प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • कुन चाहिं सफल हुन्छ, तपाईं जान्‍नुहुन्‍न!
    प्रहरीधरहरा—२००८ | जुलाई १
    • महाजाल

      १५, १६. (क) महाजालको उखानलाई छोटकरीमा बताउनुहोस्‌। (ख) महाजालले केलाई बुझाउँछ अनि यस उखानले राज्य वृद्धिको कुन पक्षलाई देखाउँछ?

      १५ सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको येशूको चेला बन्‍न चाहनेहरूको गुणस्तर हो, संख्या होइन। येशूले राज्यको वृद्धिको यस पक्षलाई अर्को उखान अर्थात्‌ महाजालको उखानमा संकेत गर्नुभयो। उहाँले यसो भन्‍नुभयो: “फेरि स्वर्गको राज्य समुद्रमा हालेको एउटा महाजालजस्तो हो, जसले किसिम किसिमका माछाहरू जम्मा गरेर ल्यायो।”—मत्ती १३:४७.

      १६ महाजालले राज्य-प्रचारकार्यलाई बुझाउँछ र यस जालले हर किसिमका माछा बटुल्छ। येशू अझ यसो भन्‍नुहुन्छ: “[महाजाल] भरिएपछि तिनीहरूले किनारमा तानी निकाले, र बसेर असल जत्ति भाँडाहरूमा जम्मा गरे, र खराब जत्तिलाई बाहिर फाले। जगत्‌को अन्तमा यस्तै हुनेछ, स्वर्गदूतहरूले आएर दुष्टहरूलाई धर्मीहरूको बीचबाट छुट्याउनेछन्‌। र तिनीहरूलाई आगोको धूनिमा फालिदिनेछन्‌, जहाँ रुवाबासी र दाह्रा किटाइ हुनेछ।”—मत्ती १३:४८-५०.

      १७. महाजालको उखानमा बताइएको छुटाउने कामले कुन समय अवधिलाई बुझाउँछ?

      १७ यो माछा छुटाउने कामले केलाई संकेत गर्छ? येशू महिमामा आउँदा हुने भेडा र बाख्रामाथिको अन्तिम न्यायलाई? (मत्ती २५:३१-३३) होइन। किनभने त्यो अन्तिम न्याय त महासंकष्टको दौडान येशू आउनुहुँदा हुनेछ। तर, महाजालको उखानमा बताइएको उक्‍त छुटाउने काम चाहिं “जगत्‌को अन्त”-को दौडान हुन्छ।b हामी त्यही अन्तको समयमा बाँचिरहेका छौं र यो समय महासंकष्टमा पुगेर टुंगिनेछ। त्यसो भए, यो छुटाउने काम अहिले कसरी भइरहेको छ?

      १८, १९. (क) छुटाउने काम अहिले कसरी भइरहेको छ? (ख) इमानदार हृदय भएकाहरूले कस्तो पाइला चाल्नै पर्छ? (पृष्ठ २० को पादटिप्पणी पनि हेर्नुहोस्‌।)

      १८ वर्तमान समयमा मानिसजातिको समुद्रबाट साँच्चै नै लाखौं प्रतीकात्मक माछाहरू यहोवाको मण्डलीतर्फ आकर्षित भएका छन्‌। कतिपय स्मरणार्थ उत्सवमा उपस्थित हुन्छन्‌ त कतिपय चाहिं सभाहरूमा आउँछन्‌। अनि अरू चाहिं बाइबल अध्ययन गर्न राजी हुन्छन्‌। तर के यी सबै साँचो ख्रीष्टियान बन्छन्‌ त? तिनीहरूलाई ‘किनारमा तानी निकाल्नु’ त निकालिएला। तर येशू भन्‍नुहुन्छ “असल जत्ति” मात्र भाँडामा जम्मा गरिन्छ र त्यो भाँडा चाहिं ख्रीष्टियान मण्डली हो। खराब जत्तिलाई फालिन्छ, मतलब भावी विनाशलाई संकेत गर्ने प्रतीकात्मक आगोको धुनीमा तिनीहरूलाई अन्ततः हालिन्छ।

      १९ यहोवाका जनहरूसित पहिला बाइबल अध्ययन गरेर अहिले छाड्‌ने थुप्रै व्यक्‍ति ती खराब माछा जस्तै हुन्‌। ख्रीष्टियान परिवारमा जन्मे तापनि कतिपयले चाहिं येशूको पाइलामा हिंड्‌न कहिले पनि चाहेका छैनन्‌। तिनीहरू यहोवाको सेवा गर्ने निर्णय गर्न चाहँदैनन्‌ अथवा केही समयसम्म सेवा गरेर चटक्कै छाड्‌छन्‌।c (इज. ३३:३२, ३३) तर अन्तिम न्यायको दिन आउनुअघि नै इमानदार हृदय भएकाहरू सबै भाँडारूपी मण्डलीमा जम्मा हुनु र सुरक्षित स्थानमा रहनु अति महत्त्वपूर्ण छ।

  • कुन चाहिं सफल हुन्छ, तपाईं जान्‍नुहुन्‍न!
    प्रहरीधरहरा—२००८ | जुलाई १
    • २०, २१. (क) वृद्धिबारे येशूका उखानहरूलाई पुनःछलफल गरेर हामीले के सिकेका छौं? (ख) तपाईं के गर्न कटिबद्ध हुनुहुन्छ?

      २० वृद्धिबारे येशूका उखानहरू संक्षेपमा पुनः दोहोऱ्‍याएर के सिक्न सक्यौं? पहिलो: रायोको दाना बढेजस्तै यस पृथ्वीमा राज्य गतिविधिको अत्यन्त वृद्धि भएको छ। यहोवाको कामको विस्तारलाई कुनै कुराले रोक्न सक्दैन! (यशै. ५४:१७) साथै, “[रूखको] छायाँमनि बास बस्न” खोज्नेहरूलाई आध्यात्मिक सुरक्षा दिइएको छ। दोस्रो: बढाउने त परमेश्‍वर नै हुनुहुन्छ। जसरी खमिर पिठोको थुप्रोभित्र नदेखिनेगरि फिंजिन्छ। त्यसरी नै राज्यको यो वृद्धि पनि अक्सर सजिलै देखिंदैन वा बुझिंदैन, तर यो फैलिरहेको चाहिं हुन्छ! तेस्रो: राज्य सन्देश सुन्‍नेहरू सबैले नै आफूलाई योग्य साबित गरेका छैनन्‌। कतिपय मानिस येशूको उखानका खराब माछा जस्तै भएका छन्‌।

  • कुन चाहिं सफल हुन्छ, तपाईं जान्‍नुहुन्‍न!
    प्रहरीधरहरा—२००८ | जुलाई १
    • b मत्ती १३:३९-४३ ले राज्य-प्रचारकार्यको एउटा भिन्‍न पक्षलाई बताए तापनि यसको पूर्ति चाहिं महाजालको उखानको पूर्ति सँगसँगै, खासगरि “अन्तको समय”-को दौडान हुन्छ। जसरी बीउ छर्ने र कटनी गर्ने कार्य यस समयको दौडानभरि नै निरन्तर भइरहन्छ त्यसरी नै प्रतीकात्मक माछा छुटाउने काम पनि निरन्तर भइरहन्छ।—प्रहरीधरहरा अक्टोबर १५, २०००, पृष्ठ २५-२६; एक मात्र साँचो परमेश्‍वरको उपासना गर्नुहोस्‌, पृष्ठ १७८-१८१, अनुच्छेद ८-११.

      c के यसको अर्थ बाइबल अध्ययन गर्न वा यहोवाका जनहरूसित संगत गर्न छाड्‌ने जोसुकै पनि अयोग्य ठहरिएकोले स्वर्गदूतहरूद्वारा बाहिर फ्याँकिएको छ भन्‍ने हो? अहँ, होइन। यदि कोही यहोवातर्फ निष्कपटसाथ फर्कन चाहन्छ भने उहाँले तिनलाई अँगाल्नुहुनेछ।—मला. ३:७.

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने