प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • अङ्‌गुर बगानसम्बन्धी दुई वटा उदाहरण
    येसु—बाटो, सत्य र जीवन
    • यसपछि येसु अर्को उदाहरण बताउनुहुन्छ। यस पटक उहाँ ती धर्मगुरुहरूले परमेश्‍वरको सेवालाई हेलचेक्र्‌याइँ मात्र गरेका छैनन्‌, तिनीहरू दुष्ट पनि छन्‌ भनेर प्रस्ट पार्नुहुन्छ। येसु भन्‍नुहुन्छ: “एक जना मानिसले अङ्‌गुर बगान लगाएर त्यसको वरिपरि बार हाल्यो। त्यसपछि उसले अङ्‌गुर पेल्ने कोल खन्यो र एउटा मचान खडा गऱ्‍यो। अनि मोहीहरूलाई त्यसको ठेक्का दिएर आफूचाहिँ विदेशतिर लाग्यो। फल टिप्ने बेला भएपछि उसले अङ्‌गुर बगानको कुत उठाउन आफ्नो एक जना दासलाई मोहीहरूकहाँ पठायो। तर तिनीहरूले त्यसलाई समातेर कुटे अनि रित्तो हात फर्काइदिए। उसले तिनीहरूकहाँ अर्को एक जना दासलाई पठायो तर तिनीहरूले त्यसलाई टाउकोमा हिर्काए र त्यसको बेइज्जत गरे। उसले फेरि अर्को एक जनालाई पठायो तर तिनीहरूले त्यसलाई मारे। यसैगरि उसले अरू थुप्रै दासलाई पनि पठायो तर तिनीहरूले कसैलाई कुटे अनि कसैलाई चाहिँ मारे।”—मर्कुस १२:१-५.

      येसुको कुरा सुनिरहेकाहरूले के यो उदाहरण बुझ्छन्‌? सायद तिनीहरू परमेश्‍वरले यसैयामार्फत भन्‍नुभएको यो कुरा सम्झन्छन्‌: “म सेनाहरूका यहोवा हुँ र इस्राएलको घराना मेरो अङ्‌गुर बगान हो। मलाई मन परेको बोट यहुदाका मानिसहरू हुन्‌। मैले न्यायको आशा गरेको थिएँ तर हेर, चारैतिर अन्याय भयो।” (यसैया ५:७) येसुको उदाहरण पनि यस्तै छ। जग्गाधनी यहोवा हुनुहुन्छ अनि अङ्‌गुर बगानचाहिँ इस्राएल राष्ट्र हो, जुन राष्ट्र परमेश्‍वरको व्यवस्थाद्वारा चारैतिर बार हालिएको र सुरक्षित थियो। आफ्ना मानिसहरूलाई निर्देशनहरू दिन र असल फल फलाउन मदत गर्न यहोवाले भविष्यवक्‍ताहरू पठाउनुभएको थियो।

  • अङ्‌गुर बगानसम्बन्धी दुई वटा उदाहरण
    येसु—बाटो, सत्य र जीवन
    • यसरी तिनीहरू अनजानमै आफूमाथि न्यायको घोषणा गर्छन्‌ किनकि तिनीहरू पनि यहोवाको “अङ्‌गुर बगान” अर्थात्‌ इस्राएल राष्ट्रका “मोहीहरू” हुन्‌। यहोवाले ती मोहीहरूबाट चाहनुभएको फल भनेको तिनीहरूले उहाँको छोरा अर्थात्‌ मसीहमाथि विश्‍वास गरून्‌ भन्‍ने हो। अब येसु सीधै ती धर्मगुरुहरूलाई हेरेर यसो भन्‍नुहुन्छ: “के तिमीहरूले धर्मशास्त्रमा यो अंश कहिल्यै पढेका छैनौ, ‘जुन ढुङ्‌गोलाई डकर्मीहरूले काम नलाग्ने ठाने, त्यही ढुङ्‌गो नै कुनाको शिरढुङ्‌गो बनेको छ। यहोवाले त्यसो गर्नुभएको हो र यो हाम्रो नजरमा साह्रै अचम्मको छ’?” (मर्कुस १२:१०, ११) त्यसपछि येसु आफ्नो कुरा यसरी स्पष्ट पार्नुहुन्छ: “त्यसैले म तिमीहरूलाई भन्छु, परमेश्‍वरको राज्यमा पस्ने मौका तिमीहरूको हातबाट खोसिनेछ र एउटा यस्तो जातिलाई दिइनेछ, जसले त्यस राज्यको लागि सुहाउँदो फल फलाउँछ।”—मत्ति २१:४३.

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने