-
साँचो सफलता हासिल गर्नुहोस्प्रहरीधरहरा—२०१२ | डिसेम्बर १५
-
-
१३. धनसम्पत्ति थुपार्नेबारे येशूले कस्तो सल्लाह दिनुभयो?
१३ धनसम्पत्तिबारे येशूले यसो भन्नुभयो: “आफ्नो निम्ति पृथ्वीमा धनसम्पत्ति थुपार्न छोडिहाल, जहाँ त्यसलाई कीरा र खियाले खान्छ अनि चोरहरूले फोरेर लैजान्छन्। बरु, आफ्नो निम्ति स्वर्गमा धनसम्पत्ति थुपार, जहाँ न कीराले न त खियाले नै खान्छ अनि चोरहरूले फोरेर पनि लैजाँदैनन्। किनकि जहाँ तिम्रो धन हुन्छ, त्यहीं तिम्रो मन पनि हुन्छ।”—मत्ती ६:१९-२१.
-
-
साँचो सफलता हासिल गर्नुहोस्प्रहरीधरहरा—२०१२ | डिसेम्बर १५
-
-
१५. हामीले कस्तो प्रकारको सफलता हासिल गर्ने प्रयास गर्नुपर्छ?
१५ केही धर्मगुरुले सफल हुन प्रयास गर्नु गलत हो भनेर प्रचार-प्रसार गरेका छन्। तर येशूले त्यसो भन्नुभएन। उहाँले चेलाहरूलाई सही प्रकारको सफलता हासिल गर्न प्रोत्साहन दिनुभयो। उहाँले “स्वर्गमा धनसम्पत्ति” थुपार्न सल्लाह दिनुभयो। हाम्रो मुख्य चासो यहोवाको नजरमा सफल हुन प्रयास गर्नु हो। येशूका शब्दहरूले देखाएअनुसार छनौट हाम्रै हातमा छ। वास्तविकता के हो भने, हाम्रो मनमा जे छ अनि हामी जुन कुराको मोल गर्छौं, त्यही कुराको पछि लाग्छौं।
१६. कुन कुरामा हामी पूरा भरोसा राख्न सक्छौं?
१६ यहोवालाई खुसी पार्न सक्दो गरेमा हामीलाई चाहिने कुराहरू उहाँले दिनुहुनेछ भनी पक्का हुन सक्छौं। प्रेषित पावलले जस्तै कहिलेकाहीं हामीले पनि भोक वा प्यासको अनुभव गर्नुपर्ने हुन सक्छ। (१ कोरि. ४:११) तर येशूको यस सल्लाहमा हामी पूरा भरोसा राख्न सक्छौं: “‘हामी के खाऔंला?’ कि ‘के पिऔंला?’ कि ‘के लगाऔंला?’ भनेर कहिल्यै चिन्ता नगर। किनकि अन्यजातिका मानिसहरू यिनै कुराका लागि दौडधूप गर्छन्। तर यी सब कुरा तिमीहरूलाई चाहिन्छ भनेर स्वर्गमा बस्नुहुने तिमीहरूका बुबालाई थाह छ। यसकारण उहाँको राज्यलाई र उहाँको स्तरबमोजिमको असल कामलाई पहिलो स्थान दिइरहो अनि यी सबै कुरा तिमीहरूलाई दिइनेछ।”—मत्ती ६:३१-३३.
-