प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • “तिमीहरूले यहोवा तिमीहरूका परमेश्‍वरको उपासना गर्नुपर्छ”
    यहोवाको शुद्ध उपासना—आखिरमा पुनर्स्थापित हुन्छ!
    • ‘घोप्टो परेर मलाई एक चोटि ढोग्नुहोस्‌’

      ८. सैतानले तेस्रो पटक प्रलोभन ल्याउँदा त्यसको मनसाय कसरी छर्लङ्‌ग भयो?

      ८ मत्ति ४:८-११ पढ्‌नुहोस्‌। येसुलाई तेस्रो पटक प्रलोभनमा पार्न खोज्दा सैतानले धूर्त कुरा नगरी सीधै आफ्नो मनसाय प्रकट गऱ्‍यो। त्यसले येसुलाई (सम्भवतः दर्शनमार्फत) “संसारका सबै राज्य र त्यसको महिमा देखायो” तर संसारमा व्याप्त भ्रष्ट कुराहरू भने देखाएन। त्यसपछि त्यसले येसुलाई यसो भन्यो: “यदि तपाईँले घोप्टो परेर मलाई एक चोटि ढोग्नुभयो भने यी सबै थोक म तपाईँलाई दिनेछु।”b हो, उपासना नै सैतानले चाहेको मुख्य कुरा थियो! येसुले आफ्नो बुबालाई त्यागेर त्यसलाई आफ्नो परमेश्‍वर मानेको सैतान चाहन्थ्यो। त्यसले येसुलाई सजिलो बाटो रोज्न लगायो। त्यसको कुरा मान्यो भने येसुले संसारका सबै धनसम्पत्ति र शक्‍ति पाउनुहुनेछ भनेर सैतानले सङ्‌केत गर्दै थियो। अनि उहाँले काँडाको मुकुट लगाएर, कोर्रा खाएर अनि अन्तमा खम्बामा यातना भोगेर सास्ती खानुपर्दैन भनेर पनि त्यसले सङ्‌केत गर्दै थियो। सैतानको यस्तो प्रस्ताव आधारहीन थिएन। संसारका राज्यहरूमाथि सैतानको अधिकार छ भन्‍ने कुरामा येसुले प्रश्‍न गर्नुभएन। (युह. १२:३१; १ युह. ५:१९) हो, येसुलाई शुद्ध उपासनाबाट टाढा लैजान सैतान जे दिन पनि तयार थियो।

      शुद्ध उपासना किताब पढ्‌दै

      शिक्षण पेटी १क: उपासना भनेको के हो?

      ९. (क) सैतान साँचो उपासकहरूबाट वास्तवमा के चाहन्छ र त्यसले हामीलाई कसरी प्रलोभनमा पार्न खोज्छ? (ख) हाम्रो उपासनामा के समावेश छ? (“उपासना भनेको के हो?” भन्‍ने पेटी हेर्नुहोस्‌)

      ९ सैतान हामीले पनि त्यसकै उपासना गरेको चाहन्छ, चाहे प्रत्यक्ष रूपमा होस्‌ वा अप्रत्यक्ष रूपमा। “यस युगको ईश्‍वर” भएकोले महान्‌ बेबिलोनका सम्पूर्ण धर्मले चढाइरहेको झूटो उपासना त्यसले नै पाउँछ। (२ कोरि. ४:४) तर ती अरबौँ झूटा उपासकले चढाइरहेको उपासनामा त्यो सन्तुष्ट छैन। त्यसैले त्यसले साँचो उपासकहरूलाई पनि प्रलोभनमा पार्न खोज्छ। ‘असल काम गरेर’ सत्यको बाटोमा हिँड्‌दा ख्रिष्टियनहरूले धेरै दुःख भोग्नुपर्ने हुन्छ तर सैतान हामीले त्यसो गर्नुको साटो यस संसारको धनसम्पत्ति र शक्‍तिको पछि लागेको चाहन्छ। (१ पत्रु. ३:१४) सैतानको प्रलोभनमा परेर शुद्ध उपासना त्याग्यौँ र सैतानको संसारको भाग बन्यौँ भने हामीले पनि एक अर्थमा सैतानलाई ढोगिरहेका हुन्छौँ अर्थात्‌ त्यसलाई नै आफ्नो ईश्‍वर मानिरहेका हुन्छौँ। हामी त्यस्तो प्रलोभनको कसरी प्रतिरोध गर्न सक्छौँ?

      १०. सैतानले तेस्रो पटक प्रलोभनमा पार्न खोज्दा येसुले के गर्नुभयो र किन?

      १० सैतानले तेस्रो पटक प्रलोभनमा पार्न खोज्दा येसुले के गर्नुभयो, विचार गरौँ। येसु यहोवा परमेश्‍वरप्रति पूर्ण रूपमा वफादार हुनुहुन्थ्यो, त्यसैले उहाँले त्यो प्रलोभकलाई सीधै यसो भन्‍नुभयो: “ए सैतान, पर गइहाल्‌!” त्यसपछि पहिलो र दोस्रो पटक गरेजस्तै यतिबेला पनि येसुले व्यवस्थाको किताबबाट परमेश्‍वरको नाम प्रयोग गरिएको एउटा शास्त्रपद उद्धरण गर्नुभयो। उहाँले भन्‍नुभयो: “यस्तो लेखिएको छ, ‘तिमीहरूले यहोवा तिमीहरूका परमेश्‍वरको उपासना गर्नुपर्छ अनि उहाँलाई मात्र पवित्र सेवा चढाउनुपर्छ।’” (मत्ति ४:१०; व्यव. ६:१३) यसरी येसुले आकर्षक जस्तो देखिने तर केही समयमै बितेर जाने सांसारिक करिअरलाई अनि दुःख भोग्नु नपर्ने सजिलो बाटोलाई तिरस्कार गर्नुभयो। आफ्नो बुबा मात्र उपासनाको योग्य हुनुहुन्छ अनि सैतानलाई “एक चोटि ढोग्नु” मात्र पनि त्यसको अधीनमा बस्नुसरह हो भनेर येसुले बुझ्नुभएको थियो। त्यसैले उहाँले दृढ भएर त्यो दुष्ट प्रलोभकलाई आफ्नो ईश्‍वर बनाउन इन्कार गर्नुभयो। अनि उहाँले त्यसको कुरा मान्‍न इन्कार गर्नुभएपछि “दियाबलले उहाँलाई छोडेर गयो।”c

      येसुले सैतानलाई पर गइहाल्‌ भन्‍नुहुन्छ

      “ए सैतान, पर गइहाल्‌!” (अनुच्छेद १० हेर्नुहोस्‌)

      ११. हामी कसरी सैतान र त्यसका प्रलोभनहरूको प्रतिरोध गर्न सक्छौँ?

      ११ हामी सैतान र त्यसका प्रलोभनहरूको प्रतिरोध गर्न सक्छौँ किनकि येसुसँग जस्तै हामीसँग पनि छनौट गर्न सक्ने क्षमता छ। यहोवा परमेश्‍वरले हामीलाई स्वतन्त्र इच्छाको वरदान दिनुभएको छ। त्यसकारण कसैले पनि, त्यो शक्‍तिशाली र दुष्ट प्रलोभक सैतानले समेत हामीलाई शुद्ध उपासना त्याग्न जबरजस्ती गर्न सक्दैन। यदि हामी परमेश्‍वरप्रति वफादार भयौँ र “विश्‍वासमा दह्रो भएर [सैतानविरुद्ध] खडा” भयौँ भने हामीले यसो भनिरहेका हुन्छौँ: “ए सैतान, पर गइहाल्‌!” (१ पत्रु. ५:९) याद गर्नुहोस्‌, येसुले दृढ भएर सैतानलाई तिरस्कार गर्नुभएपछि मात्र त्यसले उहाँलाई छोडेर गयो। त्यसैगरि बाइबल हामीलाई यस्तो आश्‍वासन दिन्छ: “दियाबलको विरोध गर अनि त्यो तिमीहरूबाट भाग्नेछ।”—याकु. ४:७.

      चोर्ने, अनैतिकतामा भाग लिने र बढ्‌तै रक्सी पिउने प्रलोभनको प्रतिरोध गर्दै

      हामी सैतानको संसारले ल्याउने प्रलोभनको प्रतिरोध गर्ने छनौट गर्न सक्छौँ (अनुच्छेद ११, १९ हेर्नुहोस्‌)

      शुद्ध उपासनाको शत्रु

      १२. सैतान शुद्ध उपासनाको शत्रु हो भनेर अदनको बगैँचामा कसरी प्रकट भयो?

      १२ सैतानको तेस्रो प्रलोभनबाट शुद्ध उपासनाको मुख्य शत्रु त्यो नै हो भनेर पक्का भयो। हजारौँ वर्षअघि सैतानले अदनको बगैँचामा पहिलो पटक यहोवाको उपासनाप्रतिको घृणा प्रकट गऱ्‍यो। त्यसले हव्वालाई बहकायो। हव्वाले त्यसको कुरा सुनिन्‌ र आदमलाई पनि यहोवा परमेश्‍वरको आज्ञा उल्लङ्‌घन गर्न लगाइन्‌। यसरी सैतानले तिनीहरूलाई आफ्नो अधीनमा पाऱ्‍यो। (उत्पत्ति ३:१-५ पढ्‌नुहोस्‌; २ कोरि. ११:३; प्रका. १२:९) तिनीहरूलाई बहकाउने व्यक्‍ति वास्तवमा सैतान हो भनेर आदम र हव्वालाई थाह नभए तापनि अब तिनीहरू त्यसको उपासक भए र त्यो नै तिनीहरूको ईश्‍वर भयो। यसबाहेक अदनको बगैँचामा विद्रोहको बिउ रोपेर त्यसले यहोवाको सार्वभौमिकता—उहाँको शासन गर्ने अधिकारमाथि प्रश्‍न खडा गऱ्‍यो। साथै शुद्ध उपासनामाथि आक्रमण पनि गऱ्‍यो। कसरी?

  • “तिमीहरूले यहोवा तिमीहरूका परमेश्‍वरको उपासना गर्नुपर्छ”
    यहोवाको शुद्ध उपासना—आखिरमा पुनर्स्थापित हुन्छ!
    • b सैतानले भनेको यस कुराबारे बाइबलसम्बन्धी एउटा स्रोत-सामग्री यसो भन्छ: “आदम र हव्वा चुकेको सबैभन्दा पहिलो परीक्षामा जस्तै . . . यतिबेला पनि सैतानको इच्छा गर्ने कि परमेश्‍वरको भन्‍ने प्रश्‍न खडा भयो र यस प्रश्‍नमा कसको उपासना गर्ने भन्‍ने कुरा लुकेको थियो। सैतानले एक मात्र परमेश्‍वरको ठाउँमा आफैलाई परमेश्‍वर बनाउन खोज्यो।”

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने