प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • jy chap. २९ p. ७२-p. ७३ par. ८
  • विश्रामदिनमा असल काम गर्न मिल्छ?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • विश्रामदिनमा असल काम गर्न मिल्छ?
  • येसु—बाटो, सत्य र जीवन
  • मिल्दोजुल्दो सामग्री
  • विश्राम-दिनमा असल काम
    सबैभन्दा महान्‌ पुरुष
  • उहाँले मानिसहरूलाई माया गर्नुभयो
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१५
  • येशू बिरामी निको पार्नुहुन्छ
    बाइबलका कथाहरू भएको मेरो पुस्तक
  • “उहाँको समय अझै आइपुगेको थिएन”
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०००
येसु—बाटो, सत्य र जीवन
jy chap. २९ p. ७२-p. ७३ par. ८
येसु बेथजाथा भनिने कुण्डमा एक जना बिरामीसँग कुरा गर्नुहुन्छ

अध्याय २९

विश्रामदिनमा असल काम गर्न मिल्छ?

युहन्‍ना ५:१-१६

  • येसु यहुदियामा प्रचार गर्नुहुन्छ

  • उहाँ कुण्डमा एक जना बिरामीलाई निको पार्नुहुन्छ

गालिलको व्यापक सेवाको कामको दौडान येसुले थुप्रै काम गरिसक्नुभएको छ। तर उहाँले “मैले अरू सहरमा पनि परमेश्‍वरको राज्यको सुसमाचार सुनाउनुपर्छ” भन्‍नुहुँदा उहाँ गालिलबाहेक अरू ठाउँबारे पनि सोच्दै हुनुहुन्छ। त्यसैले उहाँ गएर ‘यहुदियाका सभाघरहरूमा प्रचार गर्न थाल्नुहुन्छ।’ (लुका ४:४३, ४४) अनि यसो गर्नु उपयुक्‍त पनि छ किनकि यो वसन्त ऋतुको समय हो र यरुसलेममा चाड मनाउने समय नजिकै छ।

सुसमाचारका किताबहरूमा येसुले गालिलमा गर्नुभएको सेवाको कामबारे जे-जति बताइएको छ, त्यसको तुलनामा उहाँले यहुदियामा गर्नुभएका कामहरूबारे थोरै मात्र बताइएको छ। यहुदियाका प्रायजसो मानिसले सुसमाचारमा चासो नदेखाए तापनि येसु त्यहाँ जोसका साथ प्रचार गरिरहनुहुन्छ र असल कामहरू पनि गरिरहनुहुन्छ।

अब येसु इस्वी संवत्‌ ३१ को निस्तार चाड मनाउन यहुदियाको प्रमुख सहर यरुसलेमतिर लाग्नुहुन्छ। भेडा-ढोकानजिकै पर्ने एउटा व्यस्त ठाउँमा बेथजाथा भनिने कुण्ड छ र त्यसको चारैतिर खम्बै-खम्बा भएको दलान छ। त्यस कुण्डमा थुप्रै बिरामी, अन्धा र लङ्‌गडा मानिसहरू आउँछन्‌। किन? किनकि कुण्डको पानी छचल्किँदा कुनै बिरामी त्यो कुण्डमा पस्यो भने ऊ निको हुन्छ भन्‍ने धारणा छ।

यो विश्रामदिन हो र येसुले यस कुण्डमा ३८ वर्षदेखि बिरामी भएको एक जना मानिसलाई देख्नुहुन्छ। येसु उसलाई सोध्नुहुन्छ: “के तिमी निको हुन चाहन्छौ?” त्यस मानिसले उहाँलाई यस्तो जवाफ दिन्छ: “हजुर, कुण्डको पानी छचल्किएको बेला मलाई त्यहाँ हालिदिने मानिस कोही पनि छैन। त्यसैले म त्यहाँ जाँदा-जाँदै मभन्दा अघि नै अर्को मानिस पसिहाल्छ।”—युहन्‍ना ५:६, ७.

येसु त्यस मानिसलाई एउटा अचम्मलाग्दो कुरा भन्‍नुहुन्छ: “उठ, तिम्रो ओछ्यान बोकेर जाऊ।” (युहन्‍ना ५:८) अनि उसले ठीक त्यसै गर्छ। ऊ तुरुन्तै निको हुन्छ अनि आफ्नो ओछ्यान बोकेर हिँड्‌न थाल्छ!

यहुदीहरू येसुले निको पारिदिनुभएको मानिससित कुरा गर्छन्‌

यस्तो अचम्मको काम देखेर खुसी हुनुको साटो यहुदीहरू आलोचना गर्दै त्यस मानिसलाई यसो भन्छन्‌: “आज विश्रामदिन हो। त्यसैले तिमीले ओछ्यान बोक्नु उचित छैन।” तर ऊ तिनीहरूलाई भन्छ: “जसले मलाई निको पार्नुभयो, उहाँले नै मलाई ‘तिम्रो ओछ्यान बोकेर जाऊ’ भन्‍नुभयो।” (युहन्‍ना ५:१०, ११) ती यहुदीहरू विश्रामदिनमा निको पार्ने मानिसको आलोचना गर्छन्‌।

“तिमीलाई ‘ओछ्यान बोकेर जाऊ’ भन्‍ने मानिस को हो?” भनेर तिनीहरू सोध्छन्‌। तिनीहरू उसलाई किन यस्तो प्रश्‍न सोध्छन्‌? किनकि यतिबेलासम्म येसु ‘त्यहाँ जम्मा भएको भीडमा मिसिसक्नुभएको छ’ र निको भएको यस मानिसलाई उहाँको नाम थाह छैन। (युहन्‍ना ५:१२, १३) तर येसुसित यस मानिसको फेरि पनि भेट हुनेछ। नभन्दै उसले येसुलाई मन्दिरमा भेट्‌छ र आफूलाई कसले निको पारिदिएको रहेछ भनेर थाह पाउँछ।

‘तिमीलाई निको पारिदिने मानिस को हो’ भनेर सोधेका यहुदीहरूलाई यस मानिसले भेट्‌छ। उसले उहाँ येसु हुनुहुँदो रहेछ भनेर बताउँछ। यो थाह पाएपछि ती यहुदीहरू येसुकहाँ जान्छन्‌। के तिनीहरू येसुले त्यस्तो अचम्मको काम कसरी गर्न सक्नुभयो भनेर सोध्न गएका हुन्‌? होइनन्‌। बरु तिनीहरू येसुले विश्रामदिनमा असल काम गर्नुभएकोमा उहाँलाई दोषी ठहऱ्‍याउन गएका हुन्‌। तिनीहरू येसुको खेदोसमेत गर्न थाल्छन्‌।

  • येसु किन यहुदियातिर लाग्नुहुन्छ र उहाँ अझै कुन काम गर्दै हुनुहुन्छ?

  • थुप्रै मानिस किन बेथजाथा भनिने कुण्डमा जान्छन्‌?

  • येसु कुण्डमा कस्तो चमत्कार गर्नुहुन्छ र केही यहुदीहरू कस्तो प्रतिक्रिया देखाउँछन्‌?

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने