-
“तिमीहरूले यहोवा तिमीहरूका परमेश्वरको उपासना गर्नुपर्छ”यहोवाको शुद्ध उपासना—आखिरमा पुनर्स्थापित हुन्छ!
-
-
१, २. इस्वी संवत् २९ को शरद् ऋतुमा येसु यहुदियाको निर्जनभूमिमा कसरी पुग्नुभयो र त्यहाँ के भयो? (शीर्षकमाथिको चित्र हेर्नुहोस्)
इस्वी संवत् २९ को कुरा हो। भर्खरै शरद् ऋतु सुरु भएको छ। येसु मृत सागरको उत्तरमा पर्ने यहुदियाको निर्जनभूमिमा हुनुहुन्छ। बप्तिस्मा गरेर अभिषेक हुनुभएपछि पवित्र शक्तिले उहाँलाई त्यस निर्जनभूमितिर डोऱ्यायो। चट्टानै-चट्टान र खोचहरू भएको यस उजाड ठाउँमा येसुले उपवास बसेर अनि प्रार्थना र मनन गरेर ४० दिन बिताउनुभयो। सम्भवतः यही समयमा यहोवा परमेश्वरले आफ्नो छोरासित कुराकानी गर्नुभयो र उहाँलाई अब हुनै लागेका कुराहरूको लागि तयार पार्नुभयो।
२ त्यतिबेला येसु भोकले गर्दा कमजोर हुनुभएको थियो र सैतान उहाँकहाँ आयो। यसपछि भएको घटनाबाट एउटा महत्त्वपूर्ण विषय छर्लङ्ग भयो, जसमा तपाईँ र शुद्ध उपासनालाई प्रेम गर्ने सबै जना मुछिएका छन्।
-
-
“तिमीहरूले यहोवा तिमीहरूका परमेश्वरको उपासना गर्नुपर्छ”यहोवाको शुद्ध उपासना—आखिरमा पुनर्स्थापित हुन्छ!
-
-
३, ४. (क) सैतानले येसुलाई पहिलो र दोस्रो पटक प्रलोभनमा पार्न खोज्दा सुरुमा के भन्यो र त्यसले येसुलाई कुन कुरामा शङ्का गर्न लगाउन खोज्दै थियो? (ख) आज पनि सैतानले कसरी त्यस्तै चाल चल्छ?
३ मत्ति ४:१-७ पढ्नुहोस्। येसुलाई पहिलो र दोस्रो पटक प्रलोभनमा पार्न खोज्दा सैतानले धुर्त्याइँका साथ यसरी कुरा सुरु गऱ्यो, “तपाईँ परमेश्वरको छोरा हुनुहुन्छ भने।” येसु परमेश्वरको छोरा हुनुहुन्छ भन्ने कुरामा के सैतानलाई शङ्का थियो? थिएन। त्यो विद्रोही स्वर्गदूतलाई येसु परमेश्वरको पहिलो सन्तान हुनुहुन्छ भनेर राम्ररी थाह थियो। (कल. १:१५) येसुको बप्तिस्माको बेला यहोवाले स्वर्गबाट भन्नुभएको यो कुरा पनि सैतानलाई पक्कै थाह थियो: “यिनी मेरो प्यारो छोरा हुन्, जसलाई मैले स्विकारेको छु।” (मत्ति ३:१७) आफ्नो बुबा भरोसा गर्न लायक हुनुहुन्छ कि हुनुहुन्न अथवा उहाँले साँच्चै ख्याल राख्नुहुन्छ कि राख्नुहुन्न भनेर येसुले शङ्का गरेको सैतान चाहन्थ्यो। ढुङ्गालाई रोटी बनाउने पहिलो प्रलोभनमा पार्न खोज्दा सैतानले वास्तवमा यसो भन्न खोज्दै थियो: ‘तपाईँ त परमेश्वरको छोरा हो नि! यस्तो उजाड भूमिमा पनि तपाईँको बुबाले तपाईँलाई किन केही खुवाउनुभएन?’ साथै येसुलाई मन्दिरको पर्खालको बुर्जाबाट हाम फाल्नुहोस् भनेर दोस्रो प्रलोभनमा पार्न खोज्दा त्यसले यसो भन्न खोज्दै थियो: ‘तपाईँ परमेश्वरको छोरा हुनुभएकोले बुबाले तपाईँलाई जोगाउनुहुन्छ भन्ने कुरामा के तपाईँ साँच्चै भरोसा गर्नुहुन्छ?’
-