प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • परमेश्‍वरजस्तै “निष्पक्ष” हुनुहोस्‌
    यहोवासित नजिक हुनुहोस्‌
    • १३ परमेश्‍वरको न्यायमा उहाँको कृपा झल्किन्छ भन्‍ने कुरा मनमा राख्यौँ भने हामीसित सरोकारै नभएको वा कम महत्त्वपूर्ण विषयमा अरूको न्याय गर्न हतार गर्नेछैनौँ। डाँडाको उपदेशमा येसुले यस्तो चेतावनी दिनुभयो: “अरूको न्याय गर्न छोडिहाल ताकि तिमीहरूको पनि न्याय नगरियोस्‌।” (मत्ति ७:१) लुकाको विवरणअनुसार येसुले यसो पनि भन्‍नुभयो: “दोष लगाउन छोडिहाल र तिमीहरूलाई पनि कुनै हालतमा दोष लगाइनेछैन।”a (लुका ६:३७) त्रुटिपूर्ण मानिसहरूमा अरूलाई दोष लगाउने झुकाव हुन्छ भनेर येसुलाई थाह थियो। त्यसैले उहाँले आफ्ना श्रोताहरूमध्ये कसैमा अरूलाई दोष लगाउने बानी छ भने त्यस्तो बानी तुरुन्तै हटाउन सल्लाह दिनुभयो।

      एउटी बहिनी एक अपाङ्‌ग वृद्ध र सानी केटीलाई साक्षी दिँदै छिन्‌।

      हामीले पक्षपात नगरी सुसमाचार सुनाउँदा यहोवाको न्यायको अनुकरण गरिरहेका हुन्छौँ

      १४. हामीले किन ‘अरूको न्याय गर्न छोडिहाल्नुपर्छ’?

      १४ हामीले किन ‘अरूको न्याय गर्न छोडिहाल्नुपर्छ’? एउटा कारण, हाम्रो अख्तियार सीमित छ। चेला याकुबले “व्यवस्थाको दाता र न्यायकर्ता एकै जना हुनुहुन्छ” अर्थात्‌ यहोवा हुनुहुन्छ भनेर लेखे। उनले यस्तो प्रश्‍न पनि उठाए: “आफ्नो छिमेकीको न्याय गर्ने तिमी को हौ?” (याकुब ४:१२; रोमी १४:१-४) साथै हाम्रो पापपूर्ण झुकावले गर्दा हामी सही तरिकामा न्याय गर्न सक्दैनौँ। हामीमा द्वेषभाव हुन सक्छ, हाम्रो आत्मसम्मानमा चोट पुगेको हुन सक्छ अनि हामी ईर्ष्यालु र आत्मधर्मी भइरहेका हुन सक्छौँ। यस्ता गलत मनोवृत्ति र मनसायले अरूलाई हेर्ने हाम्रो दृष्टिकोणमा असर गर्न सक्छ। हामीमा अरू थुप्रै सीमितता पनि छन्‌ र यो कुरा मनमा राख्दा हामी अरूको कमीकमजोरीमा मात्र ध्यान दिनदेखि जोगिन सक्छौँ। हामी अरूको हृदय पढ्‌न सक्दैनौँ अनि उनीहरू कस्तो अवस्थाबाट गुज्रिरहेका छन्‌ भनेर राम्ररी बुझ्न पनि सक्दैनौँ। त्यसोभए भाइबहिनीको मनसायमा शङ्‌का गर्ने र तिनीहरूले यहोवाको सेवाको लागि गरेको प्रयासमा खोट निकाल्ने हामी को हौँ र? त्यसैले भाइबहिनीको कमीकमजोरीमा नभई असल गुणहरूमा ध्यान दिएर यहोवाको अनुकरण गरौँ।

      १५. परमेश्‍वरका उपासकहरूमाझ कस्ता कुराहरूको लागि कुनै ठाउँ छैन र किन?

      १५ परिवारका सदस्यहरूबारे के भन्‍न सकिन्छ? हाम्रो घर सुख-शान्ति छाएको ठाउँ हुनुपर्ने हो। तर दुःखको कुरा, अहिले संसारमा परिवारका सदस्यहरूले एकअर्कासित अन्यायपूर्ण व्यवहार गरेको पाइन्छ। पतिपत्नीले एकअर्कालाई र आमाबुबाले छोराछोरीलाई मौखिक वा शारीरिक दुर्व्यवहार गर्नु सामान्य भइसकेको छ। तर परमेश्‍वरका उपासकहरूमाझ दुर्वचन, घोचपेच र दुर्व्यवहारको लागि कुनै ठाउँ छैन। (एफिसी ४:२९, ३१; ५:३३; ६:४) “न्याय गर्न छोडिहाल” र “दोष लगाउन छोडिहाल” भन्‍ने येसुको सल्लाह हामीले घरमा पनि लागू गर्नुपर्छ। यो कुरा सम्झनुहोस्‌: यहोवाको न्यायको अनुकरण गर्नुमा उहाँ हामीसित जस्तो व्यवहार गर्नुहुन्छ, हामीले पनि अरूसित त्यस्तै व्यवहार गर्नु समावेश छ। परमेश्‍वर हामीसित कहिल्यै कठोर व्यवहार गर्नुहुन्‍न बरु हामीप्रति “कोमल स्नेहले भरिपूर्ण” हुनुहुन्छ। (याकुब ५:११) हामीले अनुकरण गर्नुपर्ने कत्ति उत्कृष्ट उदाहरण!

  • परमेश्‍वरजस्तै “निष्पक्ष” हुनुहोस्‌
    यहोवासित नजिक हुनुहोस्‌
    • a कुनै-कुनै बाइबलमा यी अभिव्यक्‍तिहरूलाई “न्याय नगर” र “दोष नलगाऊ” भनेर अनुवाद गरिएको छ। यस्ता अभिव्यक्‍तिहरूले “न्याय गर्न नथाल” र “दोष लगाउन नथाल” भन्‍ने अर्थ दिन्छ। तर बाइबल लेखकहरूले यहाँ येसुको आज्ञालाई (अपूर्ण) वर्तमानकालमा लेखेका छन्‌। यसको अर्थ त्यतिबेलाका मानिसहरूले यस्ता कामहरू गरिरहेका थिए तर अब तिनीहरूले त्यसो गर्न छोड्‌नुपर्थ्यो।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने