-
थकित तर लत्तो नछाड्नेप्रहरीधरहरा—२००४ | अगस्त १५
-
-
१, २. (क) शुद्ध उपासना गर्न चाहनेहरू सबैलाई कस्तो मन छुने निमन्त्रणा दिइएको छ? (ख) कुन कुराले हाम्रो आध्यात्मिकतामा गम्भीर खतरा पुऱ्याउन सक्छ?
येशूका चेलाहरूको रूपमा मन छुने उहाँको यो निमन्त्रणाबारे हामी सबैलाई राम्ररी थाह छ: “हे सबै मेहनत गर्ने, र बोझले दबिएका हो! मकहाँ आओ, म तिमीहरूलाई विश्राम [“स्फूर्ति,” NW ] दिनेछु। . . . किनकि मेरो जुवा सजिलो र मेरो भारी हलका छ।” (मत्ती ११:२८-३०) मसीहीहरूलाई “प्रभुका उपस्थितबाट आरामको [“स्फूर्तिको,” NW ] समय” पनि दिइएको छ। (प्रेरित ३:१९) बाइबल सच्चाइ सिक्दा, भविष्यप्रति उज्ज्वल आशा राख्दा र यहोवाका सिद्धान्तहरू आफ्नो जीवनमा लागू गर्दाका स्फूर्तिदायी असरहरू पक्कै पनि तपाईंले प्रत्यक्ष अनुभव गर्नुभएको होला।
२ यद्यपि, यहोवाका केही उपासकहरूले कहिलेकाहीं भावनात्मक थकान महसुस गर्छन्। कुनै-कुनै अवस्थामा यस्तो निराशा केही समयको लागि मात्र हुन्छ। कहिलेकाहीं भने थकित भावनाले लामो समयसम्म पिरोलिरहन सक्छ। समय बित्दै जाँदा कोही-कोहीले आफ्ना मसीही जिम्मेवारीहरू येशूले प्रतिज्ञा गर्नुभएझैं स्फूर्तिदायी भारी हुनुको सट्टा बोझ भएको महसुस गर्न सक्छन्। यस्ता निराशावादी सोचाइहरूले एक जना मसीहीको यहोवासितको सम्बन्धमा गम्भीर खतरा पुऱ्याउन सक्छ।
-
-
थकित तर लत्तो नछाड्नेप्रहरीधरहरा—२००४ | अगस्त १५
-
-
मसीहीधर्म दमनकारी छैन
५. मसीही चेला हुने सन्दर्भमा अमिल्दो जस्तो देखिने कस्तो कुरा छ?
५ हो, मसीही हुनुमा कडा प्रयत्न समावेश छ। (लूका १३:२४) येशूले यसो समेत भन्नुभयो: “जसले आफ्नै क्रूस [“शासनाको खम्बा,” NW ] बोकेर मेरो पछि लाग्दैन भनेता त्यो मेरो चेला हुनसक्तैन।” (लूका १४:२७) झट्ट हेर्दा यी शब्दहरू येशूको भारी हलुका र स्फूर्तिदायी छ भन्ने उहाँको भनाइसित अमिल्दो देखिन सक्छ तर वास्तवमा यो कुरा अमिल्दो छैन।
६, ७. हामीले गर्ने उपासना थकाइलाग्दो छैन भनेर किन भन्न सकिन्छ?
६ कडा प्रयत्न र कठिन कामले शारीरिक तवरमा थकाउने भए तापनि राम्रो कामको लागि गरिएको छ भने यो सन्तोषजनक र स्फूर्तिदायी हुन सक्छ। (उपदेशक ३:१३, २२) अनि हाम्रा छिमेकीहरूसित बाइबलको अद्भुत सच्चाइ बाँड्नुभन्दा राम्रो काम अरू के नै होला र? साथै, परमेश्वरका उच्च नैतिक स्तरहरू अनुरूप जीवन बिताउन हामीले गरेका सङ्घर्षहरू यसबाट पाइने लाभहरूको तुलनामा केही पनि होइनन्। (हितोपदेश २:१०-२०) सतावट भोग्नुपरे तापनि परमेश्वरको राज्यको खातिर दुःख भोग्नुलाई हामी सम्मानको कुरा ठान्छौं।—१ पत्रुस ४:१४.
७ विशेष गरी झूटो धर्मको जुवामुनि रहेकाहरूको आध्यात्मिक अन्धकारसित तुलना गर्ने हो भने येशूको भारी वास्तवमै स्फूर्तिदायी छ। परमेश्वर हामीप्रति मायालु चासो राख्नुहुन्छ र हामीबाट अनावश्यक माग गर्नुहुन्न। यहोवाका “आज्ञाहरू कड़ा छैनन्।” (१ यूहन्ना ५:३) धर्मशास्त्रमा बताइएजस्तै, साँचो मसीहीधर्म दमनकारी छैन। कुरा स्पष्ट छ, हामीले गर्ने उपासनाले थकान वा निरुत्साह उत्पन्न गराउँदैन।
-