प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • jy chap. ४७ p. ११८-p. ११९ par. ६
  • सानी केटी फेरि जीवित हुन्छे!

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • सानी केटी फेरि जीवित हुन्छे!
  • येसु—बाटो, सत्य र जीवन
  • मिल्दोजुल्दो सामग्री
  • आँसु ठूलो हर्षमा परिणत भयो
    सबैभन्दा महान्‌ पुरुष
  • आँसुहरू ठूलो हर्षमा परिणत्‌ भए
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९०
  • येशू मरेकाहरूलाई बिउँताउनुहुन्छ
    बाइबलका कथाहरू भएको मेरो पुस्तक
  • हामी मृत्युबाट ब्यूँतन सक्छौं!
    महान्‌ शिक्षकबाट सिकौं
थप हेर्नुहोस्
येसु—बाटो, सत्य र जीवन
jy chap. ४७ p. ११८-p. ११९ par. ६
येसु याइरसकी छोरीलाई फेरि जीवित पार्नुहुन्छ

अध्याय ४७

सानी केटी फेरि जीवित हुन्छे!

मत्ति ९:१८, २३-२६ मर्कुस ५:२२-२४, ३५-४३ लुका ८:४०-४२, ४९-५६

  • येसु याइरसकी छोरीलाई फेरि जीवित पार्नुहुन्छ

येसुले रगत बग्ने बेथा भएकी स्त्रीलाई निको पार्नुभएको याइरस देख्छन्‌। येसुले आफ्नी छोरीलाई पनि निको पार्न सक्नुहुन्छ भन्‍ने कुरामा तिनलाई कुनै शङ्‌का छैन। तर तिनलाई यस्तो लाग्छ, “यतिन्जेलसम्म त मेरी छोरी मरिसकी होली।” (मत्ति ९:१८) तर के अझै केही आस छ?

येसु आफूले निको पारेको स्त्रीसित बोल्दै गर्नुहुँदा याइरसको घरबाट केही मानिस आइपुग्छन्‌ र तिनीहरू याइरसलाई यसो भन्छन्‌: “तपाईँकी छोरी मरिसकी!” तिनीहरू अझ यसो भन्छन्‌: “अब गुरुज्यूलाई किन बेकारमा दुःख दिने?”—मर्कुस ५:३५.

कस्तो दुःखलाग्दो समाचार! समाजमा नाम कमाएका यी मानिस अहिले लाचार भएका छन्‌। तिनले आफ्नो एक मात्र छोरी गुमाएका छन्‌। तर येसु तिनीहरूको कुरा सुन्‍नुहुन्छ र याइरसतिर हेरेर ढाडस दिँदै यसो भन्‍नुहुन्छ: “चिन्ता नगर, केवल विश्‍वास गर।”—मर्कुस ५:३६.

याइरसकी छोरी राखेको ठाउँमा मानिसहरू शोक मनाउँदै

अनि येसु याइरससँगै तिनको घर जानुहुन्छ। त्यहाँ पुगेपछि उहाँहरूले खैलाबैला मच्चिरहेको देख्नुहुन्छ। त्यहाँ मानिसहरू दुःख मनाउँदै रुवाबासी र अलापविलाप गरिरहेका छन्‌। येसु भित्र पस्नुहुन्छ र सबैलाई चकित पार्ने यस्तो कुरा भन्‍नुहुन्छ: “सानी केटी मरेकी छैन तर निदाइरहेकी छे।” (मर्कुस ५:३९) उहाँको यो कुरा सुनेर मानिसहरू उहाँको खिल्ली उडाउँदै हाँस्न थाल्छन्‌। किनकि ती केटी मरिसकी भनेर तिनीहरूलाई थाह छ। तर गहिरो निद्रामा परेको मानिसलाई ब्युँझाउन सकिएझैँ परमेश्‍वरले दिनुभएको शक्‍ति चलाएर मरिसकेको मानिसलाई पनि फेरि जीवित पार्न सकिन्छ भनेर येसुले देखाउनुहुनेछ।

येसुले पत्रुस, याकुब, युहन्‍ना र त्यो केटीको आमाबुबाबाहेक अरू सबैलाई बाहिर पठाउनुहुन्छ। अनि यी पाँच जनालाई लिएर उहाँ त्यो केटी भएको ठाउँमा जानुहुन्छ। उहाँ त्यो सानी केटीको हात समातेर उसलाई यसो भन्‍नुहुन्छ: “‘तालिता कूमी,’ जसको अनुवाद गर्दा अर्थ यस्तो हुन्छ: ‘ए नानी, म तिमीलाई भन्छु, उठ!’” (मर्कुस ५:४१) त्यो केटी उत्तिखेरै जुरुक्क उठेर हिँडडुल गर्न थाल्छे। याइरस र उनकी पत्नी यो देखेर कत्ति खुसी हुन्छन्‌ होला! त्यो केटी साँच्चै जीवित भएको कुराको थप प्रमाणस्वरूप येसु उसलाई केही खानेकुरा दिन अह्राउनुहुन्छ।

यसअघि मानिसहरूलाई निको पार्नुहुँदा उहाँ तिनीहरूलाई यसबारे कसैलाई थाह नदिनू भनेर आदेश दिनुहुन्थ्यो र यस पटक पनि यी आमाबुबालाई यही आदेश दिनुहुन्छ। तैपनि यी आमाबुबा र अरूले असाध्यै खुसी हुँदै “त्यस इलाकाको चारैतिर” यो खबर फैलाउँछन्‌। (मत्ति ९:२६) तपाईँले आफ्नो प्रिय व्यक्‍ति मृत्युबाट फेरि जीवित भएको देख्नुभएको भए के तपाईँ यसबारे उत्साहित भई अरूलाई बताउनुहुने थिएन र? येसुले मरिसकेको व्यक्‍तिलाई फेरि जीवित पार्नुभएको बाइबलमा रेकर्ड गरिएको यो दोस्रो विवरण हो।

  • याइरसलाई कस्तो खबर सुनाइन्छ र येसु तिनलाई कसरी ढाडस दिनुहुन्छ?

  • येसु याइरससँगै तिनको घरमा पुग्नुहुँदा त्यहाँको माहोल कस्तो छ?

  • येसुले मरिसकेकी ती सानी केटी निदाइरहेकी छे भन्‍नुको कारण के हो?

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने