प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • आत्मिक संसारका शासकहरू
    प्रहरीधरहरा—१९९५ | जुलाई १५
    • येशूको बप्तिस्माको थोरै समयपश्‍चात्‌ उहाँलाई शैतान अर्थात्‌ दियाबल भनिने अदृश्‍य आत्मिक प्राणीले प्रलोभित गऱ्‍यो। ती प्रलोभनहरूमध्ये एउटालाई उद्धरण गर्दै बाइबल यसो भन्छ: “दुष्टात्माले उहाँलाई [येशू] एउटा अल्गो पर्वतमा लगेर जगत्‌का सबै राज्य र तिनको गौरव उहाँलाई देखायो।” (मत्ती ४:८) त्यसपछि शैतानले येशूलाई यसो भन्यो: “म यो सारा अख्तियार र यिनको गौरव तपाईंलाई दिनेछु, किनभने यी सबै मलाई सुम्पिएको छ, औ जसलाई इच्छा गर्दछु, म यो दिनसक्छु। यसकारण तपाईंले मेरै सामने दण्डवत्‌ गर्नुभयो भने यी सबै तपाईंका हुनेछन्‌।”—लूका ४:६, ७.

      शैतानले यस संसारका सम्पूर्ण राज्य वा सरकारहरूमाथि आफ्नो अख्तियार भएको दाबी गऱ्‍यो। के येशूले यो दाबीलाई इन्कार गर्नुभयो? अहँ, गर्नुभएन। वास्तवमा, उहाँले अर्को अवसरमा शैतानलाई “संसारको शासक” भनी सम्बोधन गर्नुभएर यो दाबी पुष्टि गर्नुभयो।—यूहन्‍ना १४:३०.

      बाइबलअनुसार शैतान असाध्यै शक्‍तिशाली दुष्ट स्वर्गदूत हो। मसीही प्रेरित पावलले शैतानलाई “दुष्ट्याइँका आत्मिक सेनाहरू[सित]” गाँसेका छन्‌ र तिनीहरूलाई “अन्धकारका सांसारिक शासकहरू” भनेका छन्‌। (एफिसी ६:११, १२) यसबाहेक, प्रेरित यूहन्‍नाले “सारा संसार त्यस दुष्टको अधीनमा परेको छ” भने। (१ यूहन्‍ना ५:१९) बाइबल पुस्तक, प्रकाशले बताएअनुसार शैतानले ‘सारा संसारलाई ठगिरहेको’ छ। (प्रकाश १२:९) लाक्षणिक शब्दमा भन्‍ने हो भने, बाइबल पुस्तक, प्रकाशले शैतानलाई एउटा अजिंगरको रूपमा पनि चित्रण गरेको छ जसले यस संसारको राजनैतिक प्रणालीलाई “आफ्नो शक्‍ति, आफ्नो सिंहासन र ठूलो अख्तियार” दिन्छ।—प्रकाश १३:२.

      मानिसहरूलाई हानि पुऱ्‍याउन मानिसहरूलाई नै चलाउने दुष्ट शक्‍ति सक्रिय छ भनेर संसारका घटनाहरूले पनि पुष्टि गर्छ। अन्य कुन कारणले गर्दा मानव सरकारहरू शान्ति प्रवर्धन गर्न असफल भएका छन्‌? कुन कारणले गर्दा मानिसहरू एकअर्कालाई घृणा गर्छन्‌ र मार्छन्‌? गृहयुद्धमा हत्या र मृत्यु भएको देखेर एक व्याकुल प्रत्यक्षदर्शीले यसो भने: “मैले यो अत्याचारको कारण बुझेकी छैनँ। यसको कारण घृणा मात्र होइन। एकअर्कालाई नाश गर्न दुष्टात्माले मानिसहरूलाई चलाइरहेको छ।”

  • आत्मिक संसारका शासकहरू
    प्रहरीधरहरा—१९९५ | जुलाई १५
    • शैतानलाई शासन गर्ने अनुमति किन दिइएको छ

      शैतानले येशूलाई यस पृथ्वीको शासनसम्बन्धी भनेको कुरा के तपाईंले सम्झनुभएको छ? शैतानले भन्यो, “म यो सारा अख्तियार . . . तपाईंलाई दिनेछु, किनभने यी सबै मलाई सुम्पिएको छ।” (लूका ४:६) त्यस वाक्यांशले देखाएअनुसार परमेश्‍वरको अनुमतिद्वारा मात्र शैतान अर्थात्‌ दियाबलले आफ्नो अख्तियारको प्रयोग गर्छ। तर परमेश्‍वरले शैतानलाई किन रहिरहने अनुमति दिनुहुन्छ?

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने