प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • खेदोको बाबजुद प्रचार गर्न तयार
    येसु—बाटो, सत्य र जीवन
    • हो, येसुका अनुयायीहरूले घोर विरोधको सामना गर्नुपर्ने हुन सक्छ। तैपनि उहाँ तिनीहरूलाई ढाडस दिँदै यस्तो प्रतिज्ञा गर्नुहुन्छ: “तिनीहरूले तिमीहरूलाई पक्रेर लैजाँदा कसरी बोल्ने र के बोल्ने भनी चिन्ता नगर। के बोल्ने हो, त्यो तिमीहरूले त्यतिखेरै थाह पाउनेछौ। किनकि तिमीहरू आफ्नै भरमा होइन तर तिमीहरूका बुबाको पवित्र शक्‍तिको मदत पाएर बोल्नेछौ।” येसु अझै यसो भन्‍नुहुन्छ: “दाइले भाइलाई र बुबाले छोरालाई मार्नको लागि सुम्पिनेछ अनि छोराछोरी आफ्ना आमाबुबाको विरुद्धमा उठ्‌नेछन्‌ र तिनीहरूलाई मार्न लगाउनेछन्‌। तिमीहरू मेरा चेला भएकाले सबै मानिसले तिमीहरूलाई घृणा गर्नेछन्‌। तर जसले अन्तसम्म सहन्छ, उसले उद्धार पाउनेछ।”—मत्ति १०:१९-२२.

  • खेदोको बाबजुद प्रचार गर्न तयार
    येसु—बाटो, सत्य र जीवन
    • येसु आफ्नो १२ प्रेषितलाई कत्ति महत्त्वपूर्ण निर्देशन, चेतावनी र प्रोत्साहन दिनुहुन्छ! तर येसुले भन्‍नुभएका यी कुराहरू उहाँ मृत्युबाट जीवित हुनुभएपछि प्रचारकार्यमा भाग लिनेहरूलाई पनि लागू हुन्छ। हामी किन त्यसो भन्‍न सक्छौँ? आफ्ना चेलाहरूलाई तिनीहरूले प्रचार गरेका मानिसहरूले मात्र होइन, “सबै मानिसले . . . घृणा गर्नेछन्‌” भनी येसु भन्‍नुहुन्छ। साथै गालिलको यो छोटो प्रचार-यात्राको दौडान प्रेषितहरूलाई राज्यपाल र राजाहरूसामु उभ्याइएको अथवा तिनीहरूलाई परिवारका सदस्यहरूले मार्न लगाएको कुनै विवरण बाइबलमा पाइँदैन।

      हो, येसुले आफ्ना प्रेषितहरूलाई यी कुराहरू भन्‍नुहुँदा उहाँ भविष्यबारे सोच्दै हुनुहुन्छ। “मानिसको छोरा नआइपुगुन्जेल” चेलाहरूले प्रचार गर्न सिध्याइसकेका हुनेछैनन्‌ भनी येसुले भन्‍नुभएको कुरा पनि विचार गर्नुहोस्‌। महिमित राजा येसु ख्रिष्ट परमेश्‍वरको न्यायकर्ताको रूपमा आउनुअघि चेलाहरूले परमेश्‍वरको राज्यबारे प्रचार गर्न सिध्याइसकेका हुनेछैनन्‌ भनेर येसु सङ्‌केत गर्दै हुनुहुन्छ।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने