प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • “तिमीहरूले यहोवा तिमीहरूका परमेश्‍वरको उपासना गर्नुपर्छ”
    यहोवाको शुद्ध उपासना—आखिरमा पुनर्स्थापित हुन्छ!
    • ३, ४. (क) सैतानले येसुलाई पहिलो र दोस्रो पटक प्रलोभनमा पार्न खोज्दा सुरुमा के भन्यो र त्यसले येसुलाई कुन कुरामा शङ्‌का गर्न लगाउन खोज्दै थियो? (ख) आज पनि सैतानले कसरी त्यस्तै चाल चल्छ?

      ३ मत्ति ४:१-७ पढ्‌नुहोस्‌। येसुलाई पहिलो र दोस्रो पटक प्रलोभनमा पार्न खोज्दा सैतानले धुर्त्याइँका साथ यसरी कुरा सुरु गऱ्‍यो, “तपाईँ परमेश्‍वरको छोरा हुनुहुन्छ भने।” येसु परमेश्‍वरको छोरा हुनुहुन्छ भन्‍ने कुरामा के सैतानलाई शङ्‌का थियो? थिएन। त्यो विद्रोही स्वर्गदूतलाई येसु परमेश्‍वरको पहिलो सन्तान हुनुहुन्छ भनेर राम्ररी थाह थियो। (कल. १:१५) येसुको बप्तिस्माको बेला यहोवाले स्वर्गबाट भन्‍नुभएको यो कुरा पनि सैतानलाई पक्कै थाह थियो: “यिनी मेरो प्यारो छोरा हुन्‌, जसलाई मैले स्विकारेको छु।” (मत्ति ३:१७) आफ्नो बुबा भरोसा गर्न लायक हुनुहुन्छ कि हुनुहुन्‍न अथवा उहाँले साँच्चै ख्याल राख्नुहुन्छ कि राख्नुहुन्‍न भनेर येसुले शङ्‌का गरेको सैतान चाहन्थ्यो। ढुङ्‌गालाई रोटी बनाउने पहिलो प्रलोभनमा पार्न खोज्दा सैतानले वास्तवमा यसो भन्‍न खोज्दै थियो: ‘तपाईँ त परमेश्‍वरको छोरा हो नि! यस्तो उजाड भूमिमा पनि तपाईँको बुबाले तपाईँलाई किन केही खुवाउनुभएन?’ साथै येसुलाई मन्दिरको पर्खालको बुर्जाबाट हाम फाल्नुहोस्‌ भनेर दोस्रो प्रलोभनमा पार्न खोज्दा त्यसले यसो भन्‍न खोज्दै थियो: ‘तपाईँ परमेश्‍वरको छोरा हुनुभएकोले बुबाले तपाईँलाई जोगाउनुहुन्छ भन्‍ने कुरामा के तपाईँ साँच्चै भरोसा गर्नुहुन्छ?’

  • “तिमीहरूले यहोवा तिमीहरूका परमेश्‍वरको उपासना गर्नुपर्छ”
    यहोवाको शुद्ध उपासना—आखिरमा पुनर्स्थापित हुन्छ!
    • ५. सैतानले पहिलो र दोस्रो पटक प्रलोभनमा पार्न खोज्दा येसुले के गर्नुभयो?

      ५ सैतानले पहिलो र दोस्रो पटक प्रलोभनमा पार्न खोज्दा येसुले के गर्नुभयो, विचार गरौँ। बुबाले आफूलाई माया गर्नुहुन्छ भन्‍ने कुरामा येसुलाई रतीभर शङ्‌का थिएन। उहाँ आफ्नो बुबामा शतप्रतिशत भरोसा गर्नुहुन्थ्यो। त्यसैले उहाँले आफ्नो बुबाको प्रेरणाद्वारा लेखिएको वचनबाट उद्धरण गर्दै निर्धक्क भएर सैतानको प्रतिकार गर्नुभयो। त्यतिबेला उहाँले परमेश्‍वरको नाम यहोवा प्रयोग भएका पदहरू नै उद्धरण गर्नुभयो। (व्यव. ६:१६; ८:३) हो, आफ्नो बुबालाई भरोसा गरेको देखाउन उहाँले आफ्नो बुबाको विशेष नाम यहोवा प्रयोग गर्नुभयो, जुन नाम उहाँ आफ्ना सबै प्रतिज्ञा पूरा गर्नुहुन्छ भन्‍ने कुराको ग्यारेन्टी हो।a आफ्नो बुबालाई भरोसा गरेको देखाउने योभन्दा उत्तम तरिका अरू के नै हुन सक्थ्यो र?

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने