येशूको जीवन र सेवकाई
तिनीले उहाँको पहिरन छोईन्
डेकापोलिस बाट येशू फर्कनु भएको खबर कफर्नहुम सम्म पुग्छ। उहाँको स्वागत गर्न एउटा ठूलो भीड़ समुद्रको छेउमा भेला हुन्छ। उहाँले आँधीलाई शान्त पार्नु भएको कुरा, र भूत लागेको मानिसलाई निको पार्नु भएको चमत्कार, भीड़ले निस्सन्देह सुनी सकेको छ। अब जसै उहाँ किनारमा कदम टेक्नुहुन्छ, त्यो ठूलो भीड़, उत्सुकता र बड़ो आशाका साथ उहाँको वरीपरी जम्मा हुन्छन्।
येशूलाई भेटने इच्छुक्हरू मध्य, एकजना जायरस भन्ने मानिस हुन्। उहाँ सभाघरका एक जना अध्यक्ष हो। येशूको खुट्टामा आएर घोप्टो पर्दै यो बिन्ति गर्छन्: “मेरी सानी छोरी अत्यन्त विरामी छे। कृपा गर्नुहोस्। आउनुभएर, तपाईंको हात उ माथि राखिदिनुहोस् र उ निको हुन्छे। उ बाँच्छे।” यो १२ वर्षे बालिका जायरसको एक मात्र सन्तान हो। यसै कारण पनि, उ जायरसको निम्ति अमूल्य छे।
येशू मान्नु हुन्छ। भीड़ सँग-सँगै उहाँ जायरसको घर तर्फ लाग्नुहुन्छ। अझ अर्को चमत्कार देख्न पाउँला भनेर मानिसहरूमा कस्तो हलचल भइरहेको छ होला। तर त्यहाँ भीड़मा एक जनाको ध्यान आफ्नै गम्भीर समस्यामा छ।
१२ वर्ष देखि, यो स्त्रीलाई रगत बग्ने बेथा लागेकोछ। अनेक चिकित्सकहरूकहाँ गएर विभिन्न उपचारहरूका लागि आफ्नो सबै पैसा खर्च गरेर पनि, उनी निको भएकीछैन। उनको समस्या झन बढ़ेको छ।
यो रोगले उनलाई कमजोर मात्र पारेको होइन। यसले गर्दा उनी, अरूहरूको सामुन्ने लज्जित र तुच्छ पनि हुनु परेको छ। साधारणतया, यस प्रकारको बेथा बारे अरूहरू सँग कुरा गरिंदैन। साथै, मोशाको व्यवस्था अन्तरगत्, रगतको बगाइले स्त्रीलाई अशुद्ध पार्छ र उनलाई, अथवा रगतको दागलागेको उनको कपड़ा छुने जतिले, आफूलाई पानीले धुनु पर्छ र बेलुकी सम्म सबैले उसलाई अशुद्ध ठान्नेछन्।
यो स्त्रीले येशूका चमत्कारहरू बारे सुनेकी छ र अहिले भने उहाँलाई फेला नै पारी। आफ्नो अशुद्धताको कारण, उ भीड़मा कसैले नदेख्ने गरी हिंड़दै, मनै मन एसो भन्छे: “उहाँको बाहिरी वस्त्र मात्र छोएँ भने पनि म निको हुनेछु।” यसो गर्ना साथै रगतको बगाई बन्द भएको उसले तुरन्त अनुभव गर्छे।
“मलाई कस्ले छोयो?” येशूका यी शब्दहरू सुनेर उ कति आत्तिन्छे। उहाँलाई कसरी थाहा भयो होला? यसैमा पत्रुस एसो भन्दै कराँउछन्: “गुरूज्यु, चारै तिर बाट भीड़ले तपाईंलाई घेरीरहेको बेलामा, “मलाई कस्ले छोयो? भनेर के सोध्नु भएको?”
त्यो स्त्रीलाई भीड़मा खोज्नुहुँदै, येशूले एसो भन्नु भयो: “मलाई कसैले छोयो। म बाट शक्ति बाहिर निस्केको मलाई अनुभव भयो।” हो, त्यो कुनै साधारण छुवाइ थिएन, किनभने मानिसहरूलाई निको पार्दा येशूको बल प्रयोग हुन्थियो।
चुप-चाप उम्कनु नसक्ने भए पछि, त्यो स्त्री येशूको सामुन्ने आएर घोप्टो पर्छे, डरले थर थर काम्दै। सबै मानिसहरूको सामुन्ने उसले आफ्नो पुरानो बेथा र त्यो कसरी भर्खरै निको भएको कुरा बताउछे।
उसको पूरा आत्म-स्वीकृति सुनेर येशूको मनमा दया उत्पन्न हुन्छ। उहाँले त्यो स्त्रीलाई यी शब्दहरूले सान्त्वना दिनुहुन्छ: “छोरी, तिम्रो विश्वासले तिमीलाई निको पार्यो। शान्तिपूर्वक जाउ र तिम्रो दुखलाग्दो बेथा बाट तिमीले आराम पाउन्।” पृथ्वी माथि शासन गर्न परमेश्वरले यति न्यानो हृदय भएको, दयावन्त, मानिसहरूको वास्ता गर्ने र मानिसहरूलाई सहायता दिन सक्ने व्यक्तिलाई रोज्नु भएको कुरा जानेर कति खुशी लाग्दछ! मत्ती ९:१८-२२; मर्कूस ५:२१-३४; लूका ८:४०-४८; लेवी १५:२५-२७।
◆ जायरस को हो र उहाँ येशूकहाँ किन आए?
◆ एक जना स्त्रीको के समस्या छ र मदद्का लागि येशूकहाँ आउन किन यति गाह्रो भएको?
◆ त्यो स्त्री कसरी निको हुन्छे र उनलाई येशूले के सान्त्वना दिनुहुन्छ? (w87 6/1)