प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • jy chap. २५ p. ६४-p. ६५ par. ६
  • करुणाले भरिएर एक जना कुष्ठरोगीलाई निको पार्नुहुन्छ

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • करुणाले भरिएर एक जना कुष्ठरोगीलाई निको पार्नुहुन्छ
  • येसु—बाटो, सत्य र जीवन
  • मिल्दोजुल्दो सामग्री
  • एक जना कुष्ठरोगीलाई अनुकम्पा
    सबैभन्दा महान्‌ पुरुष
  • “ख्रिष्टको प्रेम जान”
    यहोवासित नजिक हुनुहोस्‌
  • के तिमी धन्यवाद भन्‍न सम्झन्छौ?
    महान्‌ शिक्षकबाट सिकौं
  • उहाँले मानिसहरूलाई माया गर्नुभयो
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१५
थप हेर्नुहोस्
येसु—बाटो, सत्य र जीवन
jy chap. २५ p. ६४-p. ६५ par. ६
येसु उहाँलाई दण्डवत्‌ गरेको कुष्ठरोगीलाई छुनुहुन्छ

अध्याय २५

करुणाले भरिएर एक जना कुष्ठरोगीलाई निको पार्नुहुन्छ

मत्ति ८:१-४ मर्कुस १:४०-४५ लुका ५:१२-१६

  • येसु एक जना कुष्ठरोगीलाई निको पार्नुहुन्छ

येसु र उहाँका चार जना चेला ‘सारा गालिलभरि सभाघरहरूमा’ प्रचार गर्दै जानुहुँदा उहाँले गर्नुभएका अचम्मका कामहरूको चर्चा चारैतिर फैलिन्छ। (मर्कुस १:३९) उहाँको कीर्ति एउटा सहरमा पनि फैलिन्छ, जहाँ एक जना कुष्ठरोगी छ। डाक्टर लुकाअनुसार उसको “पूरै शरीरभरि कुष्ठरोग लागेको” छ। (लुका ५:१२) यो प्राणघातक रोगले ग्रसित भएपछि शरीरका अङ्‌गहरू बिस्तारै कुरूप हुँदै जान्छन्‌।

यो कुष्ठरोगीको अवस्था नाजुक छ र मोसाको व्यवस्थाअनुसार ऊ अरूबाट अलग्गै बस्नुपर्छ। यसबाहेक मानिसहरू नजिक नआऊन्‌ र तिनीहरूलाई रोग नसरोस्‌ भनेर ऊ “अशुद्ध, अशुद्ध!” भन्दै कराउनुपर्छ। (लेवी १३:४५, ४६) तर ऊ के गर्छ? ऊ येसुको नजिक आएर उहाँलाई दण्डवत्‌ गर्दै यस्तो बिन्ती गर्छ: “प्रभु, तपाईँले मलाई शुद्ध पार्न सक्नुहुन्छ। तपाईँले इच्छा गर्नुभए पुग्छ।”—मत्ति ८:२.

येसुमाथि यस मानिसको कत्ति ठूलो विश्‍वास! कुष्ठरोगले ग्रसित भएको कारण ऊ पक्कै कुरूप देखिन्छ। तर येसु के गर्नुहुन्छ? तपाईँ त्यहाँ हुनुभएको भए तपाईँ के गर्नुहुन्थ्यो? करुणाले भरिएर येसु आफ्नो हात पसार्नुहुन्छ र उसलाई छुनुहुन्छ। येसु उसलाई यसो भन्‍नुहुन्छ: “म इच्छा गर्छु। तिमी शुद्ध भइजाऊ।” (मत्ति ८:३) उसको कुष्ठरोग तुरुन्तै हट्‌छ, जुन कुरा पत्याउन धेरैलाई गाह्रो हुन सक्छ।

के तपाईँ येसुजस्तो करुणाले भरिएको र योग्य व्यक्‍ति आफ्नो राजा भएको चाहनुहुन्‍न र? येसुले यस कुष्ठरोगीसित गर्नुभएको व्यवहारबाट उहाँले सारा पृथ्वीमाथि शासन गर्न थाल्नुभएपछि बाइबलको यो भविष्यवाणी पूरा हुने आश्‍वासन पाउँछौँ: “तिनी दीनदुःखी र गरिबहरूमाथि टिठाउनेछन्‌ अनि तिनले गरिबहरूको ज्यान जोगाउनेछन्‌।” (भजन ७२:१३) हो, पीडा भोगिरहेका सबै मानिसलाई मदत गर्ने आफ्नो इच्छा येसुले त्यतिबेला पूरा गर्नुहुनेछ।

याद गर्नुहोस्‌, यस कुष्ठरोगीलाई निको पार्नुअघि नै येसुको सेवाको कामले गर्दा मानिसहरूमाझ उत्साह छाएको छ। अब मानिसहरूले उहाँले गर्नुभएको यस कामबारे पनि सुन्‍नेछन्‌। तर सुनेको भरमा मात्र मानिसहरूले उहाँमाथि विश्‍वास गरेको उहाँ चाहनुहुन्‍न। किनकि “तिनले सडकमा गएर आफ्नो स्वर सुनाउनेछैनन्‌” अर्थात्‌ सनसनीपूर्ण तरिकामा आफ्नो कुरा सुनाउनेछैनन्‌ भनेर उहाँबारे गरिएको भविष्यवाणी उहाँलाई थाह छ। (यसैया ४२:१, २) त्यसैले निको भएको यस कुष्ठरोगीलाई उहाँ यस्तो आज्ञा दिनुहुन्छ: “यो कुरा कसैलाई नभन बरु गएर पुजारीलाई देखाऊ अनि मोसाले तोकेबमोजिमको भेटी चढाऊ।”—मत्ति ८:४.

तर यो मानिस आफू निको भएकोमा यत्ति खुसी छ कि ऊ यो कुरा अरूलाई नभनी बस्नै सक्दैन। त्यहाँबाट गएपछि उसले जताततै यसबारे कुरा गर्छ। यसले गर्दा मानिसहरूमा थप कौतूहलता जाग्छ। उहाँले गर्नुभएको यस कामको चर्चा यति धेरै हुन्छ कि उहाँ सहरमा खुलेआम पस्न समेत सक्नुहुन्‍न। त्यसैले केही समय उहाँ सहरबाहिर एकान्त ठाउँमा बस्नुहुन्छ। तैपनि चारैतिरका मानिसहरू उहाँको कुरा सुन्‍न र निको हुन उहाँ भएको ठाउँमा आउँछन्‌।

  • कुष्ठरोगले मानिसलाई कस्तो अवस्थामा पुऱ्‍याउन सक्छ? कुष्ठरोगीले के गर्नुपर्थ्यो?

  • एक जना कुष्ठरोगीले येसुलाई कस्तो बिन्ती गर्छ र येसुको प्रतिक्रियाबाट हामी उहाँबारे के थाह पाउन सक्छौँ?

  • निको भएपछि यस कुष्ठरोगीले के गर्छ र यसले अरू मानिसमा कस्तो प्रभाव पार्छ?

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने