प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • संकष्टको समयमा यहोवामा पूर्ण भरोसा राख्नुहोस्‌
    प्रहरीधरहरा—२००३ | सेप्टेम्बर १
    • ७, ८. (क) असिद्ध मानिसहरूसित भौतिक कुराहरूबारे बढ्‌तै चिन्तित हुने झुकाव छ भनेर येशूले कसरी देखाउनुभयो? (पादटिप्पणी पनि हेर्नुहोस्‌।) (ख) अनावश्‍यक फिक्री नगर्न येशूले हामीलाई कस्तो बुद्धिमानी सल्लाह दिनुभयो?

      ७ डाँडाको उपदेशमा येशूले यस्तो सल्लाह दिनुभयो: “हामी के खाउँला, कि के पिऔंला भनी आफ्नो प्राणको निम्ति र आफ्नो शरीरको निम्ति के लगाउँला भनी तिमीहरू फिक्री नगर।”b (मत्ती ६:२५) असिद्ध मानिसहरू स्वभावतः आधारभूत आवश्‍यकताहरू पूरा गर्नेबारे चिन्तित हुन्छन्‌ भनी येशूलाई थाह थियो। तर त्यस्ता कुराहरूबारे हामी कसरी ‘फिक्री नगरी’ बस्न सक्छौं? येशूले भन्‍नुभयो, “पहिले उहाँको राज्य . . . खोजी गर।” हामीले जस्तोसुकै समस्याको सामना गर्नुपरे तापनि जीवनमा यहोवाको उपासनालाई प्राथमिकता दिन छोड्‌नु हुँदैन। त्यसो गऱ्‍यौं भने हाम्रा सबै दैनिक आवश्‍यकताहरू हाम्रो स्वर्गमा हुनुहुने पिताले ‘थप्नुहुनेछ।’ कुनै न कुनै तरिकामा उहाँले हाम्रा आवश्‍यकताहरू पूरा गर्न प्रबन्ध मिलाउनुहुनेछ।—मत्ती ६:३३.

  • संकष्टको समयमा यहोवामा पूर्ण भरोसा राख्नुहोस्‌
    प्रहरीधरहरा—२००३ | सेप्टेम्बर १
    • b यहाँ वर्णन गरिएको फिक्री “चिन्ताग्रस्त डर हो” भनिन्छ, “जसले जीवनको सबै आनन्द हरण गर्छ।” “फिक्री नगर” वा “चिन्ता नगर” भन्‍ने जस्ता अनुवादहरूले हामीले फिक्री वा चिन्ता गर्न थाल्नु हुँदैन भन्‍ने बुझाउँछ। तर एउटा अनुवाद यसो भन्छ: “युनानी क्रियापद वर्तमान आज्ञा सूचक हो र यसले सुरु भइसकेको कार्य बन्द गर्ने आज्ञा दिन्छ।”

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने