प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • तपाईंका निम्ति महाजाल र माछाले के अर्थ राख्तछ?
    प्रहरीधरहरा—१९९२ | सेप्टेम्बर १
    • ३. येशूका उखानहरूलाई बुझेर हामी कसरी लाभान्वित हुनेछौं?

      ३ यसपछि येशूले यशैया ६:९, १० प्रयोग गर्नुभयो, जसमा आध्यात्मिक दृष्टिले बहिरा र अन्धा मानिसहरूको वर्णन गरिएको थियो। तर हामी चाहिं त्यस किसिमका मानिसहरू हुनु पर्दैन। उहाँका उखानहरू बुझेर त्यस बमोजिम काम गर्‌यौं भने हामी आज—र अनन्तकालीन भविष्यसम्म—आनन्दित हुन सक्ने छौं। येशूले हामीलाई यो न्यानो भावनापूर्ण आश्‍वासन दिनुहुन्छ: “तिमीहरूका आँखा धन्य हुन्‌, किनकि तिनले देख्तछन्‌। औ तिमीहरूका कान, किनकि तिनले सुन्छन्‌।” (मत्ती १३:१६) हुनः त यो आश्‍वासन येशूका सबै उखानहरूमा प्रयोग हुन सक्‍तछ तर अहिले चाहिं हामी मत्ती १३:४७-५० मा उल्लेखित महाजालको छोटो उखानमाथि विशेष ध्यान दिऊँ।

      गहिरो अर्थ भएको एउटा उखान

      ४. मत्ती १३:४७-५० मा उल्लेखित उखानद्वारा येशूले के भन्‍नु भयो?

      ४ “स्वर्गको राज्य समुद्रमा हालेको एउटा महाजाल जस्तो हो, जसले किसिम किसिमका माछाहरू जम्मा गरेर ल्यायो। जो भरिएपछि तिनीहरूले किनारमा तानी निकाले, र बसेर असल जत्ति भाँड़ाहरूमा जम्मा गरे, र खराब जत्तिलाई बाहिर फाले। जगत्‌को अन्तमा यस्तै हुनेछ, स्वर्गदूतहरूले आएर दुष्टहरूलाई धर्मीहरूको बीचबाट छुट्याउनेछन्‌। र तिनीहरूलाई आगोको धूनिमा फालिदिनेछन्‌, जहाँ रूवाबासी र दाह्रा किटाइ हुनेछ।”

  • तपाईंका निम्ति महाजाल र माछाले के अर्थ राख्तछ?
    प्रहरीधरहरा—१९९२ | सेप्टेम्बर १
    • ७. माछाबारे कुरा गर्नु हुँदा, येशूले कुन कुराको उदाहरण दिनु हुँदै थियो?

      ७ त्यसअनुसार, यस उखानको माछाको अर्थ मानवहरू हुन्‌। यसकारण, ४९ पद्यमा उल्लेखित्‌ दुष्टहरूलाई धर्मीहरूबाट छुट्ट्याउने कुराले दुष्ट र धर्मी जलजन्तुहरू होइन तर धर्मी र दुष्ट मानिसहरूलाई जनाउँदछ। त्यसै प्रकार, ५० पद्य पढ्‌दा हामीले रूवाबासी गर्ने वा दाह्रा किट्‌ने जल-जन्तुहरूबारे सोच्नु भएन। होइन। यो उखान मानवहरूलाई जम्मा गर्ने र पछि तिनीहरूलाई छुट्ट्याउने विषयमा हो। यो छुट्ट्याउने काम एउटा गम्भीर विषय हो भनी हामी त्यसको परिणामबाटै बुझ्न सक्‍तछौं।

      ८. (क) खराब माछाको परिणामबारे हामी के सिक्न सक्‍तछौं? (ख) खराब माछाको सम्बन्धमा भनिएको कुराबाट राज्यबारे हामी के निष्कर्षमा पुग्न सक्‍तछौं?

      ८ अयोग्य माछा, अर्थात्‌ दुष्ट मानवहरू आगोको धूनिमा फालिनेछन्‌। त्यही ठाउँमा तिनीहरूको रूवाबासी र दाह्रा किटाइ हुनेछ। अन्यथा येशूले यस प्रकारको रूवाबासी र दाह्रा किटाई राज्यबाहिर हुने सङ्‌केत दिनु भएको थियो। (मत्ती ८:१२; १३:४१, ४२) मत्ती ५:२२ र १८:९ मा उहाँले अनन्त विनाशलाई बोध गर्न “अनन्त आगोको” [गेहेन्‍ना न्यु० व०] चर्चा पनि गर्नु भयो। यसैकारण त यो उखानको अर्थ बुझेर त्यसबमोजिम काम गर्न अति नै महत्त्वपूर्ण छ। हामीहरू सबैलाई थाहै छ कि परमेश्‍वरको राज्यमा नता दुष्टहरू छन्‌ न कहिले हुनेछन्‌। अतः येशूले “परमेश्‍वरको राज्य एउटा महाजाल जस्तो हो” भन्‍नुको अर्थ जरुर पनि परमेश्‍वरको राज्यसित सम्बन्धित कुनै एउटा यस्तो कुरा छ जो महाजाल झैं हर प्रकारका माछाहरू बटुल्न तल झारिन्छ।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने