प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • jy chap. ३७ p. ९४-p. ९५ par. १
  • येसु एउटी विधवाको छोरालाई जीवित पार्नुहुन्छ

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • येसु एउटी विधवाको छोरालाई जीवित पार्नुहुन्छ
  • येसु—बाटो, सत्य र जीवन
  • मिल्दोजुल्दो सामग्री
  • एउटी विधवाको दुःखलाई येशूले हटाइदिनुहुन्छ
    सबैभन्दा महान्‌ पुरुष
  • हामी मृत्युबाट ब्यूँतन सक्छौं!
    महान्‌ शिक्षकबाट सिकौं
  • “यो हुनै सक्दैन!”
    तपाईंको प्रियजनको मृत्यु हुँदा
  • पुनरुत्थान एउटा महिमित प्रत्याशा
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००५
थप हेर्नुहोस्
येसु—बाटो, सत्य र जीवन
jy chap. ३७ p. ९४-p. ९५ par. १
येसु र उहाँका प्रेषितहरू एउटी विधवाको छोराको लास लगिँदै गरेको देख्नुहुन्छ

अध्याय ३७

येसु एउटी विधवाको छोरालाई जीवित पार्नुहुन्छ

लुका ७:११-१७

  • नाइन सहरमा एक जना युवकलाई जीवित पारिन्छ

सैनिक अफिसरको नोकरलाई निको पारेको केही समयपछि नै येसु कफर्नहुमबाट नाइन सहरतर्फ लाग्नुहुन्छ। यो सहर कफर्नहुमबाट ३२ किलोमिटर दक्षिण-पश्‍चिममा पर्छ। उहाँ एक्लै हुनुहुन्‍न। उहाँका चेलाहरू र एउटा ठूलो भीड पनि उहाँसँगै छन्‌। उहाँहरू नाइन सहरनजिकै पुग्नुहुँदा सायद साँझ परिसकेको छ। त्यहाँ उहाँहरूले एक जना युवकको लासलाई गाड्‌नको लागि सहरबाहिर लगिँदै गरेको र थुप्रै यहुदी मलामी गइरहेको देख्नुहुन्छ।

ती मानिसहरूमध्ये त्यस युवककी आमा अत्यन्तै शोकाकुल अवस्थामा छिन्‌। तिनी विधवा हुन्‌ र अहिले तिनले आफ्नो एउटै मात्र छोरा पनि गुमाएकी छिन्‌। तिनको पतिको मृत्यु हुँदा कम से कम तिनको छोरा त तिनको साथमा थियो! आमा-छोरा कत्ति घनिष्ठ थिए होलान्‌! तिनको आडभरोसा भनेकै तिनको छोरा थियो। तर अब त उसको पनि मृत्यु भएको छ। तिनीसँगै समय बिताउने र तिनलाई साथ दिने अब कोही पनि छैन।

शोकमा डुबेकी ती स्त्रीको असह्‍य पीडा देखेर येसु टिठाउनुहुन्छ। येसु तिनलाई कोमल तरिकामा ढाडस दिँदै “नरोऊ” भन्‍नुहुन्छ। तर उहाँ अर्को कुरा पनि गर्नुहुन्छ। उहाँ नजिक गएर त्यो युवकको अरथी छुनुहुन्छ। (लुका ७:१३, १४) उहाँले गर्नुभएको यो काम देखेर मलामी गइरहेका ती शोकाकुल मानिसहरू टक्क अडिन्छन्‌। थुप्रै मानिसले यस्तो सोचेका हुन सक्छन्‌, ‘यो मान्छेले के गर्न खोज्दै छ?’

जीवित भएको त्यस युवकलाई येसु उसकी आमाको जिम्मा लगाउनुहुन्छ; भीड छक्क परेर हेरिरहेको छ

येसुले रोगीहरूलाई निको पार्नुभएको देख्ने उहाँसँगै यात्रा गरिरहेका ती मानिसहरूले चाहिँ के सोच्दै छन्‌ होला? उनीहरूले येसुले मरिसकेको मानिसलाई जीवित पार्नुभएको अहिलेसम्म देखेका छैनन्‌। हुनत धेरैअघि केही मानिसलाई मृत्युबाट जीवित पारिएको थियो। (१ राजा १७:१७-२३; २ राजा ४:३२-३७) तर के येसुले अहिले यसो गर्न सक्नुहोला? येसु यस्तो आदेश दिनुहुन्छ: “ए युवक, म तिमीलाई भन्छु, उठ!” (लुका ७:१४) नभन्दै त्यस्तै हुन्छ। त्यो युवक उठेर बस्छ र बोल्न थाल्छ! त्यसपछि येसु उसलाई उसकी आमाको जिम्मा लगाउनुहुन्छ। तिनी यो चमत्कार देखेर छक्क पर्छिन्‌ र अत्यन्तै खुसी पनि हुन्छिन्‌। अब तिनी एक्लो छैनन्‌।

जब मानिसहरूले त्यो युवक साँच्चै जीवित भएको देख्छन्‌, तब तिनीहरूले जीवनदाता यहोवाको यसरी प्रशंसा गर्न थाल्छन्‌: “हाम्रो बीचमा एक जना महान्‌ भविष्यवक्‍ता खडा हुनुभएको छ।” अरू भने येसुले गर्नुभएको अचम्मलाग्दो काम कत्ति अर्थपूर्ण छ भन्‍ने कुरा बुझेकोले यसो भन्छन्‌: “परमेश्‍वरले आफ्ना जनहरूतर्फ ध्यान दिनुभएको छ।” (लुका ७:१६) येसुले गर्नुभएको यस कामको खबर वरपरका इलाकाहरूमा अनि सायद येसुको गृहनगर नासरतसम्म चाँडै फैलिन्छ, जुन ठाउँ त्यहाँबाट करिब १० किलोमिटर टाढा पर्छ। यो खबर दक्षिणमा यहुदियासम्म पनि फैलिन्छ।

बप्तिस्मा गराउने युहन्‍ना अझै पनि झ्यालखानामा छन्‌। तिनी येसुले के-कस्ता कामहरू गर्दै हुनुहुन्छ भनेर जान्‍न इच्छुक छन्‌। युहन्‍नाका चेलाहरूले तिनलाई येसुका यी चमत्कारहरूबारे सुनाउँछन्‌। तिनी कस्तो प्रतिक्रिया देखाउँछन्‌?

  • नाइन सहरमा पुग्नै लाग्नुहुँदा येसु के देख्नुहुन्छ?

  • यो देख्दा येसुलाई कस्तो लाग्छ र उहाँ के गर्नुहुन्छ?

  • येसुले गर्नुभएको काम देखेर मानिसहरू कस्तो प्रतिक्रिया देखाउँछन्‌?

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने