प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • ‘हेर, म सधैंभरि तिमीहरूसितै छु’
    प्रहरीधरहरा—२०१३ | जुलाई १५
    • १३. चर्चजगत्‌लगायत वेश्‍या अर्थात्‌ महान्‌ बेबिलोनले देखाएको मनोवृत्तिबारे प्रकाश १८:७ मा के बताइएको छ?

      १३ तेस्रो, रोदन अनि चीत्कार। स्वर्गदूतहरूले सामाको बिटा बाँधिसकेपछि के हुन्छ? सामा वर्गको अवस्थाबारे येशू यसो भन्‍नुहुन्छ: “रोदन अनि वेदनाको चीत्कार हुनेछ।” (मत्ती १३:४२) के यो अहिले भइरहेको छ? अहँ, छैन। चर्चजगत्‌ प्रकाश अध्याय १८ मा व्याख्या गरिएको वेश्‍याको भाग हो। चर्चजगत्‌ अझै पनि आफूबारे यसो भन्छे: “म महारानी भएर बसेकी छु, म विधवा होइन, त्यसैले मैले कहिल्यै शोक गर्नु पर्नेछैन।” (प्रका. १८:७) वास्तवमा चर्चजगत्‌लाई आफू सत्तामा छु भन्‍ने लाग्छ र आफू राजनैतिक नेताहरूमाथि “महारानी भएर बसेकी छु” समेत भन्ठान्छे। सामाको रूपमा चिनिएका नक्कली ख्रीष्टियनहरू अहिले रोइरहेका छैनन्‌, बरु घमन्ड गरिरहेका छन्‌। तर अब छिट्टै पासा पल्टनेछ।

      राजनैतिक नेताहरूसित चर्चजगत्‌को साठगाँठ चाँडै अन्त हुनेछ (अनुच्छेद १३ हेर्नुहोस्‌)

      १४. (क) नक्कली ख्रीष्टियनहरूले कहिले र किन रिसाउँदै “चीत्कार” गर्नेछन्‌? (ख) मत्ती १३:४२ सम्बन्धी हाम्रो बुझाइमा गरिएको छाँटकाँट भजन ११२:१० मा व्यक्‍त गरिएको विचारसित कसरी मेल खान्छ? (नोट हेर्नुहोस्‌)

      १४ महासङ्‌कष्टको बेला सबै झूटो धर्म नाश भएपछि त्यसका अनुयायीहरूले लुक्ने ठाउँ खोज्नेछन्‌ तर कतै भेट्टाउनेछैनन्‌। (लूका २३:३०; प्रका. ६:१५-१७) विनाशबाट कुनै हालतमा उम्कन सकिंदैन भनेर बुझेपछि तिनीहरू हताश भएर रुनेछन्‌ र रिसाउँदै “चीत्कार” गर्नेछन्‌। महासङ्‌कष्टबारे येशूको भविष्यवाणीबमोजिम नै त्यस भयानक समयमा तिनीहरूले “शोक गर्दै आफ्नो छाती पिट्‌नेछन्‌।”e—मत्ती २४:३०; प्रका. १:७.

      १५. सामालाई के गरिनेछ र यो कहिले हुनेछ?

      १५ चौथो, आगोको भट्टीमा हालिदिने। बिटा बाँधिएको सामालाई के गरिनेछ? स्वर्गदूतहरूले त्यसलाई “आगोको भट्टीमा हालिदिनेछन्‌।” (मत्ती १३:४२) यसको अर्थ पूर्ण विनाश हो। अतः झूटो धर्मलाई साथ दिएका ती अनुयायीहरू महासङ्‌कष्टको अन्तिम चरण आरमागेडोनमा नाश हुनेछन्‌।—मला. ४:१.

  • ‘हेर, म सधैंभरि तिमीहरूसितै छु’
    प्रहरीधरहरा—२०१३ | जुलाई १५
    • e अनुच्छेद १४: यो मत्ती १३:४२ बारे हाम्रो बुझाइमा गरिएको छाँटकाँट हो। हाम्रो पहिलेको बुझाइ “राज्यका सन्तान”-ले नक्कली ख्रीष्टियनहरूलाई “दुष्टका सन्तान” भनेर पर्दाफास गरेकोले ती नक्कली ख्रीष्टियनहरू दशकौंदेखि ‘रोइरहेका’ र रिसाउँदै “चीत्कार” गरिरहेका छन्‌ भन्‍ने थियो। (मत्ती १३:३८) तर नबिर्सनुहोस्‌, नाश हुनेहरूले भविष्यमा रिसाउँदै चीत्कार गर्नेछन्‌ भनेर बाइबलमा बताइएको छ।—भज. ११२:१०.

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने