प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w91 १/१ p. ३
  • सुनौलो नियम के हो?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • सुनौलो नियम के हो?
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९१
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • एउटा सकारात्मक नियम
  • सुनौलो नियम भनेको के हो?
    बाइबल प्रश्‍नहरूको जवाफ
  • सुनौलो नियम एक विश्‍वव्यापी शिक्षा
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००१
  • सुनौलो नियम—यो व्यावहारिक छ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००१
  • सुनौलो नियम किन आज सम्म पनि कायम छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९१
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९१
w91 १/१ p. ३

सुनौलो नियम के हो?

“हेर्नुहोस्‌! म आफ्ना छिमेकीहरूलाई कुनै प्रकारको तकलिफ दिन्‍न। मलाई जहाँ सम्म थाह छ, तिनीहरू जे गर्न चाहन्छन्‌, गरे हुन्छ। तर तिनीहरू कुनै प्रकारको कष्टमा परे भने, म आफूले सक्दो भर सहायता गर्नेछु।” के तपाईंको पनि यस्तै विचार छ? दुर्घटना आइपर्दा, निस्वार्थता र दयाका कार्यहरू प्रशस्त मात्रामा, धेरैलाई छक्क पार्ने गरी, देखिन्छन्‌। तर के यो यथेष्ट छ?

तपाईंका छोरा-छोरी छन्‌ भने, आफ्ना साथीहरूलाई रिस नउठाउनु भनेर तपाईंले अवश्‍य पनि तिनीहरूलाई सम्झाउनु भएको होला। किनभने यो निर्देशन पालन नगर्दा, प्रतिशोध हुन्छ भनेर प्रदर्शित गर्ने दाग हामीहरू धेरैले बोकेर हिड़ेकाछौं। हो, हामीले पूर्वीय दार्शनिक कनफ्युशियसको यो सिद्धान्तमा बुद्धि छ भनेर सिकेका छौं: “अरूले तिमीलाई जुन कुरा नगरून्‌ भनेर चाहन्छौ, त्यो कुरा तिमीले पनि अरूलाई नगर्नू।” तर यो नीति, सुनौलो नियम भनिने एउटा सिद्धान्तको एउटा कमसल र नकारात्मक अभिव्यक्‍ति हो भनेर के तपाईं देख्नु हुन्छ?

एउटा सकारात्मक नियम

वेबस्टर्स न्यु कलेजिएट डिकशनेरी अनुसार, “सुनौलो नियम” [मत्ती] ७:१२ र [लूका] ६:३१ मा उल्लेखित्‌ “नैतिक व्यवहारको नियम हो, जसमा अरूहरूले आफूलाई जे गरून्‌ भनेर चाहन्छौं, त्यही आफूले पनि अरूहरूको निम्ति गर्नु पर्छ भनिएको छ।” पानाको अन्तमा दिइएको खाना हेर्नुहोस्‌ र मत्ती ७ वाँ अध्यायको १२ वाँ पदमा उल्लेखित्‌ यो सिद्धान्तलाई बाइबलका विभिन्‍न अनुवादहरूले कसरी अझ चमकिलो पारेका छन्‌, सो विचार गर्नु होस्‌।

कृपया याद गर्नु होला, बेग्ला बेग्लै अनुवादले बेग्ला बेग्लै शब्द प्रयोग गरेको भएतापनि, नियम सकारात्मक छ। आखिर, केही समय अघि मात्र, आफ्नो पहाड़ी उपदेशमा येशूले यस प्रकार तर्क गर्नु भएको थियो: “माग, तिमीहरूलाई दिइनेछ, खोज, तिमीहरूले भेट्टाउनेछौ, घचघच्याऊ, तिमीहरूका निम्ति उघारिनेछ। किनकि जसले माग्दछ, त्यसले पाउँछ, जसले खोज्दछ, त्यसले भेट्टाउँछ, जसले घचघच्याउँछ, त्यसको निम्ति उघारिनेछ।” (मत्ती ७:७, ८) माँगन, खोज्न र घचघच्याउन सबै सकारात्मक कार्यहरू हुन्‌। “यसकारण,” येशूले भन्‍नु भयो, “मानिसहरूले तिमीहरूलाई जे जसो गरून्‌ भन्‍ने तिमीहरू चाहन्छौ, तिमीहरूले पनि त्यसै गर।”—मत्ती ७:१२.

बाइबलले देखाउँछ, येशूका चेलाहरूले पनि दैनिक जीवनमा यही नियमको प्रयोगलाई समर्थन गर्दथिए। (रोमी १५:२; १ पत्रुस ३:११; ३ यूहन्‍ना ११) तर दुःखको कुरा, मसीही भनौंदा अथवा गैर मसीहीहरू, धेरै जसो मानिसहरूले यो नियमको अनुसरण गरेका छैनन्‌ भनेर, वर्तमान मानव सम्बन्धको स्थितिले प्रमाणित्‌ गर्दछ। त के यस्को अर्थ, यो नैतिक व्यवहारको नियम अब कायम छैन? के यो पुरानो भइ सक्यो? (w89 11/1)

[पृष्ठ ३-मा भएको पेटी]

“जे जति कुरा अरूहरूले तिम्रा निम्ति गरेको चाहन्छौ, ती जम्मै कुरा तिमीले अरूहरूका लागि गर।”—पवित्र बाइबल, आर. ए. नक्सले गरेको अनुवाद.

“अरूहरूले तिमी सित ठीक जस्तो व्यवहार गरेको चाहन्छौ, तिमीहरूले पनि अरूहरू सँग ठीक त्यस्तै व्यवहार गर्ने गर।”—दी न्यू टेस्टामेन्ट इन मर्डन इङ्‌गलीश, बाइ जे. बी. फिलिप्स.

अरूहरूले तिम्रा लागि जे जे गरेको इच्छा गर्छौ, तिमीले पनि तिनीहरूका निम्ति त्यही गर्ने गर।”—दी एमप्लीफाइड्‌ न्यू टेस्टामेन्ट.

अरूहरूका निम्ति ती सबै कुरा गर जुन तिनीहरूले तिम्रा निम्ति गरेको चाहन्छौ।”—दी न्यू टेस्टामेन्ट इन दी लेङ्‌गगुएज अफ टुडे, बाइ डबलु. एफ. बेक.

“यसकारण सबै कुरामा, आफ्ना छिमेकीहरू सँग त्यस प्रकारको व्यवहार गर्ने गर, जुन प्रकारको व्यवहार तिमी तिनीहरूबाट चाहन्छौ।”—दी फोर गोस्पेल्स, इ. भी. रीउले गरेको अनुवाद.

तिमीले अरूहरू सँग त्यस प्रकारको सम्पर्क राख्ने गर्नु पर्छ, जुन प्रकारको सम्पर्क तिनीहरूले तिमीसँग राख्ने गरेको चाहन्छौ।”—दी न्यु टेस्टेमेन्ट, बाइ सी. बी. विल्यम्स.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने