प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • jy chap. ४८ p. १२०-p. १२१ par. ८
  • चमत्कारहरू गर्नुहुन्छ तर उहाँलाई नासरतमा समेत तिरस्कार गरिन्छ

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • चमत्कारहरू गर्नुहुन्छ तर उहाँलाई नासरतमा समेत तिरस्कार गरिन्छ
  • येसु—बाटो, सत्य र जीवन
  • मिल्दोजुल्दो सामग्री
  • याइरसको घर छाडेर फेरि नासरत जानुहुन्छ
    सबैभन्दा महान्‌ पुरुष
  • जायरसको घर छाड़ेर, फेरि नासरत तर्फ लाग्नुभएको
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९०
  • येशूले गर्नुभएका चमत्कारहरू यसबाट तपाईं के सिक्न सक्नुहुन्छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००४
  • चमत्कार—कसको शक्‍तिद्वारा?
    येसु—बाटो, सत्य र जीवन
थप हेर्नुहोस्
येसु—बाटो, सत्य र जीवन
jy chap. ४८ p. १२०-p. १२१ par. ८
येसु याइरसको घरबाट निस्कनुहुँदा भीड उहाँको पछि लाग्छ

अध्याय ४८

चमत्कारहरू गर्नुहुन्छ तर उहाँलाई नासरतमा समेत तिरस्कार गरिन्छ

मत्ति ९:२७-३४; १३:५४-५८ मर्कुस ६:१-६

  • येसु अन्धो मानिस र गुँगो मानिसलाई निको पार्नुहुन्छ

  • नासरतका मानिसहरू उहाँलाई तिरस्कार गर्छन्‌

येसु दिनभरि व्यस्त रहनुभएको छ। डेकापोलिसबाट फर्केपछि उहाँले रगत बग्ने बेथा भएकी स्त्रीलाई निको पार्नुभयो र याइरसकी छोरीलाई फेरि जीवित पार्नुभयो। तर दिन अझै सिद्धिएको छैन। याइरसको घरबाट जाँदै गर्नुहुँदा दुई जना अन्धा यसो भनेर कराउँदै उहाँको पछिपछि लाग्छन्‌: “हे दाउदका छोरा, हामीमाथि कृपा गर्नुहोस्‌।”—मत्ति ९:२७.

येसुलाई “दाउदका छोरा” भनेर सम्बोधन गरेर यी मानिसहरूले येसु दाउदको सिंहासनको उत्तराधिकारी हुनुहुन्छ र उहाँ नै मसीह हुनुहुन्छ भन्‍ने कुरामा आफ्नो विश्‍वास देखाउँछन्‌। तर येसुले तिनीहरूको पुकारालाई बेवास्ता गर्नुभएजस्तै देखिन्छ। सायद येसु तिनीहरू उहाँको पछिपछि लाग्न छोड्‌छन्‌ कि छोड्‌दैनन्‌ भनेर हेर्न चाहनुहुन्छ। तिनीहरू उहाँको पछि लाग्न छोड्‌दैनन्‌। येसु एउटा घरभित्र पस्नुहुँदा ती मानिसहरू पनि उहाँलाई पछ्याउँदै भित्र पस्छन्‌। येसु तिनीहरूलाई सोध्नुहुन्छ: “मैले तिमीहरूको आँखा खोलिदिन सक्छु भनेर के तिमीहरू विश्‍वास गर्छौ?” तिनीहरू निर्धक्क भई उहाँलाई यस्तो जवाफ दिन्छन्‌: “गर्छौँ प्रभु।” त्यसपछि तिनीहरूको आँखा छुँदै उहाँ यसो भन्‍नुहुन्छ: “तिमीहरूले विश्‍वास गरेअनुसारै तिमीहरूलाई होस्‌।”—मत्ति ९:२८, २९.

तब अचानक तिनीहरू देख्न सक्ने हुन्छन्‌! पहिले-पहिलेझैँ यस पटक पनि उहाँ यसबारे कसैलाई थाह नदिनू भन्‍नुहुन्छ। तर खुसीले गद्‌गद हुँदै तिनीहरू चारैतिर उहाँको विषयमा बताउँछन्‌।

यी दुई जना निस्कँदै गर्दा मानिसहरूले प्रेत बास गरेकोले गुँगो भएको मानिसलाई उहाँकहाँ ल्याउँछन्‌। येसु प्रेतलाई धपाउनुहुन्छ र ऊ तुरुन्तै बोल्न थाल्छ। मानिसहरू यो देखेर तीनछक पर्दै यसो भन्छन्‌: “इस्राएलमा कहिल्यै यस्तो देखिएको थिएन।” त्यहाँ फरिसीहरू पनि छन्‌। तिनीहरू उहाँले गर्नुभएका चमत्कारहरूलाई नकार्न सक्दैनन्‌। त्यसैले तिनीहरू उहाँले गर्नुभएको चमत्कारको स्रोतबारे पहिले जस्तै यसो भन्छन्‌: “प्रेतहरूको शासकबाट शक्‍ति पाएको भएर नै त्यसले प्रेतहरूलाई धपाउँछ।”—मत्ति ९:३३, ३४.

त्यसको केही समयपछि येसु आफ्नो गृहनगर नासरततिर लाग्नुहुन्छ। यसपालि उहाँसँगै चेलाहरू पनि छन्‌। झन्डै एक वर्षअघि उहाँले त्यहाँ सभाघरमा सिकाउनुभएको थियो। उहाँले सिकाउनुभएको कुरा सुनेर सुरु-सुरुमा त तिनीहरू प्रभावित भएका थिए तर पछि उहाँको शिक्षाप्रति आपत्ति जनाउँदै तिनीहरूले उहाँलाई मार्न खोजे। अब येसु फेरि आफ्ना पुराना छिमेकीहरूलाई मदत गर्न खोज्नुहुन्छ।

विश्रामदिनमा उहाँ सभाघरमा फर्कनुहुन्छ र सिकाउन थाल्नुहुन्छ। उहाँको कुरा सुनेर थुप्रै मानिस छक्क पर्छन्‌ र यसो समेत भन्छन्‌: “यस मानिसले यस्तो बुद्धि र शक्‍तिशाली कामहरू गर्ने क्षमता कहाँबाट पायो?” तिनीहरू यसो भन्छन्‌: “के यो त्यही सिकर्मीको छोरा होइन? अनि के यसकी आमाको नाम मरियम अनि भाइहरूको नाम याकुब, युसुफ, सिमोन र यहुदा होइन? के यसका बहिनीहरू सबै यहाँ हामीमाझ नै छैनन्‌? त्यसोभए यस मानिसले यी सबै कुरा कहाँबाट पायो?”—मत्ति १३:५४-५६.

मानिसहरू येसुलाई एक स्थानीय मानिसको रूपमा मात्र हेर्छन्‌। तिनीहरू सोच्छन्‌: ‘हाम्रै अगाडि हुर्केको यो मान्छे कसरी मसीह हुन सक्छ?’ येसुको अतुलनीय बुद्धि र उहाँका शक्‍तिशाली कामहरू देखेर पनि तिनीहरू उहाँलाई तिरस्कार गर्छन्‌। येसुलाई राम्ररी चिन्‍ने उहाँका नातेदारहरूले समेत उहाँलाई तिरस्कार गर्छन्‌। यसैकारण उहाँ यसो भन्‍नुहुन्छ: “भविष्यवक्‍ताले सबै ठाउँमा आदर पाउँछ तर आफ्नै इलाका र आफ्नै घरमा भने पाउँदैन।”—मत्ति १३:५७.

तिनीहरूले विश्‍वास नगरेको देखेर येसु छक्क पर्नुहुन्छ। त्यसैले “त्यहाँ केही बिरामीहरूमाथि आफ्नो हात राखेर तिनीहरूलाई निको पार्नेबाहेक” उहाँ अरू कुनै चमत्कार गर्नुहुन्‍न।—मर्कुस ६:५, ६.

  • अन्धा मानिसहरूले येसुलाई “दाउदका छोरा” भनेर सम्बोधन गर्दा कुन कुरामा विश्‍वास गरेको देखाउँछन्‌?

  • येसुले गर्नुभएका चमत्कारहरूको स्रोतबारे फरिसीहरू फेरि पनि के भन्छन्‌?

  • नासरतका मानिसहरू येसुबारे कस्तो धारणा राख्छन्‌ र किन?

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने