प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • “ख्रिष्ट नै परमेश्‍वरको शक्‍ति . . . हुनुहुन्छ”
    यहोवासित नजिक हुनुहोस्‌
    • १८-२०. (क) येसुले कस्तो कुरा विचार गरेर आफ्नो शक्‍ति प्रयोग गर्नुहुन्थ्यो? (ख) उहाँले एक जना बहिरोलाई निको पार्नुभएको तरिका तपाईँलाई कस्तो लाग्यो?

      १८ येसु मानिसहरूको दुःखकष्ट र आवश्‍यकताको वास्ता नगर्ने शासकहरूजस्तो हुनुहुन्‍न थियो। उहाँ शक्‍तिशाली हुनुभए तापनि अरूप्रति विचारशील हुनुहुन्थ्यो। उहाँ मानिसहरूको ख्याल राख्नुहुन्थ्यो। पीडाले छटपटिरहेकाहरूलाई देख्दा उहाँ असाध्यै टिठाउनुहुन्थ्यो र तिनीहरूको पीडा हटाइदिनुहुन्थ्यो। (मत्ति १४:१४) उहाँ मानिसहरूको भावना र आवश्‍यकताप्रति विचारशील हुनुहुन्थ्यो अनि त्यो कुरा उहाँले आफ्नो शक्‍ति प्रयोग गर्नुभएको तरिकामा पनि झल्किन्थ्यो। त्यस्तै एउटा मन छुने विवरण मर्कुस ७:३१-३७ मा पाउँछौँ।

      १९ एकपटक विभिन्‍न किसिमका बिरामीहरू लिएर मानिसहरूको एउटा भीड येसुकहाँ आयो र उहाँले तिनीहरू सबैलाई निको पार्नुभयो। (मत्ति १५:२९, ३०) तर एक जना मानिसलाई भने उहाँले विशेष तरिकामा निको पार्नुभयो। ऊ बहिरो र भकभके थियो। उसले अप्ठेरो मानिरहेको येसुले याद गर्नुभएको हुन सक्छ। त्यसैले उहाँले उसलाई भीडबाट पर एकान्त ठाउँमा लैजानुभयो। उहाँ ऊप्रति विचारशील हुनुभयो र अब आफूले गर्न लागेको कुरा बताउन इसारा गर्नुभयो। उहाँले “उसको कानमा आफ्नो औँला हाल्नुभयो अनि थुकेपछि उसको जिब्रो छुनुभयो।”c (मर्कुस ७:३३) त्यसपछि उहाँले आकाशतिर हेर्दै लामो सास तानेर प्रार्थना गर्नुभयो। त्यसो गरेर उहाँले त्यो बहिरोलाई एक अर्थमा यसो भन्दै हुनुहुन्थ्यो, ‘म जे गर्दै छु, त्यो परमेश्‍वरको शक्‍ति पाएर गर्दै छु।’ त्यसपछि उहाँले भन्‍नुभयो: “खोलिजा।” (मर्कुस ७:३४) उहाँले त्यसो भन्‍नेबित्तिकै ऊ सुन्‍न सक्ने भयो र उसको बोली पनि प्रस्ट भयो।

  • “ख्रिष्ट नै परमेश्‍वरको शक्‍ति . . . हुनुहुन्छ”
    यहोवासित नजिक हुनुहोस्‌
    • c यहुदी र अन्यजातिका मानिसहरू थुक्नुलाई बिरामी निको पार्ने एउटा तरिका वा चिन्हको रूपमा लिन्थे। त्यसैले येसुले त्यस मानिसलाई निको पार्न लागेको कुरा देखाउन यसो गर्नुभएको हुन सक्छ। कारण जेसुकै होस्‌, येसुले आफ्नो थुकलाई प्राकृतिक औषधीको रूपमा प्रयोग गर्नुभएको थिएन।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने