प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • jy chap. २६ p. ६६-p. ६७ par. ७
  • “तिम्रो पाप क्षमा भयो”

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • “तिम्रो पाप क्षमा भयो”
  • येसु—बाटो, सत्य र जीवन
  • मिल्दोजुल्दो सामग्री
  • फर्केर कफर्नहुमको घरमा आउनुहुन्छ
    सबैभन्दा महान्‌ पुरुष
  • के परमेश्‍वरले मलाई क्षमा दिनुहुन्छ?
    बाइबल प्रश्‍नहरूको जवाफ
  • “क्षमा गर्न सधैँ तयार” परमेश्‍वर
    यहोवासित नजिक हुनुहोस्‌
  • “तिम्रो पाप क्षमा भयो”
    हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका २०१८
थप हेर्नुहोस्
येसु—बाटो, सत्य र जीवन
jy chap. २६ p. ६६-p. ६७ par. ७
पक्षाघात भएको मानिसलाई छाना उघारेर येसुको नजिक पुऱ्‍याइन्छ

अध्याय २६

“तिम्रो पाप क्षमा भयो”

मत्ति ९:१-८ मर्कुस २:१-१२ लुका ५:१७-२६

  • येसु पक्षाघात भएको मानिसको पाप क्षमा गर्नुहुन्छ र उसलाई निको पार्नुहुन्छ

यतिन्जेल टाढा-टाढाका मानिसहरूले समेत येसुबारे सुनिसकेका छन्‌। धेरै मानिस उहाँले सिकाउनुभएको कुरा सुन्‍न र उहाँका शक्‍तिशाली कामहरू हेर्न उहाँ हुनुभएको एकान्त ठाउँमा जान्छन्‌। तर केही दिनपछि उहाँ कफर्नहुम फर्कनुहुन्छ, जुन ठाउँ उहाँको गतिविधिको केन्द्र हो। उहाँ फर्कनुभएको खबर गालिलको किनारमा अवस्थित यो सहरभरि तुरुन्तै फैलन्छ। धेरै मानिस उहाँ बस्नुभएको घरमा आउँछन्‌। त्यहाँ आएका मानिसहरूमध्ये कोही-कोही फरिसी र व्यवस्थाका शिक्षकहरू हुन्‌। तिनीहरू गालिल, यहुदिया र यरुसलेमबाट समेत आएका छन्‌।

‘त्यहाँ थुप्रै मानिस भेला हुन्छन्‌, यहाँसम्म कि ढोकाभित्र छिर्न समेत नमिल्नेगरि मानिसहरूले घर खचाखच भरिन्छ अनि उहाँ तिनीहरूलाई परमेश्‍वरको वचन सुनाउन थाल्नुहुन्छ।’ (मर्कुस २:२) एउटा असाधारण घटना घट्‌नै लागेको छ। यस घटनाले मानिसहरूले भोगिरहेका दुःखकष्टको कारणलाई हटाउने र आफूले चाहेका मानिसहरूलाई स्वस्थ बनाउने शक्‍ति येसुसित छ भन्‍ने कुरा बुझ्न हामीलाई मदत गर्न सक्छ।

येसुले भीडलाई सिकाइरहनुभएको बेला चार जना मानिसले पक्षाघात भएको एक जना मानिसलाई खाटसहित बोकेर ल्याउँछन्‌। येसुले तिनीहरूको साथीलाई निको पारिदिनुभएको तिनीहरू चाहन्छन्‌। तर भीडले गर्दा तिनीहरू “उसलाई येसुको नजिक पुऱ्‍याउन” सक्दैनन्‌। (मर्कुस २:४) त्यसैले तिनीहरू त्यस घरको छानामाथि चढ्‌छन्‌ र छाना उघारेर पक्षाघात भएको त्यस मानिसलाई खाटसहित तल ओराल्छन्‌।

आफ्नो कामलाई यसरी बीचमै रोकेकोमा के येसु रिसाउनुहुन्छ? अहँ रिसाउनुहुन्‍न! तिनीहरूको विश्‍वास देखेर येसुको मन छुन्छ अनि पक्षाघात भएको त्यस मानिसलाई यसो भन्‍नुहुन्छ: “तिम्रो पाप क्षमा भयो।” (मत्ति ९:२) तर के येसुले साँच्चै पाप क्षमा गर्न सक्नुहुन्छ? शास्त्री र फरिसीहरू मनमनै यस्तो तर्क गर्दै बखेडा खडा गर्न खोज्छन्‌: “यस मानिसले किन यसरी कुरा गर्दै छ? यसले त परमेश्‍वरको निन्दा गर्दै छ। परमेश्‍वरबाहेक अरू कसले पाप क्षमा गर्न सक्छ र?”—मर्कुस २:७.

तिनीहरूले के सोचिरहेका छन्‌ भनी थाह पाएर येसु तिनीहरूलाई यसो भन्‍नुहुन्छ: “तिमीहरू किन आफ्नो हृदयमा यस्तो तर्क गर्दै छौ? पक्षाघात भएको मानिसलाई के भन्‍न सजिलो छ, ‘तिम्रो पाप क्षमा भयो’ भन्‍न कि ‘उठ अनि तिम्रो खाट बोकेर जाऊ’ भन्‍न?” (मर्कुस २:८, ९) हो, आफूले भविष्यमा चढाउने बलिदानको आधारमा येसुले त्यस मानिसको पाप क्षमा गर्न सक्नुहुन्छ।

त्यसपछि येसु आफ्ना आलोचकहरूलगायत त्यहाँ उपस्थित सबैलाई आफूसित पृथ्वीमा मानिसहरूको पाप क्षमा गर्ने अधिकार भएको कुरा देखाउनुहुन्छ। उहाँ पक्षाघात भएको त्यस मानिसतर्फ फर्केर यस्तो आज्ञा दिनुहुन्छ: “म तिमीलाई भन्छु, उठ, तिम्रो खाट बोक अनि घर जाऊ।” तब ऊ जुरुक्क उठ्‌छ अनि आफ्नो खाट बोकेर सबैले देख्ने गरी त्यहाँबाट हिँडेर बाहिर निस्कन्छ। मानिसहरू चकित हुन्छन्‌! तिनीहरू परमेश्‍वरको महिमा गर्दै यसो भन्छन्‌: “यस्तो त हामीले कहिल्यै देखेका थिएनौँ।”—मर्कुस २:११, १२.

येसुले पाप र रोगबिमारबीच अनि पापको क्षमा पाउनु र शारीरिक रूपमा स्वस्थ हुनुबीच सम्बन्ध छ भनेर देखाउनु उल्लेखनीय छ। हाम्रो पहिलो पुर्खा आदमको पापले गर्दा हामीले जन्मजातै रोगबिमार र मृत्यु भोग्नुपरिरहेको छ भनेर बाइबल सिकाउँछ। तर परमेश्‍वरलाई प्रेम गर्ने र उहाँको सेवा गर्नेहरू सबैको पाप येसुले परमेश्‍वरको राज्यमा क्षमा गर्नुहुनेछ। त्यसपछि रोगबिमार सदाको लागि नामेट हुनेछ।—रोमी ५:१२, १८, १९.

  • पक्षाघात भएको मानिसलाई निको पार्न येसु किन उत्प्रेरित हुनुहुन्छ?

  • त्यस मानिसलाई येसु हुनुभएको ठाउँसम्म कसरी पुऱ्‍याइन्छ?

  • यो घटनाबाट पाप र रोगबिमारबीचको सम्बन्धबारे के सिक्न सक्छौँ र यसले हामीलाई कस्तो आशा दिन्छ?

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने