प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • jy chap. ३१ p. ७६-p. ७७ par. ७
  • विश्रामदिनमा अन्‍नको बाला टिप्छन्‌

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • विश्रामदिनमा अन्‍नको बाला टिप्छन्‌
  • येसु—बाटो, सत्य र जीवन
  • मिल्दोजुल्दो सामग्री
  • विश्राम-दिनमा अन्‍नको बाला टिप्दा
    सबैभन्दा महान्‌ पुरुष
  • के ख्रिष्टियनहरूले विश्रामदिन मान्‍नुपर्छ?
    बाइबल प्रश्‍नहरूको जवाफ
  • विश्रामदिनमा के गर्दा नियम उल्लङ्‌घन हुन्छ?
    येसु—बाटो, सत्य र जीवन
  • काम र आरामको लागि “उचित समय छ”
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०१९
येसु—बाटो, सत्य र जीवन
jy chap. ३१ p. ७६-p. ७७ par. ७
येसुका चेलाहरू विश्रामदिनमा अन्‍नको बाला टिपेर खान्छन्‌

अध्याय ३१

विश्रामदिनमा अन्‍नको बाला टिप्छन्‌

मत्ति १२:१-८ मर्कुस २:२३-२८ लुका ६:१-५

  • चेलाहरू विश्रामदिनमा अन्‍नको बाला टिप्छन्‌

  • येसु “विश्रामदिनको प्रभु” हुनुहुन्छ

येसु र उहाँका चेलाहरू उत्तरमा पर्ने गालिलतिर लाग्नुहुन्छ। यो वसन्त ऋतुको समय हो र खेतमा अन्‍नको बाला लागिसकेको छ। चेलाहरू भोकाएकोले अन्‍नका बालाहरू टिपेर खान्छन्‌। तर यो विश्रामदिन हो र फरिसीहरूले उनीहरूले अन्‍नका बालाहरू टिपेर खाइरहेको देख्छन्‌।

हालै मात्र यरुसलेमका केही यहुदीले येसुलाई विश्रामदिनको नियम तोडेको आरोप लगाएर मार्न खोजेका थिए। अब भने फरिसीहरू चेलाहरूले अन्‍नको बाला टिपेको कुरालाई लिएर विवाद उठाउँछन्‌। तिनीहरू यसो भन्छन्‌: “हेर्नुहोस्‌, तपाईँका चेलाहरूले विश्रामदिनमा गर्न नहुने काम गरेर नियम उल्लङ्‌घन गरिरहेका छन्‌।”—मत्ति १२:२.

फरिसीहरू अन्‍नको बाला टिप्नु र त्यसलाई हातमा माडेर खानु भनेको कटनी गर्नु र दाइँ गर्नुसरह हो भन्छन्‌। (प्रस्थान ३४:२१) कामबारे तिनीहरूको आफ्नै कट्टर परिभाषाले गर्दा विश्रामदिन मानिसहरूको लागि बोझ भएको छ, जबकि यो दिन रमाइलो र परमेश्‍वरसितको सम्बन्ध बलियो बनाउने समय हुनुपर्ने थियो। यहोवाले विश्रामदिनको व्यवस्था यसरी लागू गरिएको कहिल्यै चाहनुभएको थिएन भनी बुझाएर तिनीहरूको खण्डन गर्न येसु उदाहरणहरू प्रयोग गर्नुहुन्छ।

येसुले बताउनुभएको एउटा उदाहरण दाउद र तिनका मानिसहरूको हो। भोक लागेकोले तिनीहरू वासस्थानमा रोकिए अनि परमेश्‍वरलाई चढाइएका रोटीहरू खाए। ती रोटीहरू यहोवाको सामनेबाट हटाएर त्यसको सट्टा ताजा रोटीहरू राखिसकिएको थियो। यहोवाको सामनेबाट हटाइसकिएका रोटीहरू अक्सर पुजारीहरूले खाने गर्थे। तर ती रोटीहरू खाएकोमा दाउद र तिनका मानिसहरूको निन्दा गरिएन।—लेवी २४:५-९; १ समुएल २१:१-६.

दोस्रो उदाहरण दिँदै येसु यसो भन्‍नुहुन्छ: “विश्रामदिनको बेला मन्दिरमा सेवा गर्ने पुजारीहरूले विश्रामदिनसम्बन्धी नियम पालन गर्दैनन्‌ तैपनि तिनीहरू निर्दोष ठहरिन्छन्‌ भनी के तिमीहरूले व्यवस्थामा पढेका छैनौ?” उहाँले पुजारीहरू विश्रामदिनमा समेत बलि चढाउनको लागि जनावरहरू काट्‌छन्‌ र मन्दिरमा गर्नुपर्ने अन्य कामहरू पनि गर्छन्‌ भन्‍न खोज्नुभएको हो। येसु यसो भन्‍नुहुन्छ: “तर म तिमीहरूलाई भन्छु, मन्दिरभन्दा पनि महान्‌ कोही एक जना यहाँ छ।” (मत्ति १२:५, ६; गन्ती २८:९) हो, परमेश्‍वरको प्रधानपुजारी हुनुभएकोले येसुले विश्रामदिनको नियम उल्लङ्‌घन हुने हो कि भनेर चिन्ता नगरी आफ्नो काम गर्न सक्नुहुन्छ।

आफ्नो कुरा स्पष्ट पार्न येसु फेरि पनि धर्मशास्त्रतर्फ ध्यान खिच्दै यसो भन्‍नुहुन्छ: “‘म बलिदान होइन, कृपा चाहन्छु’ भन्‍नुको अर्थ के हो, तिमीहरूले बुझेको भएदेखि निर्दोषहरूलाई दोषी ठहराउने थिएनौ।” अन्तमा उहाँ यसो भन्‍नुहुन्छ: “किनकि मानिसको छोरा नै विश्रामदिनको प्रभु हो।” यतिबेला येसु उहाँले भविष्यमा गर्नुहुने हजार वर्षीय राज्य शासनलाई सङ्‌केत गर्दै हुनुहुन्छ।—मत्ति १२:७, ८; होसे ६:६.

मानवजाति हजारौँ वर्षदेखि सैतानको क्रूर दासत्वमा परेको छ अनि जताततै युद्ध र हिंसा छ। तर ख्रिष्टको शासनको महा विश्रामदिनमा भने अवस्था बिलकुलै फरक हुनेछ। त्यतिबेला उहाँले हामीले प्रतीक्षा गरिरहेको र हामीलाई चाहिएको विश्राम दिनुहुनेछ।

  • फरिसीहरू येसुका चेलाहरूलाई कस्तो आरोप लगाउँछन्‌ र किन?

  • येसु फरिसीहरूको दृष्टिकोण कसरी सुधार्नुहुन्छ?

  • येसु कुन अर्थमा “विश्रामदिनको प्रभु” हुनुहुन्छ?

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने