प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • राज्यसम्बन्धी उदाहरणहरू
    येसु—बाटो, सत्य र जीवन
    • एक जना मानिसले खेतमा लुकाइराखेको धन फेला पार्छ
      एक जना व्यापारीले उच्च कोटिको एउटा मोती फेला पार्छ

      येसु आफ्ना चेलाहरूलाई थप तीन वटा उदाहरण सुनाउनुहुन्छ। सर्वप्रथम उहाँ यसो भन्‍नुहुन्छ: “स्वर्गको राज्य खेतमा लुकाइराखेको धनजस्तो हो, जुन एक जना मानिसले फेला पारेर लुकाउँछ अनि ऊ खुसी हुँदै जान्छ र आफूसित भएको सबै थोक बेचेर त्यो खेत किन्छ।”—मत्ति १३:४४.

  • राज्यसम्बन्धी उदाहरणहरू
    येसु—बाटो, सत्य र जीवन
    • यी दुवै उदाहरणका मानिसहरू साँच्चै बहुमूल्य कुराको लागि त्यागहरू गर्न तत्पर भएको कुरालाई येसु जोड दिनुहुन्छ। व्यापारीले उच्च कोटिको एउटा मोती किन्‍न “आफूसित भएको सबै थोक” तुरुन्तै बेच्छ। येसुका चेलाहरूले बहुमूल्य मोतीबारे येसुले बताउनुभएको उदाहरण बुझ्न सक्छन्‌। अनि खेतमा लुकाइराखेको धन फेला पार्ने मानिसले त्यो खेत किन्‍न “आफूसित भएको सबै थोक” बेच्छ। दुवै अवस्थामा, हासिल गर्नुपर्ने र मोल गर्नुपर्ने बहुमूल्य कुरा फेला परेको छ। यसलाई कुनै व्यक्‍तिले आफ्नो आध्यात्मिक आवश्‍यकता पूरा गर्नको लागि गर्ने त्यागहरूसित तुलना गर्न सकिन्छ। (मत्ति ५:३) येसुले बताउनुभएका यी उदाहरणहरू सुनिरहेकाहरूमध्ये कतिपयले आफ्नो आध्यात्मिक आवश्‍यकता पूरा गर्न र उहाँको साँचो अनुयायी हुन थुप्रै त्यागहरू गर्ने तत्परता देखाइसकेका छन्‌।—मत्ति ४:१९, २०; १९:२७.

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने