-
येसुको पछि लाग्नदेखि के तपाईँलाई कुनै कुराले रोकिरहेको छ?प्रहरीधरहरा (अध्ययन संस्करण) (२०२१) | मे
-
-
३ धेरैजसो मानिसले उहाँलाई मसीहको रूपमा स्विकार्नेछैनन् भन्ने कुरा येसुलाई थाह थियो। (युह. ५:३९-४४) उहाँले बप्तिस्मा गराउने युहन्नाका चेलाहरूलाई यसो भन्नुभयो: “त्यो मानिस आनन्दित हो, जसले मेरो विषयमा कुनै शङ्का गर्दैन।” (मत्ति ११:२, ३, ६) किन यत्ति धेरै मानिसले येसुलाई तिरस्कार गरे?
-
-
येसुको पछि लाग्नदेखि के तपाईँलाई कुनै कुराले रोकिरहेको छ?प्रहरीधरहरा (अध्ययन संस्करण) (२०२१) | मे
-
-
(१) येसुको पृष्ठभूमि
येसुको पृष्ठभूमिले गर्दा धेरैले उहाँलाई तिरस्कार गरे। आज पनि यस्तै कुराहरूले कोही-कोहीलाई कस्तो असर गर्छ? (अनुच्छेद ५ हेर्नुहोस्)b
५. केही मानिसहरू येसु मसीह हुनुहुन्न भन्ने निष्कर्षमा किन पुगेका हुन सक्छन्?
५ येसुको पृष्ठभूमिको कारण धेरैले उहाँलाई तिरस्कार गरे। येसु उत्कृष्ट शिक्षक हुनुहुन्छ र उहाँले चमत्कारहरू गर्नुभएको छ भन्ने कुरा मानिसहरूलाई थाह थियो। तर तिनीहरू उहाँलाई एक जना गरिब सिकर्मीको छोराको रूपमा मात्र हेर्थे। अनि उहाँ नासरतमा बस्नुहुन्थ्यो, जुन सहरलाई सायद मानिसहरू त्यत्ति महत्त्व दिँदैनथे। पछि येसुको चेला बनेका नथनेलले समेत यसो भनेका थिए: “के नासरतबाट केही असल कुरा आउन सक्छ र?” (युह. १:४६) सायद नथनेललाई येसु हुर्कनुभएको सहर मन पर्दैनथ्यो। अथवा तिनले मिका ५:२ मा गरिएको भविष्यवाणी याद गरेका हुन सक्छन्, जहाँ मसीह नासरतमा नभई बेतलेहेममा जन्मनेछन् भनेर बताइएको थियो।
६. येसु नै मसीह हुनुहुन्छ भनेर चिन्न मानिसहरूलाई कुन कुराले मदत गर्न सक्थ्यो?
६ धर्मशास्त्रले के भन्छ? येसुका शत्रुहरूले “[मसीह] को हो, कहाँबाट आयो” भनेर विचारै गर्नेछैनन् भनी यसैयाले भविष्यवाणी गरेका थिए। (यसै. ५३:८) धर्मशास्त्रमा मसीहबारे यस्ता थुप्रै भविष्यवाणी गरिएका थिए। यदि तिनीहरूले येसुबारे सबै सत्यतथ्य राम्ररी जाँचेका भए उहाँको जन्म बेतलेहेममा भएको हो र उहाँ राजा दाउदको वंशबाट आउनुभएको हो भनेर थाह पाउने थिए। (लुका २:४-७) येसुको जन्म मिका ५:२ मा भविष्यवाणी गरिएकै ठाउँमा भएको थियो। त्यसोभए समस्या के थियो? मानिसहरूले सोचविचारै नगरी येसुबारे गलत निष्कर्ष निकाले। तिनीहरूले मसीहबारे गरिएका सबै भविष्यवाणी राम्ररी केलाएका थिएनन्। त्यसैले तिनीहरूले येसुलाई तिरस्कार गरे।
-
-
येसुको पछि लाग्नदेखि के तपाईँलाई कुनै कुराले रोकिरहेको छ?प्रहरीधरहरा (अध्ययन संस्करण) (२०२१) | मे
-
-
(२) येसुले चिन्ह देखाउन इन्कार गर्नुभयो
येसुले चिन्ह देखाउन इन्कार गर्नुभएकोले धेरैले उहाँलाई तिरस्कार गरे। आज पनि यस्तै कुराहरूले कोही-कोहीलाई कस्तो असर गर्छ? (अनुच्छेद ९-१० हेर्नुहोस्)c
९. येसुले स्वर्गबाट चिन्ह देखाउन इन्कार गर्नुहुँदा विरोधीहरूले के गरे?
९ येसुको समयका केही मानिस उहाँले सिकाउनुभएका कुराहरूसित सन्तुष्ट थिएनन्। तिनीहरूले अर्कै कुराको आस गरिरहेका थिए। येसुले “स्वर्गबाट एउटा चिन्ह” देखाएर आफू मसीह हुँ भन्ने कुरा प्रमाणित गरेको तिनीहरू चाहन्थे। (मत्ति १६:१) तिनीहरूले दानिएल ७:१३, १४ लाई गलत तरिकाले बुझेको हुनाले त्यस्तो माग राखेका हुन सक्छन्। तर त्यो भविष्यवाणी पूरा हुने यहोवाको समय आएको थिएन। येसु मसीह हुनुहुन्छ भनेर प्रमाणित गर्न उहाँले सिकाइरहनुभएका कुराहरू नै काफी थियो। त्यसैले तिनीहरूले खोजेको चिन्ह देखाउन येसुले इन्कार गर्नुहुँदा तिनीहरूले उहाँलाई तिरस्कार गरे।—मत्ति १६:४.
१०. मसीहबारे यसैयाले गरेको भविष्यवाणी येसुले कसरी पूरा गर्नुभयो?
१० धर्मशास्त्रले के भन्छ? यसैयाले मसीहबारे यस्तो भविष्यवाणी गरेका थिए: “तिनी चिच्याउनेछैनन् वा ठूलो आवाज निकाल्नेछैनन्, तिनले सडकमा गएर आफ्नो स्वर सुनाउनेछैनन्।” (यसै. ४२:१, २) येसुले मानिसहरूको ध्यान आफूतर्फ खिच्नुभएन। उहाँले भव्य मन्दिरहरू बनाउनुभएन, अरूभन्दा फरक देखिने धार्मिक पोसाक लगाउनुभएन र धार्मिक पदवीको आस पनि गर्नुभएन। येसुलाई पुर्पक्षको लागि उभ्याइएको बेला राजा हेरोदले उहाँबाट चमत्कार हेर्ने आस गरेका थिए। तर उहाँले तिनलाई खुसी तुल्याउन कुनै चमत्कार गर्नुभएन। (लुका २३:८-११) हुनत येसुले केही चमत्कारहरू गर्नुभयो तर उहाँको मुख्य उद्देश्य राज्यको सुसमाचार घोषणा गर्नु थियो। उहाँले चेलाहरूलाई यसो भन्नुभयो: “म यसैको लागि आएको हुँ।”—मर्कु. १:३८.
-