प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • आफ्नो परिश्रमको फलस्वरूप आनन्द उपभोग गर्नुहोस्‌
    “आफूलाई परमेश्‍वरको प्रेम पाउन लायक बनाइराख”
    • ६, ७. येशूले लामो समयदेखि कडा मेहनत गर्ने व्यक्‍तिको रूपमा कस्तो नाम कमाउनुभयो?

      ६ येशूले पनि लामो समयदेखि कडा मेहनत गर्ने व्यक्‍तिको रूपमा नाम कमाउनुभएको छ। मानिस भएर जन्मनुअघि “स्वर्ग अनि पृथ्वीका अरू सबै थोक” सृष्टि गर्ने बेलामा येशूले परमेश्‍वरको मुख्य “कारिगर” भएर काम गर्नुभयो। (कलस्सी १:१५-१७; हितोपदेश ८:२२-३१ NRV) पृथ्वीमा छँदा पनि येशूले कडा मेहनत गरिरहनुभयो। सानै छँदा उहाँले निर्माणको काम सिक्नुभयो र “सिकर्मी” भनेर चिनिनुभयो। a (मर्कूस ६:३) यो काममा धेरै पसिना बगाउनुपर्थ्यो र विभिन्‍न किसिमको सीप पनि चाहिन्थ्यो—विशेषगरि काठ मिल, काठ गोदाम र बिजुलीबाट चल्ने विभिन्‍न औजार नभएको समयमा। कल्पना गर्नुहोस्‌ त येशू काँधमा बन्चरो राखेर टिम्बर खोज्न जाँदै हुनुहुन्छ, रूख ढाल्दै हुनुहुन्छ, र आफूले काम गर्ने ठाउँसम्म काठ लैजाँदै हुनुहुन्छ। येशूले घर बनाउँदै गरेको के तपाईं कल्पना गर्न सक्नुहुन्छ? उहाँ छानाको काठ बनाउँदै हुनुहुन्छ, छानामा हाल्दै हुनुहुन्छ, झ्याल-ढोका र फर्निचर बनाउँदै हुनुहुन्छ। कडा मेहनत गरेर राम्ररी गरिएको कामबाट कत्ति सन्तुष्टि मिल्छ भनेर येशू आफैले अनुभव गर्नुभयो भन्‍ने कुरामा कुनै शङ्‌का छैन।

  • आफ्नो परिश्रमको फलस्वरूप आनन्द उपभोग गर्नुहोस्‌
    “आफूलाई परमेश्‍वरको प्रेम पाउन लायक बनाइराख”
    • a “सिकर्मी” भनेर नेपालीमा अनुवाद गरिएको ग्रीक शब्दले “काठसम्बन्धी सम्पूर्ण काम गर्ने व्यक्‍तिलाई बुझाउँछ—घर बनाउँदा काठको काम गर्ने, फर्निचर बनाउने, काठसम्बन्धी जुनसुकै काम गर्ने।”

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने