश्‍वरका प्रतिज्ञाहरू भरोसायोग्य छन्‌। यहोवाले बनाउनुभएको प्रकृतिको नियम कहिल्यै फेल नखाएझैं उहाँले हामीलाई कहिल्यै निराश पार्नुहुनेछैन। उहाँ कहिल्यै परिवर्तन हुनुहुन्‍न। (मला. ३:६) यहोवाले हामीलाई जीवनको उपहार मात्र होइन, त्योभन्दा अझ ठूलो कुरा दिनुभएको छ। त्यो हो, उहाँको प्रेम। “परमेश्‍वरले हाम्रो सन्दर्भमा जुन प्रेम देखाउनुभएको छ, त्यो हामी आफैले थाह पाएका छौं र त्यसमा विश्‍वास पनि गरेका छौं। परमेश्‍वर प्रेम हुनुहुन्छ।” (१ यूह. ४:१६) चाँडै, पूरै पृथ्वीमा खुसी र शान्ति छाउनेछ र परमेश्‍वरले हामीलाई जस्तो प्रेम देखाउनुभयो, मानिसहरूले पनि एकअर्कालाई त्यस्तै प्रेम देखाउनेछन्‌। हामी पनि परमेश्‍वरका वफादार स्वर्गीय जनहरूसँग सोरमा सोर मिलाएर यसो भनौं: “प्रशंसा, महिमा, बुद्धि, धन्यवाद, आदर, शक्‍ति अनि बल सदासर्वदा हाम्रा परमेश्‍वरकै होस्‌। आमिन।”—प्रका. ७:१२.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने